Dictionary

All Word

551 अंसभार पु. काँधको बोझ वा भारी l।
552 अंसभारिक पु. काँधमा भारी बोक्ने व्यक्ति l भरिया l भरौटे l।
553 अंसल वि. बराँठिलो l गठिलो l स्वस्थ l।
554 अंसियार ना. १. पुर्ख्यौली सम्पत्ति वा सगोलको सम्पत्तिमा अंश पाउने अधिकार भएको व्यक्ति; अंशको हकदार; अंशको अधिकारी; अंशभागी।
555 अंसियार ना. २. कानुनी रूपमा अंश पाउने वंशहरूको समूह, जस्तो- अंसियारबंसियार।
556 अंसियारी वि. अंसियारसम्बन्धी; अंसियारको।
557 अंसे ना., वि. अंशियार l अंशी l।
558 अंस्याहा ना. कुनै संस्थान, निगम, कम्पनी वा कारोबारको अधिकृत पुँजीमा निश्चित हिस्सा भएको व्यक्ति; उक्त हिस्साको नाताले हुन आउने हक र दायित्व भएको व्यक्ति।
559 अंह ना. स्वधर्मको त्याग l दुश्चरित्रता l दु:ख l सासना l विघ्न l बाधा l अवरोध l।
560 आंशिक वि. अपूर्ण l स्वल्य l खण्डित l अंशसम्बन्धी l।
561 स्वर वर्णको पहिलो अक्षर l अच् वर्गको पहिलो वर्ण l कण्ठस्थानी वर्णमा पहिलो वर्ण l [अव्य.] ‘न’ को भाव जनाउँदै शब्दको अगाडी जोडिने अक्षर l विपरित (उल्टो) भाव र अर्थ तुल्याउन शब्दको अघिल्तिर जोडिन पुग्ने अव्ययान्त वर्ण l [ना.] सर्वश्रेष्ठ अक्षर l ब्रह्मा l घाँटी l।
562 अइन ना. नियम l कानुन l विधान l राजसंस्थाको नियम l।
563 अइनकानुन ना. नियम र विधि l ऐनसबाल l।
564 अइनसबाल ना. नीतिनियम l विधिविधान l।
565 अउ निपा. कसैलाई हातको हाउभाउसहित सम्बोधन गर्दा वा बोलाउँदा प्रयोग गरिने आह्वान सङ्केत, ए (उदा.- अउ, कान्छा ! कहिले आइस्?)।
566 अऋण वि. रिन नभएको l ऋण तिरिसकेको l ऋणीको उल्टो अर्थ बुझाउने (शब्द) अऋणी l उऋणी l उऋण l फरीफार्छे गरेको l।
567 अऋणी वि. ऋण नभएको; रिन तिरिसकेको; ऋणमुक्त; उऋण।
568 अऋणी वि. विप. ऋणी।
569 अकच ना. नौग्रहमध्येको पछिल्लो ग्रह l केतुग्रह l [वि.] कपाल हुँदै नभएको मुडुल्लो l खुइले l।
570 अकट ना. १. गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था।
571 अकट ना. २. पूरा नगरी नहुने खाँचो।
572 अकट ना. ( उदा.- मलाई पैसाको अकट पर्यो।)।
573 अकटविकट वि. गर्न वा सँभाल्न गाह्रो पर्ने; साह्रोगाह्रो; गाह्रोसाँघुरो; अप्ठ्यारो।
574 अकटिलो वि. अप्ठ्यारो परेको; असजिलो।
575 अकड ना. हे. अकट; अक्कड।
576 अकडम-बकडम ना. हे. अगडमबगडम।
577 अकडाइ ना. अकडिने भाव, क्रिया वा प्रक्रिया।
578 अकडाइनु क.क्रि. अकडमा पारिनु; अकड्याइनु।
579 अकडाउनु अ.क्रि. १. अकडिने हुनु।
580 अकडाउनु अ.क्रि. प्रे.क्रि. २. अकडमा पार्नु; अकडिन लाउनु; अकड्याउनु।
581 अकडिनु अ.क्रि. १. आफ्ना कामकुरामा डटेर अडान लिनु; ढिपी गर्ने हुनु।
582 अकडिनु अ.क्रि. २. अड्भाङ्गे भएर बस्नु; ठर्रिनु।
583 अकडिनु अ.क्रि. ३. कठ्याङ्ग्रिनु; कक्रिनु।
584 अकडी वि. अकड लिने; ढिपीवाल।
585 अकडो वि. अकडिने खाल वा स्वभावको l शेखीबाज l।
586 अकड्याइ ना. अकडिने भाव, क्रिया वा प्रक्रिया।
587 अकड्याइनु क.क्रि. अकडिन लाइनु; डटाइनु।
588 अकड्याउनु प्रे.क्रि. अकडिने पार्नु; अकडिन लाउनु।
589 अकण्टक वि. १. काँडा नभएको।
590 अकण्टक वि. २. कुनै बाधाविरोध वा डर आदि नभएको।
591 अकण्टक वि. ३. अजातशत्रु; शत्रुरहि।
592 अकथ वि. नसुनाइएको l नभनिएको l नकथिएको l अकथ्य l।
593 अकथकथा स्त्री. अकथितकथा l सुन्नु-भन्नु नभएको कथा l।
594 अकथनीय वि. वर्णन गर्न वा भन्न नसकिने; बाहिर प्रकट गर्न नसकिने; अकथ्य।
595 अकथित वि. नभनिएको; वर्णन नगरिएको; अनुक्।
596 अकथ्य वि. हे. अकथनीय।
597 अकपट वि. १. धुर्त्याइँ नभएको; जालझेल नजान्ने वा नगर्ने; खुला वा सफा मन भएको।
598 अकपट वि. २. हक्की।
599 अकबर ना. मध्यकालीन भारतका मुगलवंशी एक प्रसिद्ध सम्राट् (शासन- वि. सं. १६१२- १६६२)।
600 अकबरी वि. १. अकबरको जस्तो अर्थात् उम्दा; असल; उत्तम वा उत्कृष्ट।