Dictionary

All Word

101 अंक ना. गिन्ती l सङ्ख्या l काख l क्रम l क्रम-सङ्केत l नाटकको खण्ड वा अध्याय l दश प्रकारका रूपकमध्ये एक प्रकारको एकाङ्की l पत्रपत्रिकाको सङ्ख्याबोधक नम्बर l अङ्क l।
102 अंककथा नाटकीय अङ्कको कथा l अङ्कको कथा l।
103 अंकगणित ना. गणित विद्या l गणितको पुस्तक l।
104 अंकधारण ना. हे. अङ्कधारण l।
105 अंकधारणी स्त्री. हे. अङ्कधारिणी l।
106 अंकन ना. छिनो वा डाम वा छाप लगाउने काम l कोराइ l चित्राङ्कन l।
107 अंकपत्र ना. छाप लागेको कागतपत्र l टिकट l लिफा आदि l।
108 अंकपद्धति स्त्री. अङ्क लेख्ने विधि l।
109 अंकमाल ना. अङ्गालो मर्ने काम l अँगालो l।
110 अंकार पु. अं अक्षर l स्वरवर्णको पन्ध्रौँ अक्षर l।
111 अंकित वि. अङ्कन गरिएको l अङ्कित l।
112 अंकुर ना. आँकुरो l टुसो l नवीन विचारको आरम्भ l।
113 अंकुरण ना. आँकुरो निस्कनु वा लाग्नु l विचार उब्जनु l।
114 अंकुराइ अङ्कुराउने भाव वा क्रिया वा प्रक्रिया l।
115 अंकुराइनु क्रि. अङ्कुराउनु l।
116 अंकुराउनु क्रि. टुसाउनु l आँकुराको रूपमा वा अँकुर जस्तै ढङ्गले देखिनु l।
117 अंकुरित वि. आँकुरा आएको वा लागेको l उब्जेको l।
118 अंकुल ना. अङ्कोल नामको वृक्ष l।
119 अंकुश ना. अंकुश l अंकुसे l।
120 अंकुसी ना. अंकुश l अंकुसे l।
121 अंकुसे ना. अंकुसे l अंकुश l।
122 अंकुसेजुको ना. मानिसको आन्द्रामा पर्ने रक्तशोषक जुको l।
123 अंखट ना. अपठेरो स्थिति l खुँगे l अङ्खट l प्रतिज्ञा l कबोल l।
124 अंखोरा ना. हे. अम्खोरा l।
125 अंग ना. हे. अङ्ग l।
126 अंगअंग ना. हरेक अङ्ग l अङ्गप्रत्यङ्ग l।
127 अंगउपांग ना. अङ्गप्रत्यङ्ग l अङ्ग-अङ्ग l।
128 अंगक्षय ना. शरीरको क्रमिक नाश वा क्षति l।
129 अंगपतन ना. हे. अङ्गपतन l।
130 अंगपीडन ना. हे. अङ्गपीडन l।
131 अंगज ना., वि. हे. अङ्गज l।
132 अंगतगुना वि. अङ्गतगुना l अङ्गअनुसार l।
133 अंगद पु. हे. अङ्गद l।
134 अंगना स्त्री. सुलक्षण भएकी स्त्री l अङ्गना l।
135 अंगप्रत्यंग ना. हे. अङ्गप्रत्यङ्ग l।
136 अंगभंग ना. हे. अङ्गभङ्ग l।
137 अंगभंगिमा ना. अङ्गभङ्गिमा l।
138 अंगभंगी ना. हे. अङ्गभङ्गी l।
139 अंगमर्दक ना. आङ वा जीउ मिचिदिने वा माडिदिने मानिस l घरेलु नोकर l।
140 अंगमर्दन ना. हे. अङ्गमर्दन l।
141 अंगरक्षक वि. अङ्गरक्षक l रक्षक l सिपाही l।
142 अंगरक्षणी स्त्री. स्त्रीले लगाउने धातुको पेटेभोटो l नारीको कवच l अङ्ग रक्षिणी l।
143 अंगरक्षा ना. शरीर वा जीउको बचावट l शरीररक्षा l अङ्गरक्षकको काम l।
144 अंगराग ना. माहुर-मलहम-अत्तर आदि शृंगारका चीज l अङ्गराग l।
145 अंगरेज ना. अङ्ग्रेज l।
146 अंगरेजी वि. अङ्ग्रेजी l।
147 अंगर्खा ना. अङ्गर्खा l अचकन l मयलपोश l जामा आदि जीउमा लगाइने लुगा l।
148 अंगवाक्य ना. पूरक वाक्य l।
149 अंगविकार ना. शरीरको विकास वा कुनै विकृति l अङ्गविकार l।
150 अंगविकृति ना. अङ्गविकार l।