Dictionary

All Word

94951 हजारी ना. फूलबिरुवालाई पानी दिने चाल्नीदार टुटी भएको; बाल्टीभन्दा सानो; मगका आकारको भाँडो; हजारा।
94952 हजारौं वि. १. धेरै हजार; हजारन् सहस्रौं।
94953 हजारौं वि. २. निकै धेरै अनगन्ती; असङ्ख्य।
94954 हजुर ना. १. ठुलाबडा वा मान्य जनलाई सम्बोधन गर्दा भनिने शब्द।
94955 हजुर ना. २. मान्य जनले बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द।
94956 हजुर ना. ३. मान्य जनसँग कुरा गर्दा वा सही थाप्दा प्रयोग गरिने शब्द।
94957 हजुर ना. सर्व ४. मान्य वा ठुलाबडा व्यक्तिलाई बुझाउने शब्द।
94958 हजुरआमा ना. पिता वा माताकी आमा पितामही वा मातामही।
94959 हजुरबुबा ना. पिता वा माताका बुबा; पितामह वा मातामह।
94960 हजुरिया ना. दरबारमा राजामहाराजाका साथमा रहने र बाहिरको उजुर वा पिरमर्का जाहेर गर्ने अधिकारीहरूमध्ये प्रमुख व्यक्तिलाई दिइने पद।
94961 हजुरिया जनरल / जर्नेल ना. राणा प्रधानमन्त्रीका निजी सचिव।
94962 हटक ना. १. रोक्ने काम रोक्का; मनाही ; निषेध।
94963 हटक ना. २. जाति वा समाजबाट छुट्ट्याउने; पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही।
94964 हटक ना. ३. चलिरहेको वा खाइरहेको वस्तु ग्रहण नगर्ने काम (जस्तो पानीहटक; भातहटक आदि)।
94965 हटक ना. वि. ४. पृथक्; छुट्टै।
94966 हटकी वि. कुनै काम नगर्न रोक्का गरिएको; मनाही भएको।
94967 हटहट ना. १. घोडा चढ्ने वा हप्काउने कामको अनुकरणका रूपमा प्रयोग हुने शब्द।
94968 हटहट ना. २. घोडा (बालबोलीमा)।
94969 हटाइ ना. १. हट्ने भाव; क्रिया वा प्रक्रिया।
94970 हटाइ ना. [हटाउ + आइ] २ हटाउने भाव; क्रिया वा प्रक्रिया।
94971 हटाइनु क.क्रि. हट्न लाइनु।
94972 हटाउनु स.क्रि. / प्रे. क्रि. १. एक ठाउँबाट अन्यत्र पुऱ्याउनु पर सानु; पन्छाउनु।
94973 हटाउनु स.क्रि. / प्रे. क्रि. २. अलग गराउनु; छुट्ट्याउनु।
94974 हटाउनु स.क्रि. / प्रे. क्रि. ३ झिक्नु; निकाल्नु।
94975 हटारु ना. १. मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी।
94976 हटारु ना. २. हाटबजारमा किनमेल गर्न जाने व्यक्ति।
94977 हटिनु अ.क्रि. एक ठाउँबाट अर्को ठाउँमा सारिनु।
94978 हटिया ना. १. सानो वा अस्थायी बजार।
94979 हटिया ना. २. अस्थायी रूपमा मौका मौकामा बजार लाग्ने ठाउँ।
94980 हटिया ना. नेपालको पल्लो किराँतमा पर्ने हिमालयको एक घाटी।
94981 हटिलोमटिलो वि. मोटोघाटो; हष्टपुष्ट।
94982 हटौरी ना. ठेक्का वा इजाराको रकम; चुरोटको ठेक्काको रकम।
94983 हट्ट ना. १. अस्थायी बजार; हाट; मेला।
94984 हट्ट ना. २. पसल; दुकान।
94985 हट्टाकट्टा वि. १. मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट।
94986 हट्टाकट्टा वि. २. ज्यादै बलियो; बल भएको।
94987 हट्टी ना. १. ठेक्कापट्टा; इजहारा।
94988 हट्टी ना. २. ठेकदारको पसल।
94989 हट्टीवाल ना. रक्सी; चुरोट आदिको हट्टी वा ठेक्का लिने व्यक्ति।
94990 हट्ठाकट्ठा वि. हट्टाकट्टा।
94991 हट्ठी ना. एकलौटी हक; एकाधिपत्य ( मनोपली )।
94992 हट्नु अ.क्रि. १. बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु।
94993 हट्नु अ.क्रि. २. अलग हुनु; छुट्टिनु।
94994 हट्नु अ.क्रि. ३. नोकरी वा सेवाबाट अवकाश लिनु काम छाड्नु।
94995 हट्नु अ.क्रि. ४. काम चल्नु टर्नु।
94996 हठ ना. १. कुनै कामकुरामा गरिने एकोहोरो जिद्दी ; तारन्तारको आग्रह; ढिपी; टेक।
94997 हठ ना. २. दृढ सङ्कल्प; अटल प्रतिज्ञा।
94998 हठ ना. ३. अनुचि कुरामा पनि गरिने जिद्दी; दुराग्रह।
94999 हठधर्म ना. १. ठिकबेठिकको पर्बाह नगरी कुनै धर्मको अन्धानुसरण गर्ने काम धर्ममा अति कट्टर हुने काम।
95000 हठधर्म ना. २. लिंडे ढिपी; नचाहिँदा काममा गरिने आग्रह।