Dictionary

All Word

96451 हीही ना. १. घोडा कराएको आबाज हिनहिनाहट।
96452 हीही ना. २. हल्का हाँसोमा सुनिने शब्द |
96453 हुँ वि.बो. कसैलाई तर्साउन वा हप्काउन बोलिने शब्द;।
96454 हँगिया ना. दन्त्यकथामा हुँगियासँग लोली मिलाउन प्रयोग गरिएको एक कल्पित रुख।
96455 हँडल्नु स.क्रि. १. तरल वा लेदो पदार्थ एक जिउ हुने गरी चलाउनु; घोल्नु।
96456 हँडल्नु स.क्रि. २. रोटी पकाउन पानी मिसिएको पिठोफेट्न फाउनु।
96457 हँडल्नु स.क्रि. ३. हुँडलो मच्चाउनु; झगडा उठाउनु; राडो मच्चाउनु।
96458 हुँड हॉडल ना. कुनै वस्तु हुँडल्ने र चलाउने काम; तलमाथि र पर पार्ने काम।
96459 हुँडलाइ ना. हँडल्ने भाव; क्रिया वा प्रक्रिया।
96460 हुँडलिनु अ.क्रि. १. तरल वा लेदो पदार्थ चल्नु घोलिनु।
96461 हुँडलिनु अ.क्रि. २. मिसिनु।
96462 हुँडलिनु अ.क्रि. क.क्रि. ३. हँडल्ने काम गरिनु; फेटिनु।
96463 हुँडलो ना. धेरै जनाका बिचको मनोमालिन्य; राडो; रडाको; खिचलो।
96464 हँडल्याइ ना. हँडलिने भाव; क्रिया वा प्रक्रिया |
96465 हुँडार ना. ब्वाँसो।
96466 हुँदि क्रि.वि. १. भयो भने; भएमा हुँदा।
96467 हुँदि क्रि.वि. २. गरेमा।
96468 हुँदि क्रि.वि. ना. यो. ३. शब्दको पछाडि जोडिएर सर्त वा सङ्केत बुझाउने शब्द (जस्तो- गएहुँदि पाएहुँदि त्यताहुँदि आदि )।
96469 हुँदि क्रि.वि. ४ तिर तर्फ।
96470 हुँदि क्रि.वि. ५. यताउति वरपर।
96471 हुँदो ना. १. कल्याण; हित भलो।
96472 हुँदो ना. २. उपकार; भलाइ।
96473 हुँदो ना. ३. भलाइ; कल्याण वा उपकारका लागि।
96474 हुँदो ना. (उदा.- रामले जागिर दिलाउन त्यसको हुँदो भनसुन गरेकै हो; तर सफल भएन)।
96475 हुँदो ना. ना. यो. ४. आसपासमा भन्ने अर्थ बुझाउन स्थानवाचक वा कालवाचक शब्दका पछिल्तिर जोडिने शब्द तिर तर्फ हुँदि।
96476 हुँदो ना. (उदा.- मङ्सिरहुँदो धान पाक्छ; साँझहुँदो त्यो आउँछु; राम पशुपतिहुँदो बस्छ आदि)।
96477 हुँदो ना. वि. ५. हुँदै भइरहेको।
96478 हुँदो ना. (उदा.- यो काम हुँदो छ)।
96479 हुँदाखाँदो वि. राम्रोसँग खानपिन गर्न पुग्ने सम्पत्ति भएको; व्यवहार चलाउन पुग्ने आर्थिक स्थिति भएको; सम्पन्न।
96480 हु ना. स्याल; कुकुर आदि जन्तु कराउँदा निस्कने शब्द |
96481 हुहु क्रि.वि. स्याल; कुकुर आदि जन्तु कराउँदा शब्द निस्कने गरी।
96482 हुर्र क्रि.वि. १. चरा उड्दा आवाज आए झैं गरी चरा उड्ने किसिमले।
96483 हुर्र क्रि.वि. २. हलुको चालसित छिटै आउने गरी।
96484 हुर्र क्रि.वि. ३. हु-याउने वा हुच्याउने चालमा।
96485 हुर्र क्रि.वि. ४ बतास चल्ने गरी।
96486 हुर्र क्रि.वि. ५. आगो बल्ने गरी; हरे।
96487 हुर्रा ना. १. गन्जिफाका खेलमा आफूसँग भएजति पत्ती एकै बाज थापी खेलिने दाउ।
96488 हुर्रा ना. क्रि.वि. २. फ्याँकिने वा हुऱ्याउने गरी।
96489 हुर्रिनु अ.क्रि. १. वेगसित दौडन; छिटोछिटो हिँड्नु।
96490 हुर्रिनु अ.क्रि. २. बेसरी दौडँदा लछारिनु वा पछारिनु।
96491 हुर्रिनु अ.क्रि. ३. चरा आदि उड्नु।
96492 हुर्रिनु अ.क्रि. ४. आगो दन्किनु।
96493 हुर्रे ना. ज्यामीलाई चमेनाका साथ खान दिइने जाँड वा रक्सी |
96494 हुर्रे वि.बो. खेल आदिको प्रतियोगिताका विजयी पक्षले हर्ष प्रकट गर्न कराएर भनिने शब्द |
96495 हुऱ्याइ ना. १. हुत्तिने भाव; क्रिया वा प्रक्रिया।
96496 हुऱ्याइ ना. २. हुत्त्याउने भाव वा क्रियाप्रक्रिया |
96497 हुऱ्याइनु क.क्रि. वेगसित मिल्काइनु।
96498 हुऱ्याउनु स.क्रि. १. वेगसित मिल्काउनु वा फ्याँक्नु हुऱ्याउनु।
96499 हुऱ्याउनु स.क्रि. २. मन नपरेको वस्तु हटाउनु।
96500 हुऱ्याउनु स.क्रि. ३. कुनै व्यक्तिलाई उसको स्थान वा पदबाट हटाउनु।