Dictionary

All Word

96351 हिरण्यनाभ ना. २. मैनाकपर्व।
96352 हिरण्याक्ष ना. पुराणप्रसिद्ध एक दैत्य; हिरण्यकशिपुको दाजु |
96353 हिरन ना. १. मर्न लागेका बिरामीलाई खुवाइने सुनपानी; दही आदि पदार्।
96354 हिरन ना. २. भात आदि खानेकुरो (रिस वा गालीका रूपमा)।
96355 हिरा ना. पुरानो कोइलाखानीको आसपासमा पाइने; अि साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न हीरक |
96356 हिराकसी ना. गन्धकको रासायनिक प्रक्रियाबाट तयार हुने फलामको विकार |
96357 हिरावली ना. प्रायः बिछ्‌याउने काम लिइने; देख्दा राम्रो; चारखाने खो कपडा।
96358 हिरासत ना. १. अपराधीलाई निश्चित वा अनिश्चित समयसम्म थुन्ने काम; कैद; थुना नजरबन्दी।
96359 हिरासत ना. २. बन्दीखान; झ्यालखान; खोर।
96360 हिरासत ना. ३. सिपाही वा पुलिसको रेखदेख; पहरा।
96361 हिरिक्क क्रि.वि. १. कुनै प्रिय वस्तु वा व्यक्तिको प्राप्तिका निम्ति हत्ते हाल्ने गरी प्रेममा नराम्रोसँग फस्ने चालले।
96362 हिरिक्क क्रि.वि. २. प्राण जाने गरी; मर्ने चालले।
96363 हिरिक्किनु अ.क्रि. कुनै वस्तुको प्राप्तिका लागि तीव्र इच्छा गर्नु; हिरिक्क हुनु।
96364 हिरिक्क्याइ ना. हिरिक्किने भाव; क्रिया वा प्रक्रिया |
96365 हिरिक्क्याहट ना. हिरिक्क हुने भाव; अवस्था वा क्रियाप्रक्रिया |
96366 हिर्काइ ना. हिर्काउने भाव; क्रिया वा प्रक्रिया |
96367 हिर्काइनु क.क्रि. हिर्काउने काम गरिनु; हानिनु।
96368 हिर्काउनु स.क्रि. मर्मान्तक पीडा हुने गरी पिट्नु हान्नु।
96369 हिर्किनु स.क्रि. वेगले कतै जानु ( निन्दार्थमा ) |
96370 हिर्दोक वि. अँगाल्न पनि नहुने अफाल्न पनि नसकिने; नलिनु नछोड्नु खालको; गर्नु न मर्नु भएको।
96371 हिलमिल ना. राम्रो मेलमिलाप; हृदयदेखिको मेल; हिमचिम।
96372 हिलिनु अ.क्रि. हिलो हुनु; माटो; बालुवा आदिमा पानी मिसिई लेदो हुनु।
96373 हिलिनु अ.क्रि. १. बेफ्वाँकमा गिजिएर हाँस्नु।
96374 हिलिनु अ.क्रि. २. घोडा कराउनु; हिनहिनाउनु।
96375 हिलिलिलि क्रि.वि. १. घोडा कराउने गरी; हिनहिनाउने चालले।
96376 हिलिलिलि क्रि.वि. २. गिजिएर हाँसिरहने गरी; हिलिने चालले।
96377 हिलीमिली ना. हृदयदेखिको मेलमिलाप; हेलमेल; हिमचिम हिलमिल |
96378 हिले वि. १. हिलोमा हुने वा पाइने हिलाको; हिलोसम्बन्धी |
96379 हिले वि. ना. २. रोपाइँ गर्दा परस्परमा हिलो छ्‌यापाछ्‌याप गरेर खेलिने खेल |
96380 हिले जात्रा ना. गाईजात्राको भोलिपल्ट रोपाइँको अभिनय गरेर देखाइने जात्रा; रोपाइँ जात्रा |
96381 हिले पालुङ्गो ना. पालुङ्गोभन्दा लामा पहेंल्छ्या पात र फुस्रो डाँठ हुने पालुङ्गो; गोब्रे पालुङ्गो।
96382 हिले फागु ना. अबिरको सट्टा हिलो घस्नेछ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा।
96383 हिले माछो ना. हिलामा वा मैलो पानीमा बस्ने माछो।
96384 हिलो ना. पानीमा मुछिएको माटो; माटाको लेदो ; पङ्क।
96385 हिल्याइ ना. हिल्याउने भाव; क्रिया वा प्रक्रिया |
96386 हिल्याइनु क.क्रि. हिल्याउने काम गरिनु; हिलो पारिनु।
96387 हिल्याउनु स.क्रि. रोपाइँ गर्दा खेतको माटोमा पानी लगाई जोती वा खनी हिलो पार्नु; बाउसे गर्नु; टाकुचे गर्नु।
96388 हिल्ल क्रि.वि. १. गिजिएर हाँस्ने गरी।
96389 हिल्ल क्रि.वि. २. खित्का छाडेर हाँस्ने किसिमले।
96390 हिल्ला ना. कुनै वस्तु; व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम जिम्मा।
96391 हिसाब ना. १. वस्तुहरूको सङ्ख्या वा परिमाण तोक्ने काम; गणना गन्ती।
96392 हिसाब ना. २. आम्दानीखर्चको लेखाजोखा; हरहिसाब |
96393 हिसाब ना. ३. गणितशास्त्र; गणितविद्या।
96394 हिसाब ना. ४. भाउ दर ५. नियम अनुशासन; रीति।
96395 हिसाब ना. ६. ढग; चाल; तरिका।
96396 हिसाब ना. ७. पर्वाह; वास्ता।
96397 हिसाबकिताब ना. १. आम्दानी खर्चको लेखाजोखा ; लेनदेन- व्यवहारको निर्धारण; हरहिसाब।
96398 हिसाबकिताब ना. २. हिसाब लेख्ने किताब |
96399 हिसाबकिताब ना. ३. लेनदेनसम्बन्धी व्यवहार।
96400 हिसाबकिताब ना. ४. सुहाउँदो व्यवस्था; बन्दोबस्।