Dictionary

All Word

96301 हिमानी ना. २. हिमयुग।
96302 हिमानी माटो ना. हिमनदीको प्रभावबाट बनेको माटो; हिमनदीले सोहोरेर ल्याएको माटो।
96303 हिमान्युत्तर ना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगपछिको समय इसाभन्दा दश हजार वर्षपूर्वको समय; नवाश्मयुग वा आधुनिक युग प्रारम्भ भएको समय।
96304 हिमायत ना. १. बेवास्ता गर्ने काम; उपेक्षाभाव।
96305 हिमायत ना. २. पक्षपात; तरफदारी।
96306 हिमायती वि. १. पक्षपात गर्ने; पक्ष लिने।
96307 हिमायती वि. २. अटेर उपद्रवी।
96308 हिमाल ना. हिमालय।
96309 हिमाल चुली ना. १. हिउँचुली।
96310 हिमाल चुली ना. २. नेपालको गोरखा र लमजुङ जिल्लाको सिमानामा रहेको ७;८९३ मिटर अग्लो पर्व।
96311 हिमाल चेरी ना. विभिन्न आकारका धेरै पात हुने; घोगाजस्तो भएर फुल्ने एक सदाबहार रुख।
96312 हिमालय ना. नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार पसारिएको; टाकुराहरू सधैँजसो हिउँले ढाकिरहने; उँचो पर्वतमाला; हिमशृङ्खला।
96313 हिमालय पर्वत ना. खरीमाटो वा खरीढुङ्गाको युगमा सृष्टि भएको पर्वत; आजभन्दा लगभग तेह्र करोड पचास लाख वर्षपहिले सृष्टि भएको पहाड; हिमालय |
96314 हिमाली वि. हिमालमा रहने; हिमालको; हिमालसम्बन्धी |
96315 हिमाली गिद्ध ना. हिमालय पर्वतको आसपासमा पाइने गिद्ध।
96316 हिमाली भाषा ना. भोट-बर्मेली शाखाको भोट - हिमाली - वर्गको- एउटा भेद।
96317 हिमैक्ड्मो ना. नेपालको सङ्खुवासभा जिल्लामा पाइने डाँफेभन्दा ठुलो एक जातको हिमाली लुइँचे चरो।
96318 हिमोट ना. हिमनदीले सोहोरेर ल्याएको माटो; बालुवा; ढुङ्गा र झारपात आदि वस्तु।
96319 हिम्मत ना. १. कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत |
96320 हिम्मत ना. २. पराक्रम; सुइँ; बहादुरी।
96321 हिम्मतदार वि. हिम्मत भएको; आँट गर्ने; उत्साही।
96322 हिम्मतहारा वि. हिम्मत नभएको; निरुत्साही |
96323 हिम्मती वि. हिम्मतदार।
96324 हियरा ना. १. हृदय; मुटु; मन।
96325 हियरा ना. २. छाती; वक्षस्थल |
96326 हियरा ना. ३. स्तन दुध।
96327 हियाइ ना. हियाउने भाव; क्रिया वा प्रक्रिया |
96328 हियाइनु क.क्रि. हियाउने काम गरिनु।
96329 हियाउ ना. १. आँट हिम्मत; उत्साह; ह्याउ।
96330 हियाउ ना. २. हृदय; मन।
96331 हियाउनु स.क्रि. हेला वा अपमान गर्नु; हेय गराउनु हेप्नु ह्याउनु।
96332 हियार ना. हृदय; हियरा।
96333 हियारो ना. मुटु; हियो; हृदय।
96334 हियो ना. हृदय; मुटु; मन।
96335 हिरण ना. १. सुन; सुवर्ण।
96336 हिरण ना. २. वीर्य।
96337 हिरण ना. ३. कौडो।
96338 हिरण्मय वि. १. सुनबाट बनेको सुनको।
96339 हिरण्मय वि. २. सुनौला; स्वर्णमय।
96340 हिरण्मय वि. ना. ३. हिरण्यगर्भ; ब्रह्मा।
96341 हिरण्य ना. १. सुन; सुवर्ण; स्वर्ण।
96342 हिरण्य ना. २. ब्रह्मा।
96343 हिरण्यकशिपु ना. १. कश्यप प्रजापतिका छोरा; पुराणप्रसिद्ध दैत्यराज।
96344 हिरण्यकशिपु ना. २. सुनको पलङ।
96345 हिरण्यगर्भ ना. १. नेपालको कृष्णगण्डकीमा पाइने शालिग्रामशिला।
96346 हिरण्यगर्भ ना. २. ब्रह्मा।
96347 हिरण्यगर्भ ना. ३ विष्णु।
96348 हिरण्यगर्भ ना. ४. फलामजस्तो एक प्रकारको धाउ |
96349 हिरण्यगर्भ ना. ५. उपनिषद्का अनुसार सम्पूर्ण पदार्थ र जीवहरूको मूल उद्‍गमस्थल भएको सृष्टिको प्रारम्भमा रहेको सुनौला रङ्गको पिण्ड |
96350 हिरण्यनाभ ना. १. विष्णु।