Dictionary

All Word

96551 हुती ना. कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट।
96552 हुतीकार ना. हुती भएको।
96553 हुतीहारा वि. हुती वा हिम्मत नभएको; हिम्मतहारा।
96554 हुत्त क्रि.वि. १. हुत्त्याउने वा मिल्काउने गरी खुत्।
96555 हुत्त क्रि.वि. २. छिटो गरी निस्कने वा पस्ने चालले।
96556 हुत्त क्रि.वि. सात. हुतुतुतु।
96557 हुत्तिनु अ.क्रि. जोडसित एकातिर घचेटिनु; हुत्त फ्याँकिनु; फालिनु।
96558 हुद्दा ना. सेनामा सिपाहीभन्दा माथिल्लो एक ओहदा; हवलदार।
96559 हुद्दा कर्मचारी ना. हवलदार क्लर्क |
96560 हुनसम्मको वि. सम्भव भएसम्मको ज्यादै हुनि विघ्न।
96561 हुनहुन क्रि.वि. खोलो बगेको वा भमरा; माहुरी आदि कराएको जस्तो शब्द आउने गरी।
96562 हुनहुनाइ ना. हुनहुन आवाज निकाल्ने भाव; क्रिया वा प्रक्रिया।
96563 हुनहुनाइनु अ.क्रि. झिँगा; भमरा आदि भन्किनु।
96564 हुनहुनाउनु अ.क्रि. १. भमरो; माहुरी आदि किरा कराउनु; हुनहुन आवाज गर्नु।
96565 हुनहुनाउनु अ.क्रि. २. खोला आदि वेगसित सुसाउनु।
96566 हुनहुनाउनु अ.क्रि. ३. झिँगा भन्कनु।
96567 हुनहुनाहट ना. हुनहुनाउने भाव; अवस्था वा क्रियाप्रक्रिया; हुनहुनाइ।
96568 हुनामी ना. हुनुपर्ने कुरा भवितव्य नभइनछोड्ने कामकुरो।
96569 हुनिविघ्न वि. हुनसम्मको।
96570 हुनिहार ना. सम्भावित कुरो वा घटना; हुनेहुनामी; भवितव्यता।
96571 हुनी ना. हुनुपर्ने कामकुरो हुनुहुनामी।
96572 हुनु अ.क्रि. १. विद्यमान रहनु; मौजुद रहनु।
96573 हुनु अ.क्रि. २. बन्नु निर्माण गरिनु।
96574 हुनु अ.क्रि. 3. रूप वा स्थिति बदलिनु एक रूपबाट अर्को रूपमा परिवर्तन देखिनु।
96575 हुनु अ.क्रि. ४. कुनै घटना वा व्यवहार प्रत्यक्ष रूपमा आउनु।
96576 हुनु अ.क्रि. ५. रोग; व्याधि आदिले सताउनु।
96577 हुनु अ.क्रि. ६. ठिक समय आउनु; कुनै प्रयत्नको परिणाम निस्कनु।
96578 हुनु अ.क्रि. ७. अनुमति; अनुकूलता; स्वीकृति; स्वभाव आदिको भाव जनाउनु।
96579 हुनुहुनामी ना. सम्भावित कामकुरो वा घटना; भइछाड्ने कुरा; भवितव्यता।
96580 हुने ना. १. हुनुपर्ने वा भएको।
96581 हुने ना. २. सम्पन्न।
96582 हुने ना. ३. राम्रो खानपिन भएको।
96583 हुने कुरो ना. १. मिल्दो कुरो उचित बा।
96584 हुने कुरो ना. २. भवितव्यता।
96585 हुनेखाने वि. हुँदाखाँदो; सम्पन्न; धनी।
96586 हुनेहार ना. सम्भावित कुरो वा घटना; हुनेहुनामी; भवितव्य।
96587 हुनेहुनामी ना. हुनुहुनामी |
96588 हुन्डर ना. १. हुलदङ्गा; हुलहुज्जत; होहल्ला।
96589 हुन्डर ना. २. ठुलो हावा; आँधी; तुफान।
96590 हुन्डरी वि. १. हुन्डर मच्चाउने; उपद्रवी; उपद्रो गर्ने।
96591 हुन्डरी वि. २. हडबडसँग काम गर्ने।
96592 हुन्डरी वि. ना. ३. हुन्डर |
96593 हुन्डी ना. १. धनसम्पत्ति लेनदेन गर्ने कुनै सङ्घ वा संस्थाद्वारा अन्यत्र रहेका आफ्ना वा अरू सङ्घसंस्थालाई कुनै वस्तु वा रुपियाँपैसा फलानालाई दिनू' भनी लेखिएको पत्र।
96594 हुन्डी ना. २. त्यसरी पठाइएको धनमाल।
96595 हुन्डो ना. पानी राख्ने ढकनी भएको तामाको ठुलो गाग्रो वा घ्याम्पो; रोचा रोंचे।
96596 हुन्न क्रि.वि. १. भमरो; माहुरी; झिंगा आदि भन्कँदा सुनिने गरी भमरा आदि कराउने चालले।
96597 हुन्न क्रि.वि. ना. २. भमरा; माहुरी; झिङ्गा आदिको भुनभुनाहट।
96598 हुन्यौलो वि. पछि असल हुने ठानिएको; होनहार।
96599 हुप ना. लुगाफाटोको सप्को अल्झाउन वा कपडाको छेउ अड्याउन प्रयोग गरिने धातुबाट निर्मित अङ्कुसे साधन; सेफ्टी पिन।
96600 हुप ना. वातविकारको प्रभावले एक्कासि पिठिउँ चस्केर दुख्ने व्यथा; झस्को।