Dictionary

All Word

94851 हँस्सी दिल्लगी ना. १. भएनभएका गफ चुटेर वातावरणलाई नै रमाइलो पार्ने काम।
94852 हँस्सी दिल्लगी ना. २. अरूलाई जिस्क्याउने वा सामान्य कुरालाई पनि बङ्ग्याउने ख्यालठट्टा।
94853 हँस्सी दिल्लगी ना. ३. झुटो कामकुरो; तथ्यहीन कुराकानी।
94854 हँस्सीमजाक ना. हाँस्ने र मजाक गर्ने काम; ख्यालठट्टा।
94855 हर्र क्रि.वि. १. रोकिएको हावा एकाएक वेगसित बहने गरी; उखुम गर्मी भएको वेला हावा सर्सराएजस्तो गरी।
94856 हर्र क्रि.वि. २. हावा चले जस्तै एकाएक आउने वा जाने गरी; उड्ने वा वेगसित दौडने चालले।
94857 हर्र क्रि.वि. 3. अकस्मात् पानी पर्ने गरी।
94858 हर्र क्रि.वि. ४. दन्केर आगो बल्ने किसिमले।
94859 हर्र क्रि.वि. ना. ५. बाख्रा भेडा आदिलाई बोलाउँदा भनिने शब्द।
94860 हर्रा ना. पातलो दिसा; झाडा; पखाला।
94861 हर्रो ना. १. ठुलठुला पात हुने, मञ्जरीका रूपमा ससाना निला फूल फुल्ने तथा छोहोराका आकारका टर्रा फल फल्ने एक जातको बोट।
94862 हर्रो ना. २. आयुर्वेदमा रेचक, वात-पित्त-कफनाशक, आँखालाई फाइदा गर्ने, अग्निवर्द्धक र बुद्धिवर्द्धक भनी बताइएको त्यसैको टर्रो स्वादको फल; त्रिफलामध्ये एक।
94863 हइ निपा. है; हैं।
94864 हक ना. १. अधिकार; अख्तियार।
94865 हक ना. २. न्याय वा इन्साफबाट पाइने सम्पत्ति; अधिकार भएको वस्तु।
94866 हक ना. ३. कुनै वस्तुमा त्यसका मालिकको हुने स्वत्व।
94867 हक ना. ४. उचित वा सही कामकुरो।
94868 हक ना. वि. ५. सही; उचित; साँचो; यथार्।
94869 हकडक ना. हैकम; प्रभुत्व।
94870 हकदाबी ना. १. आफ्नो हक भएको सम्पत्ति।
94871 हकदाबी ना. २. त्यस्तो सम्पत्तिमा आफ्नो प्रभुत्व देखाउन गरिने वकाल।
94872 हकदार वि. अधिकार भएको; न्यायले पाइने; हकवाला।
94873 हकदैया ना. दाजुभाइमा पाइने अंशको अधिकार; अंशबन्डा गर्ने अधिकार; अंश।
94874 हक बेहक ना. कुनै वस्तुका विषयमा उजुरवालाको हक छ वा छैन भनी ऐनकानुनका आधारमा छानबिन गर्ने कामकुरो।
94875 हकवाला वि. १. कुनै काम वा वस्तु आदिमा पूरै वा आंशिक स्वामित्व भएको; हकदार; अंसियार।
94876 हकवाला वि. ना. २. दाजुभाइमा कानुनअनुसार अंश खान पाउने सबभन्दा नजिकको व्यक्ति।
94877 हकसफा ना. बिक्री, बन्धकी वा दानबकस भएको कुनै अचल सम्पत्ति हकवाला वा सन्धिसर्पन आदिको नाताले कानुनअनुसार फिर्ता लिने काम; बिक्री भइसकेको घरजग्गा आदि हकवालाले थैली बुझाई कानुनअनुसार आफ्नो बनाउने काम।
94878 हकार ना. ह अक्षर; ऊष्म वर्गको चौथो वर्ण।
94879 हकार ना. १. बोलाउने काम; आह्वान।
94880 हकार ना. २. सप्रन वा सुधनका लागि गरिने हप्काइ; फटकार।
94881 हकार ना. ३. तिरस्कार।
94882 हकारपकार ना. हकार्ने र तर्साउने काम; डाँटफटकार।
94883 हकारा ना. हकार्ने भाव, क्रिया वा प्रक्रिया; हप्काइ।
94884 हकारिनु क.क्रि. हकार्ने काम गरिनु; हप्काइनु।
94885 हकारी भवन ना. महाप्राण वा यस्तै अन्य वर्णहरू रगडिएर निर्बल भई हकारमा हुने परिवर्तन (जस्तै- गभीर > गहिरो, द्वादश > बाह, हृद > दह आदि)।
94886 हकार्नु स.क्रि. १. ठुलो स्वरले बोलाउनु; चिच्च्याएर डा।
94887 हकार्नु स.क्रि. २. गाली गर्नु; हप्काउनु; झपार्नु।
94888 हकि वि.बो. कुनै कुरो ठिक वा साँचो होहोइन भनी सोद्धा गरिने शब्द; हो कि होइन; हगि।
94889 हकिकत ना. १. वास्तविक वा तथ्य कुरो; यथार्थ भनाइ।
94890 हकिकत ना. २. नतिजा; परिणाम।
94891 हकि ना. नाउँ कपेर औंठीमा जड्न र कचौरा; रिकापी आदि बनाउन प्रयोग हुने; प्रायः अरब मुलुकमा पाइने रङ्गदार साहो पत्थर (यसका भाँडामा विष पयो भने रङको परिवर्तन हुन्छ भनिन्छ)।
94892 हकिम ना. युनानी पद्धतिअनुसार चिकित्सा गर्ने वैद्य; युनानी डाक्टर।
94893 हकिमी ना. १. हकिमको पेसा वा काम; युनानी चिकित्साशास्त्र।
94894 हकिमी ना. वि. २. हकिमसम्बन्धी; हकिमको।
94895 हकी वि. १. निर्भीक भएर तथ्य वा यथार्थ कुरा बोल्ने; हक्की।
94896 हकी वि. २. कसैसित नदब्ने; निर्भीक।
94897 हकी ना. टुप्पो घुमेको लट्ठीले सानो बल वा भकुन्डो खेलिने एक खेल।
94898 हकुवा ना. बोटैसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल।
94899 हक्क न बक्क वि. १. उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको।
94900 हक्क न बक्क वि. २. यसो न उसो।