Dictionary

All Word

96001 हारक वि. ५. हार; माला।
96002 हारगुहार ना. १. चोरी; मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउनका लागि गरिने प्रार्थना; सघाउपघाउको याचना।
96003 हारगुहार ना. २. सङ्कट वा आपत्का वेलामा गरिने उद्धारकार्य।
96004 हारजित ना. १. हार्ने वा जित्ने काम; जय र पराजय।
96005 हारजित ना. २. लाभ र हानि।
96006 हारदाम्लो ना. मालदाम्लो।
96007 हारहुर क्रि.वि. सबै मिलेर एकै खेपमा वा हतारहतार सक्ने गरी; घारघुर।
96008 हारा ना. शब्दका पछि गाँसिएर विवशता; अभाव आदिको अर्थ बुझाउने शब्द।
96009 हारा ना. (जस्तो- हिम्मतहारा; मतिहारा; हुतीहारा इ.)।
96010 हाराबारा वि. १. हायलकायल; हावाकावा।
96011 हाराबारा वि. ना. २. गीत गाएर केटाकेटीको हात समाती घुमाइने एक खेल |
96012 हारालुछ ना. तँछाडमछाड गरी बलैले कुनै वस्तु लिने काम हर्ने र लुछ्ने खालको टापटिप |
96013 हाराहारी क्रि.वि. १. एकै लहरका सामुमा अर्को लहर हुँदै; एउटै पङ्क्तिमा; आमुन्नेसामुन्ने; सोझासोझी।
96014 हाराहारी क्रि.वि. ना. २. समान दरी समानान्तर।
96015 हारिनु अ.क्रि. हार्ने होइनु; हार खाइनु।
96016 हारी वि. १. खोस्ने; हरण गर्ने (जस्तो- मनोहारी)।
96017 हारी वि. २. चोर्ने।
96018 हारी वि. ३. माला भिरेको; हार लगाएको।
96019 हारीजिती क्रि.वि. सबै कुराको विचार गर्दा आखिरमा।
96020 हारीजिती क्रि.वि. (उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो )।
96021 हार्द ना. १. हृदयभित्रको कुरा।
96022 हार्द ना. २. अनुराग; प्रेम; स्नेह |
96023 हार्दिक वि. हृदयमा रहेको वा हृदयबाट आएको; मनमनले गरिएको; स्वतः स्फूर्त (जस्तो- हार्दिक प्रेम; हार्दिक स्नेह; हार्दिक सहानुभूति इ.)।
96024 हार्दिकता ना. १. हार्दिक हुनाको भाव; गुण वा स्थिति।
96025 हार्दिकता ना. २. मित्रता; प्रेम स्नेह |
96026 हार्नु अ.क्रि. १. विपक्षीबाट पराजित हुनु; हार खानु।
96027 हार्नु अ.क्रि. २. लाचार वा निराश हुनु; आस नरहनु।
96028 हार्नु अ.क्रि. 3. खिन्न हुनु।
96029 हार्नु अ.क्रि. स.क्रि. ४. कुनै खेल; बाजी आदिमा रुपियाँपैसा आदि गुमाउनु।
96030 हार्बिन / हार्मोनियम ना. तीन प्रकारका मन्द; मध्य र तारसप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर औँला चाली बजाइने।
96031 हार्बिन / हार्मोनियम ना. सन्दुकका आकारको अङ्ग्रेजी बाजा।
96032 हाल ना. १. अहिलेको समय; चालु समय; वर्तमान काल।
96033 हाल ना. २. अवस्था; दशा; परिस्थिति; हाल।
96034 हाल ना. 3. खबर समाचार।
96035 हाल आबादी ना. झाडी; बुट्यान आदि फाँडी हालै आबाद गरिएको वा गर्न लायकको जग्गा ; नयाँ आबादी।
96036 हालखबर ना. १. समाचार; सन्देश।
96037 हालखबर ना. २ हालचाल; स्थिति; हाल।
96038 हालचाल ना. १. अवस्था; स्थिति; चालामाला।
96039 हालचाल ना. २. चालचलन; बानीबेहोर; आचरण |
96040 हालत ना. अवस्था; स्थिति; दशा; हबिग।
96041 हालवाला वि. १. हाल रहेको; अहिले भएको; वर्तमान समयको।
96042 हालवाला वि. २. भर्खरैको; नौलो; नयाँ।
96043 हालसाबिक वि. १. अहिलेको र पहिलेको; हालको र साबिकको नयाँ र पुरानो।
96044 हालसाबिक वि. नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाशप्राप्।
96045 हालसाल क्रि.वि. हिजोआज अचेल; वर्तमान समयमा।
96046 हालहुल ना. १. कुनै वस्तु अर्को भाँडामा अटाईनअटाई कोने काम हाल्ने र हुल्ने काम।
96047 हालहुल ना. २. झगडा फसादबाट भएको दङ्गाफसाद।
96048 हाला ना. १. चारैतिरबाट दुःख पाउने काम; हैरानी; हायलकायल।
96049 हाला ना. २. दशा; चालामाला।
96050 हाला ना. रक्सी; मदिरा; मद्य।