Dictionary

All Word

95001 हठधर्मिता ना. हठधर्मी हुनाको भाव; क्रिया वा प्रक्रिया; हठधर्म।
95002 हठधर्मी वि. आफ्नो विचार; अवस्था; धर्म आदिका बारेमा जिद्दी गर्ने; दुराग्रही।
95003 हठयोग ना. पतञ्जलिद्वारा प्रतिपादित ईश्वरप्राप्ति गर्ने; राजयोगको विपरीत योग; आसन; मुद्रा आदिद्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तर्मुखी पार्ने योगको एक विधि।
95004 हठात् क्रि.वि. १. बलपूर्वक; जबरजस्ती।
95005 हठात् क्रि.वि. २. एकाएक; अचानक; एक्कासि; सहसा।
95006 हठी वि. हठ गर्ने; जिद्दीवाल।
95007 हडक्नु स.क्रि. निषेध गर्नु; मनाही गर्नु।
95008 हडका ना. हडक्ने भाव; क्रिया वा प्रक्रिया।
95009 हडचुर ना. अरू नै रुखका प्रकाण्डमा उम्रने; सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक प्रकारको लहरो; अस्थिसंयोजक।
95010 हडताल ना. कुनै कामकारबाई वा प्रचलनप्रतिअसन्तोष; दुख; विरोध आदि प्रकट गर्न तथा आफ्नो माग पूरागराउनाका निम्ति मजदुर; कर्मचारी; विद्यार्थी आदि रजनसाधारणद्वारा सामूहिक रूपले पसल; अड्डा; पढाइ; काम आदि बन्द गर्ने काम वा त्यस्तो प्रक्रियाको राजनीतिक हतियार हरताल।
95011 हडताली ना. १. हडताल गर्ने; हरताली ( व्यक्ति वा समूह )।
95012 हडताली ना. २. हडतालसम्बन्धी।
95013 हडप ना. १. अर्काको धनमाल लिएर फिर्ता नदिने चाल; अनुचित तरिकाद्वारा अरूको सम्पत्तिको हत्याइ।
95014 हडप ना. २. निल्ने वा पचाउने काम।
95015 हडपाइ ना. हडप गर्ने वा हडप्ने क्रिया वा प्रक्रिया |
95016 हडपाइनु क.क्रि. हडप्न लाइनु; पचाइनु।
95017 हडपाउनु प्रे. क्रि. हडप्न लाउनु।
95018 हडपिनु क.क्रि. हडप गरिनु।
95019 हडप्नु स.क्रि. अरूको धनमाल वा सम्पत्ति हडप गर्नु; पचाउनु।
95020 हडप्पा ना. भारतको सिन्धुप्रदेशमा रहेको; प्राचीन सभ्यता र संस्कृतिका थुप्रै भग्नावशेष भेट्टिएको एक प्रसिद्ध जनपद।
95021 हडबड ना. १. काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी।
95022 हडबड ना. २. हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी समयको कमी।
95023 हडबडाइ ना. हडबड गर्ने भाव; क्रिया वा प्रक्रिया; हतार।
95024 हडबडाइनु अ.क्रि. हडबड गरिनु।
95025 हडबडाउनु अ.क्रि. १. हडबड गर्नु; हतारिनु; चटपटाउनु।
95026 हडबडाउनु अ.क्रि. २. आत्तिनु; घबडाउनु।
95027 डबडिनु अ.क्रि. हडबड गर्नु; चटारिनु।
95028 हडबडी ना. हडबड।
95029 हडबडे वि. हडबड गर्ने; चटपटे; अस्थिर।
95030 हड्कनु स.क्रि. कुनै कामकुरो गर्नबाट रोक्नु; निषेध गर्नु; मनाही गर्नु।
95031 हड्काइ ना. हड्कने भाव; क्रिया वा प्रक्रिया |
95032 हड्काइनु क.क्रि. हड्ङ्कन लाइनु; रोकाइनु।
95033 हड्काउनु प्रे. क्रि. हड्कन लाउनु; रोकाउनु; हच्काउनु।
95034 हड्किनु क.क्रि. हड्कने काम गरिनु।
95035 हड्खाइँ ना. १. आगामा पिल्स्याउने वा झुल्स्याउने काम।
95036 हड्खाइँ ना. २. हाड तताउने ज्वरो।
95037 हड्डी ना. १. हाड; अस्थि।
95038 हड्डी ना. २. मुला आदि छिप्पिएका वस्तुमा हुने गुदीभित्रको साहो अंश।
95039 हड्डी ना. वि. ३. हाड मात्र भएको; साहै दुब्लो; सिट्टी |
95040 हड्पनु स.क्रि. अर्काको धनमाल; सम्पत्ति आदि हाकाहाकी लिनु वा लिएर फिर्ता नदिनु।
95041 हड्पाइ ना. हड्पने भाव; क्रिया वा प्रक्रिया |
95042 हड्पाइनु क.क्रि. हड्पन लाइनु।
95043 हड्पाउनु प्रे. क्रि. हड्पन लाउनु।
95044 हड्पिनु स.क्रि. हड्पनु।
95045 हड्याइ ना. हड्याउने वा धरपकड गरेर लिने क्रिया वा प्रक्रिया |
95046 हड्याइनु क.क्रि. धरपकड गरेर लिइनु।
95047 हड्याउनु स.क्रि. लिनुपर्ने धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु।
95048 हड्याङबड्याङ / हड्याङहुडुङ ना. १. साह्रै हडबडसित काम गर्दाको चाल; हड्याडहुडुङ।
95049 हड्याङबड्याङ / हड्याङहुडुङ ना. २. हुन्डर।
95050 हण्डा ना. १. धातु; माटो आदिको ठुलो घ्याम्पो।