Dictionary

All Word

94901 हक्की वि. नडराईकन भएको कुरा बोल्ने; हकी; निर्भीक।
94902 हगन ना. हग्ने वा दिसा गर्ने काम।
94903 हगन गौंडी / गौंडो ना. गौंडो र छेको परेको; हग्नका लागि चल्तीको ठाउँ; गुहेगौंडी; पाइखाना।
94904 हगने वि. खाएर दिसा गर्नुबाहेक केही काम नगर्ने।
94905 हगाइ ना. हग्ने भाव, क्रिया वा प्रक्रिया।
94906 हगाइनु क.क्रि. हग्न लाइनु।
94907 हगाउनु प्रे. क्रि. हग्न लाउनु।
94908 हगास ना. तारन्तार लाग्ने दिसा; झाडा; छेरपटी।
94909 हगासन ना. ठाडो गरी दुवै खुट्टा खुम्च्याएर चाक झुन्डिने गरी पैतालाले टेक्ने आसन हग्न बस्दा बन्ने आसन।
94910 हगि वि.बो. हो कि होइन; होइन त हकि।
94911 हगिनु क.क्रि. हग्ने काम गरिनु; दिसा गरिनु।
94912 हगुवा वि. १. तारन्तार हगिरहने; दिसा लागिरहेको।
94913 हगुवा वि. २. जहाँ पायो त्यहीँ दिसा गर्ने; बाटाकुबाटामा हग्ने ( केटाकेटी)।
94914 हग्नु स.क्रि. १. खाएको वस्तु पचेर मल बनेपछि गुदद्वारबाट फ्याँक्नु; दिसा गर्नु; झाडा फिर्नु।
94915 हग्नु स.क्रि. २. अन्यायसित लगेको धन फिर्ता गर्नु।
94916 हग्नु स.क्रि. ३. पैदा गर्नु जन्माउनु (तुच्छार्थमा )।
94917 हङ्गामा ना. १. दुई पक्षका बिच भएको झगडा; कुनै पक्षका विरुद्ध गरिने आक्रमण; दङ्गा।
94918 हङ्गामा ना. २. होहल्ला; कोलाहल; हलचल।
94919 हड्रायो ना. पाङ्ग्रो; बल्ड्याङ्ग्रो आदि खाने स्यालजस्तो एक बनैया जन्तु।
94920 हचक ना. हच्कने वा कुनै कामकुरोबाट पछि हट्ने काम; हच्काइ।
94921 ह-चार ना. मानवसभ्यताका लागि आवश्यक चार गुण- होरो; हृदय; हात; हष्टता (फोर - एच)।
94922 ह- चार क्लब ना. चारपाते क्लब।
94923 हचिनु ना. विभिन्न आकारका पात भएको; थुंगाका रूपमा फुल्ने; बाहिरी भाग कलेजी र भित्री भाग पहेँलो रङको हुने; तिसदेखि साठी मिटरसम्म अग्लो झारविशेष।
94924 हचुवा वि. १. नापजोख र गन्तीको आधार नलिई सामान्य अन्दाज गरिएको (मोल)।
94925 हचुवा वि. २. तर्क वा प्रमाणबाट सिद्ध नभएको (नीति वा सिद्धान्त)।
94926 हचुवा वि. ना. ३. नापजोख र गन्ती नगरी अन्दाज गरिएको मोल।
94927 हच्कनु अ.क्रि. १. डर; आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुरोबाट पछि हट्नु; हच्किनु।
94928 हच्कनु अ.क्रि. २. अरू कसैको गाली वा हप्काइबाट काम गर्न छाड्नु; उत्साह मर्नु; आँट हराउनु।
94929 हच्काइ ना. हच्कने तथा हच्काउने भाव; क्रिया वा प्रक्रिया।
94930 हच्काइनु क.क्रि. हच्काउने काम गरिनु; दच्काइनु।
94931 हच्काउनु स.क्रि. १. विपत्ति वा त्रास देखाएर हतोत्साह पार्नु।
94932 हच्काउनु स.क्रि. २. दच्काउनु।
94933 हच्किनु अ.क्रि. १. हच्कने काम गरिनु दच्किनु।
94934 हच्किनु अ.क्रि. २. हच्कनु।
94935 हच्को ना. हच्कने काम वा स्थिति; हच्काइ।
94936 हच्क्याइ ना. हच्किने भाव; क्रिया वा प्रक्रिया।
94937 हच्क्याहट ना. हच्किने भाव; क्रिया वा अवस्था; हच्क्याइ।
94938 हज ना. मुसलमानहरू कावाको दर्शनका लागि मक्का जाने काम।
94939 हज कमिटी ना. हज गर्न जानेहरूका लागि व्यवस्था मिलाउन गठन गरिएको कमिटी।
94940 हजम ना. १. खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन।
94941 हजम ना. २. भएभरको खाना खाइसिध्याउने काम।
94942 हजम ना. ३. अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम हडप।
94943 हजाम ना. कपाल खौरने वा बनाउने पेसा भएको जाति; नाऊ; नापि।
94944 हजामत ना. कपाल; दाह्री आदि कत्रने; खौरने वा बनाउने काम; क्षौर कर्म।
94945 हजार ना. दश सयको सङ्ख्या १००० को अङ्क; चार अङ्कको न्यूनतम सङ्ख्या वि. २. दश सय; सहस्र सङ्ख्याको।
94946 हजार वि. हजारौं।
94947 हजारा ना. धारा; फोहरा आदिको टुटीमा जडिएको धेरै ससाना छिद्र भएको साधन; हजारी।
94948 हजारिया वि. १. धेरै हजार सम्पत्ति भएको; धनाढ्य।
94949 हजारिया वि. ना. २. सेठ; महाजन।
94950 हजारिया वि. ३. एउटै घारीमा थुप्रै मसिना कोसा फल्ने एक जातको केरा; घिउ।