Dictionary

All Word

651 अकर्न ना. २. कार्यालयमा साबिकवाला कर्मचारीले हालवाला वा बहालवाला कर्मचारीलाई आफ्नो जिम्माको सरसामान, कागजात आदि बुझाउँदा बुझ्नेले लेखिदिने कागज; एक किसिमको भरपाई।
652 अकर्म ना. १. कर्मको अभाव।
653 अकर्म ना. २. गर्न अयोग्य काम।
654 अकर्म ना. ३. खराब काम; कुकर्म।
655 अकर्म ना. ४. क्षुद्र कर्म; नीच कर्म; दुष्कर्म।
656 अकर्मक वि. व्याकरणका अनुसार अकर्मक धातु वा क्रियाको सङ्केत गर्ने।
657 अकर्मक क्रिया ना. अर्थ पूरा हुनाका निम्ति कर्मको आवश्यकता नपर्ने क्रिया; कर्ताको कार्यव्यापारको फल कर्तामा नै टुङ्गिने क्रिया।
658 अकर्मण्य वि. १. केही पनि काम नगर्ने; निकम्मा; अल्छी; निष्क्रिय।
659 अकर्मण्य वि. २. कुनै पनि उल्लेखनीय वा सार्थक काम गर्न नसक्ने; बेकार; व्यर्।
660 अकर्मण्यता ना. अकर्मण्य हुने चाल, अवस्था वा स्थिति; निष्क्रियता।
661 अकर्मा वि. कामठग l कमै नगर्ने l बेकामी l।
662 अकर्मी वि. ब्रह्मज्ञानी l निष्कर्म प्रवृत्तिवाला l कर्मानुष्ठानमा हीन l अबधूत l अघोरमतवाला l दुष्कर्मी l पापी l।
663 अकर्‍याइ अक्कर्‍याइ l।
664 अकर्‍याउनु क्रि. अक्करमा पार्नु l अक्कर्‍याउनु।
665 अकल ना. कुनै पनि काम छिटोछरितो रूपमा गर्ने वा तात्कालिक समस्या टार्न सक्ने सुझबुझ; कुशलतापूर्ण समझ; जुक्ति; अक्कल; अक्किल।
666 अकल वि. अङ्गहीन l निर्गुण l निर्दोष l।
667 अकल आउनु [वाक्प.] बुद्धिमा उब्जनु l फुर्नु l होश पाउनु l।
668 अकल हराउनु [वाक्प.] बुद्धि नासिनु l होश नपाउनु l मूर्ख बन्नु l।
669 अकलगुम वि. १. होस हराएको; सुझबुझ नभएको।
670 अकलगुम वि. ना. २. होस हराएको वा सुझबुझ नभएको अवस्था।
671 अकलगुम वि. (उदा. अचेल उनको अकलगुम भएको छ।)।
672 अकलदार वि. १. अकल भएको; बुद्धि पुऱ्याएर काम गर्ने।
673 अकलदार वि. २. सिपालु।
674 अकलमन्द वि. अकल भएको; अकलदार।
675 अकलुषित वि. १. निर्मल; स्वच्छ।
676 अकलुषित वि. २. कुनै प्रकारको दुर्भावना नभएको; सफा हृदयको।
677 अकलङ्क वि. कलङ्करहित l दोषहीन l स्वच्छ l पवित्र l।
678 अकलङ्कता नपुं. पवित्रता l स्वच्छता l दोषहीनता l।
679 अकलंकित वि. दोष नभएको वा नपारिएको l निर्दोष l।
680 अकल्पित वि. १. कल्पना नै गर्न नसकिने; कल्पनातीत; चिताउँदै नचिताइएको; सोच्तै नसोचिएको।
681 अकल्पित वि. २. अकाल्पनिक।
682 अकल्मष वि. खोटशून्य l दोषहीन l पापशून्य l सफा l स्वच्छ l।
683 अकल्याण ना. अर्काको कुभलो चिताउने वा गर्ने काम; कष्ट वा दुःख दिने काम; कुभलो।
684 अकल्याणकारी वि. अशुभकारी l अहितकारी l।
685 अकवत् ना. ईश्वर l ईमानदारी l कर्तव्य l [वि.] ठूलो l उत्तम l श्रेष्ठ l।
686 अकसर क्रि.वि. प्राय: l ज्यादाजसो l विशेष गरेर l।
687 अकस्मात् क्रि.वि. के कसरी भएको हो थाहा नपाई; अचानक; एकाएक; अपर्झट।
688 अकाट्य वि. १. खण्डन गर्न नसकिने।
689 अकाट्य वि. २. असत्य नठहरिने।
690 अकाट्य वि. ३. काट्न नसकिने।
691 अकाट्यता अनिवार्यता l अकाट्य्पना l दृढता l।
692 अकाट्यप्रमाण [ना.] काट्न चिर्न नसकिने प्रमाण l पूरा प्रमाण l।
693 अकाण्ड वि. काण्डहीन l हाँगाबिँगा नभएको l अशाखी l।
694 अकाण्डजात वि. जन्मनासाथ मर्ने (बालक l प्राणी ) l।
695 अकाण्डताण्डव ना. बित्थाको फुर्तीफार्ती l व्यर्थको धाकरबाफ l।
696 अकाण्डपात वि. हे. अकाण्डजात l।
697 अकाम ना. १. गर्न नहुने काम; कुकर्म; खराब काम।
698 अकाम ना. वि. २. राग, द्वेष आदि कुनै पनि पक्षको चाहना नभएको; वीतरागी; वैरागी; निष्काम।
699 अकामत: अव्य. निष्प्रयोजन l बित्था l बर्थ l इच्छै नगरिकन l।
700 अकामा स्त्री. बैंशा पूरापूर भएर पनि कामवासना पैदा नभएकी तरुनी l नवयुवती l।