Dictionary

All Word

96051 हालाबाला वि. हायलकायल हाराबारा।
96052 हालाहाल ना. परस्परमा दुवै थरीले हाल्ने काम; लगालग वा धमाधमको हलाइ |
96053 हालाहलु ना. नेपालमा पाइने विभिन्न जातिमा पहिले सबभन्दा सानो मानिएको जाति।
96054 हालिनु क.क्रि. हाल्ने काम गरिनु राखिनु; मिलाइनु।
96055 हालीमुहाली ना. कथ्य. हालीमाली।
96056 हालीमुहाली ना. १. आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली।
96057 हालीमुहाली ना. २. बनाउन र बगार्न सक्ने क्षमता सबै किसिमको अधिकार; एकलौटी हक।
96058 हालीमुहाली ना. वि. ३. परिवारमा सब कामकुराको निर्णय गर्ने अधिकार भएको; मूली।
96059 हालै क्रि.वि. थोरै दिन पहिले मात्र केही दिनअगाडि; हिजोआजै भखरै।
96060 हाल्नु स.क्रि. १. कुनै कुरो भाँडामा; केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु; थन्क्याउनु।
96061 हाल्नु स.क्रि. २. मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु (जस्तो- बाहुलामा हात हाल्नु; ओढ्नेमा खोल हाल्नु इ.)।
96062 हाल्नु स.क्रि. 3. मोल दिनु (जस्तो- रुपियाँ हाल्नु; पैसा हाल्नु आदि )।
96063 हाल्नु स.क्रि. ४ मिलाउनु वा मिसाउनु (जस्तो- भाका हाल्नु; किरिया हाल्नु इ.)।
96064 हाल्नु स.क्रि. ५. प्रवेश दिन; नियुक्ति गर्नु; भर्ना गर्नु।
96065 हाल्नु स.क्रि. ६. सौता ल्याउनु।
96066 हाल्नु स.क्रि. ना. ७. पूर्वसहायक क्रियाका रूपमा गाँसिएर निश्चय वा शीघ्रता आदि बुझाउने क्रियापद (जस्तो- गइहाल्नु; गरिहाल्नु; भनिहाल्नु इ.)।
96067 हाल्लहुल्ल क्रि.वि. पन्यालो पदार्थ जथाभाबी पोखिने गरी; छ्याल्लब्याल्ल पारेर।
96068 हाव ना. पुरुषलाई मोहित पार्न स्त्रीद्वारा प्रयोग गरिने आकर्षक शारीरिक चेष्टा; साहित्यमा सम्भोग शृङ्गारका अनुसार नायकलाई आकर्षित गर्न नायिकाद्वारा अँगालिने चेष्टा (कटाक्ष; भ्रूविक्षेप आदि)।
96069 हावभाव ना. १. नायक वा पतिलाई मोहित पार्न नायिकाले आँखा; मुख; हात आदि नचाएर गरिने मनोहर क्रियाकलाप; हाउभाउ; नाजनखरा।
96070 हावभाव ना. २. नायक; अभिनेता; नर्तक वा वेश्या आदिले विषय सुहाउँदो प्रभाव पार्ने स्वर; अङ्ग सञ्चालन आदिद्वारा गरिने चेष्टा।
96071 हावा ना. पृथ्वीको चारैतिर फैलिएको केही ग्याँस विशेष गरी अक्सिजन र नाइट्रोजनको मेलबाट बनेको; प्राणी; वनस्पति आदिको जीवनका लागि सास फेर्न चाहिने; अदृश्य तर निरन्तर प्रवाहमान पदार्थ; पञ्चतत्त्वमध्ये एक; वायु; बतास।
96072 हावाकावा ना. हायलकायल।
96073 हावा कुरा ना. नपत्याइँदो कुरा; गफ।
96074 हावा खुस्काइ ना. १. जीवनको अन्त मरण।
96075 हावा खुस्काइ ना. २. टायर आदिबाट हावा बाहिर निस्कने काम।
96076 हावा खुस्काइ ना. ३. पागल हुने वा बौलाउने अवस्था।
96077 हावाखोरी ना. १. पहाडका रमणीय स्वास्थ्यप्रद स्थल; गर्मी याम बिताउन उँचो ठाउँमा बनेको घर।
96078 हावाखोरी ना. २. हावा खाने काम; घुमफिर।
96079 हावाघर ना. शुद्ध हावा प्रशस्त खेलोस् भनी बनाइएको घर; बङ्गला।
96080 हावादार / दारी वि. १. हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको।
96081 हावादार / दारी वि. २. प्रमाण नभएको; उडन्ता ( खबर)।
96082 हावादार / दारी वि. ३. ठाउँठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औंठी; तिलहरी आदि गहना ) |
96083 हावापानी ना. प्राणीको जीवन र स्वास्थ्यमा असर पार्ने स्थानीय हावा; पानी आदि प्राकृतिक पदार्थ; हावा र पानीको अवस्था; जलवायु।
96084 हावाबाजी ना. प्रमाण; सबुत केही नभएको कुरो; उडन्ता खबर।
96085 हावा बिग्रेको वि. पागल; विक्षिप्।
96086 हास ना. १. हाँस्ने काम; हाँसो।
96087 हास ना. २. उपहास; ठट्टा; दिल्लगी।
96088 हास ना. ३. साहित्यमा हास्यरसको स्थायी भाव (यसका छ भेद छन्- स्मित; हसित; विहसित; अवहसित; अपहसित र अतििहसित) |
96089 हास ना. ४. हास्यरस।
96090 हास ना. ५. फक्रने वा फुल्ने काम।
96091 हास परिहास ना. ठट्टा; दिल्लगी।
96092 हासिल वि. १. पाइएको; उपलब्ध प्राप्।
96093 हासिल वि. २. काम सिद्ध भएको काम पूरा भएको; सफल।
96094 हासिल वि. ना ३. लाभ; प्राप्ति; उपलब्धि।
96095 हासिल वि. ४. सफलता; सिद्धि।
96096 हास्य वि. १. हाँस्न लायक प्रहसनयोग्य।
96097 हास्य वि. २ हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य।
96098 हास्य वि. ना ३. साहित्यका नौ रसमध्ये एक रस; हास्यरस।
96099 हास्यजनक वि. . हाँसोउठ्दो; नसुहाउँदो; नमिल्दो।
96100 हास्यरस ना. साहित्यमा विकृत आकार; वेशभूषा; चेष्टा आदिबाट पैदा हुने; 'हास' स्थायी भाव भएको एक रस।