Dictionary

All Word

95051 हण्डा ना. २. निम्न जातकी स्त्री।
95052 हण्डाचिण्डा ना. माटाका भाँडा र तुम्बी; लौका आदिका भाँडा।
95053 हण्डी ना. मझौला कसौडीका आकारको माटाको भाँडो; हाँडी।
95054 हण्डी ना. २. सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा सदाबर्।
95055 हत वि. १. ज्यान लिइएको; मारिएको।
95056 हत वि. २ घाइते पारिएको।
95057 हत वि. ३. उत्साह भङ्ग भएको।
95058 हतक वि. १. मृत; मरेको; मुर्दा।
95059 हतक वि. २. तुच्छ; नीच; अधम।
95060 हतकडी ना. कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाय पाएका कैदीलाई भाग्न नदिन नारीमा लगाइने फलामे कडी वा बाला।
95061 हतचेत/हतज्ञान वि. १. चेतना हराएको; बेहोस।
95062 हतचेत/हतज्ञान वि. २. सुद्धी हराएको।
95063 हतपत ना. कुनै कामकुरो छिटै सिद्ध्याउनका निम्ति हतारिने चाल; हडबड; हतार।
95064 हतपताइ ना. हतपताउने भाव; क्रिया वा प्रक्रिया |
95065 हतपताइनु अ.क्रि. हतपत गरिनु।
95066 हतपताउनु अ.क्रि. १. हतपत गर्नु हतारिनु।
95067 हतपताउनु अ.क्रि. २. कुनै काम गर्न चञ्चल हुनु।
95068 हतपतिनु अ.क्रि. हतारिनु।
95069 हतपती क्रि.वि. १. हतपत गरेर चाँडो।
95070 हतपती क्रि.वि. २. सितिमिति ; हत्तपत्।
95071 हतपते वि. हतपत गर्ने बानी भएको; हडबडे; चटपटे।
95072 हतप्रभ वि. १. प्रभा वा कान्ति नष्ट भएको; श्रीहीन |
95073 हतप्रभ वि. २. परास्।
95074 हतबुद्धि वि. बुद्धि मरेको; बुद्धिहीन।
95075 हतभागी / हतभाग्य वि. भाग्य नभएको; भाग्यहीन; अभागी |
95076 हतर ना. घाँटी सानो हुने तामा; पित्तल आदिको सानो गाग्रो; घल्चा।
95077 हतश्री वि. १. मुखमा चमक नभएको; दीप्तिहीन; श्रीहीन।
95078 हतश्री वि. २. सौन्दर्य हराएको; ओइलाएको; म्लान।
95079 हतार ना. चाँडो गर्न आत्तिएको स्थिति; चटारो ; हतप।
95080 हतारपतार ना. हडबडी ; हतप।
95081 हतारिनु अ.क्रि. छिटोछिटो काम सक्न आत्तिनु; चटारिनु; आत्तिनु।
95082 हतारो ना. हतार।
95083 हता ना. हतारिने भाव; क्रिया वा प्रक्रिया।
95084 हताश वि. आशा मरेको वा मेटिएको; हतोत्साह; निराश |
95085 हतासो ना. गुन्द्री आदि बुन्ने हाते साँचो |
95086 हताहत वि. हत र आहत; मारिएको र घाइते पारिएको।
95087 हतिनी ना. हात्तीको पोथी; ढोई।
95088 हतिनु स.क्रि. हातमा आउनु रतिनु।
95089 हतियार ना. १. हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी; तरबार; बन्दुक आदि); काट्ने औजार।
95090 हतियार ना. २. काट्ने खन्ने आदि काम गर्ने उपकरण (कुटो; कोदालो; घन; साबेल इ.); औजार ३ साधन; उपकरण; ज्याबल।
95091 हतियारबन्द वि. हतियार भिरेको; सशस्त्र।
95092 हतुवा वि. १. दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पार्नुपर्ने (गाई; भैंसी आदि)।
95093 हतुवा वि. २. हातले काम गर्ने।
95094 हतुवापतुवा वि. सहायक; मदतगार।
95095 हतोत्साह वि. उत्साह सेलाएको; आँट वा जाँगर मरेको।
95096 हतोत्साहित वि. उत्साह भङ्ग गराइएको; हिम्मत वा जाँगर टाइएको।
95097 हतौडा ना. हतौडोको तिर्यक् रूप |
95098 हतौडी ना. १. श्राद्ध; यज्ञ; पूजा आदि गर्दा गराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी।
95099 हतौडी ना. २. सुन; चाँदी आदि पिट्ने सानो घन; मुङ्ग्रो।
95100 हतौडो ना. ढुङ्गा आदि फोर्ने वा तातो फलाम आदि पिट्ने ठुलो धन होत्रो।