Dictionary

All Word

401 अंतर्मन ना. अन्तस्करण l अन्तर्हृदय l सचेत मन l अन्तर्मन l।
402 अंतर्मना वि. व्याकुलचित्तको l दुर्मना l अन्यमनस्क l विमनस्क l।
403 अंतर्मंथन ना. अन्तर्मन्थन l सोचविचार l मनन l।
404 अंतर्मल ना. अन्तर्मल l मनोविकार l कुमतित्त्व l मानसिक कमजोरी l।
405 अंतर्मुख वि. अन्तर्मुख l अन्तर्मुखी l।
406 अंतर्मुखी वि. अन्तर्मुखी l अन्तर्मुख l।
407 अंतर्मृत वि. अंतर्मृत l मृतजात l तुहिएर जन्मेको l।
408 अंतर्मृत्यु ना. अन्तर्मृत्यु l अकालमृत्यु l तुहुनु l सास गुम्सिएर भएको मरण l उकुसुमुसिँदाको मृत्यु l।
409 अंतर्यामी ना. अन्तर्यामी l [वि.] मनस्तत्त्ववेत्ता l मनको चेष्टाको सीप बुझ्ने l अन्तरात्मामा रहने l।
410 अंतर्योग ना. अन्तर्योग l गंभीर सोच l।
411 अंतर्राष्ट्र ना. हे. अन्ताराष्ट्र l।
412 अंतर्राष्ट्रिय वि. अन्तर्राष्ट्रिय l अन्ताराष्ट्रिय l।
413 अंतर्राष्ट्रिय आयोग ना. विश्वभरको कमकाज र प्रबन्ध गर्न बनेको उच्चसमिति l।
414 अंतर्राष्ट्रियकानून ना. राष्ट्रहरूमा न्यायोचित व्यवहार गर्न बनेको कानून l विश्वकानून l।
415 अंतर्राष्ट्रियजलवायुकेन्द्र ना. अन्ताराष्ट्रिय जल-वायुकेन्द्र l।
416 अंतर्राष्ट्रियता ना. अन्तर्राष्ट्रियता l।
417 अंतर्राष्ट्रियतिथिरेखा ना. एकसय असी डिग्रीको देशान्तरेखा l अन्ताराष्ट्रिय देशान्तर रेखा l।
418 अंतर्राष्ट्रियदूरसंचारसंघ ना. विश्वका सबै सदस्य राष्ट्रहरूको दूरसंचार व्यवस्थाको प्रबन्ध गर्ने सङ्घ वा समिति l।
419 अंतर्राष्ट्रियन्यायालय ना. अन्ताराष्ट्रिय न्यायालय l।
420 अंतर्राष्ट्रिय परिपाटी ना. अन्ताराष्ट्रिय परिपाटी l अन्ताराष्ट्रिय नियमविधि र चालचलन l।
421 अंतर्राष्ट्रिय भाषा ना. अन्ताराष्ट्रिय भाषा l विश्वका सबैजसा राष्ट्रमा बोलिने वा प्रयोग गरिने प्रचलित भाषा l।
422 अंतर्राष्ट्रियमुद्राकोष ना. संयुक्त राष्ट्रसङ्घीय सदस्य-राष्ट्रको मुद्राको मूल्य-विनिमय आदि स्थिर गराउन स्थापित संयुक्त राष्ट्रसंघीय रेखदेखमा चल्ने कोष वा ढुकुटी वा खजाना l।
423 अंतर्राष्ट्रिय विकाससंघ ना. अन्ताराष्ट्रिय विकासकोष l विश्वका सबै राष्ट्रको विकास गर्न गठित सङ्घ l।
424 अंतर्राष्ट्रियवित्तनिगम ना. अन्ताराष्ट्रिय-वित्तनिगम l।
425 अंतर्राष्ट्रियवित्तीय आयोग ना. अन्ताराष्ट्रिय वित्तीय आयोग l।
426 अंतर्राष्ट्रियसमझदारी ना. विश्वजनीनमित्रता l विश्वसुहाउँदो आपसी सद्भाव l।
427 अंतर्लापिका ना. प्रश्नभित्रै उत्तर लुक्ने पहेली l एक थरी गाउँखाने कथा l कूटप्रश्न l।
428 अंतर्व्रर्ती वि. भित्र वा बीचमा रहेको l मध्यस्थ l तटस्थ l अन्तर्गत l अन्तर्भूत l।
429 अंतर्वाणि ना. शास्त्रज्ञ l विद्वान् l।
430 अंतर्वाणिज्य ना. देशभित्रको व्यापार l।
431 अंतर्वाणी ना. हृदयको आवाज l उद्गार l गुह्योपदेश l अर्तीका कुरा l प्रतिध्वनिद्वारा सुन्न पाइएको वा भित्रै घन्किएको आवाज l आत्मिक कुरो l।
432 अंतर्वार्ता ना. उचित र पदयोग्य उत्तरका लागि प्रत्याशीसित गरिने कुराकानी वा जबाफसवाल l महत्त्वपूर्ण व्यक्तिहरूको आपसी वार्तालाप l कुनै खास विषय लिएर हुने सम्बन्धित व्यक्तिहरूका बीचको छलफल l अन्तर्वार्ता l।
433 अंतर्वाष्प वि. आँसु देखिन नदिई थामिराखेको अवस्थाको l आँशुपिइरहेको l।
434 अंतर्विरोध ना. आन्तरिक विरोध l भित्री कलह l मानसिक द्वन्द्व l एक थरी अनुताप l।
435 अंतर्विरोधी वि. भित्रभित्रै विरोध गर्ने l आन्तरिक विरोधी l अन्तर्विरोधी l गुप्त विरोधी l।
436 अंतर्वेदना ना. आन्तरिक तकलीफ l वेदना l बह l पीर l अन्तर्वेदना l अन्तर्दाह l औडाहा l।
437 अंतर्वेदी ना. दुई नदीका बीचमा रहेको विस्तृत भूभाग l ब्रह्मावर्त l गङ्गा र यमुनाका बीचको भूखण्ड l अन्तर्वेदी l।
438 अंतर्व्यथा ना. भित्रीकष्ट l अन्तर्दाह l अन्तर्व्यथा l भित्री रोग l मानसिक रोग l।
439 अंतर्व्यापार ना. गुप्तरूपले गरिने काम वा व्यवसाय l गोप्यकाम l अन्तर्व्यापार l अन्तर्वाणिज्य l।
440 अंतर्हास ना. गहिरो हाँसो l मनमनको हाँसो l [वि.] मनमनको हर्ष भएको l भित्रमात्र खुसी भएको l अन्तर्हास l।
441 अंतर्हित वि. अन्तर्धान l तिरोहित l लुप्त l गुप्त l बेपत्ता l अलप l अन्तर्हित l।
442 अंतै क्रि.वि. अन्त नै l अन्यत्रै l अर्कै ठाउँमा l।
443 अंत:करण ना. अन्तस्करण l।
444 अंत:करणदेवता ना. अन्तस्करणका खास स्वामी: शिव l ब्रह्मा l विष्णु र चन्द्रमा l।
445 अंत:करणविषय ना. संकल्प-विकल्प-निश्चय-घमण्ड आदि भाव l।
446 अंत:करणवृत्ति ना. अन्तस्करणको व्यवहार l सङ्कल्प-विकल्प-अहंकार र निश्चयको कामकाज l मनोवृत्ति l चित्तवृत्ति l।
447 अंत:कुटिल वि. भित्रको कपटी l कपटहृदय l [ना.] शङ्क l।
448 अंत:पुराध्यक्ष ना. अन्त:पुरको अध्यक्ष वा मुख्य अधिकृत l द्वारे l चोपदार l कञ्चुकी l कोते l।
449 अंत:सत्वा स्त्री. गर्भिणी l दोजिया l गाभिनी l गर्भवती l भलायोको गिट्ठा वा ठेलो l।
450 अंत्य ना. चाण्डाल l अन्त्यवर्ण l मोथे l [वि.] अधम l निचल्लो l पछिल्लो l तल्लो l मन्तिरको l [न.] मीनराशि l रेवतीनक्षत्र l एक अङ्कको दायाँतर्फ पन्ध्र सुन्ना लाग्दाको गिन्ती l हजारलाखकरोडको सङ्ख्या l मध्य l आखिरी अवस्था l अन्तिमक्षण l समाप्ति l अवसान l मरण l मृत्यु l सकिनु l पल्लो वा वल्लो छेउ l किनारा l।