Dictionary

All Word

751 अकिञ्चन वि. २. स्वास्थ्य, साधन, शक्ति आदिले हीन; असहाय; बबुरो।
752 अकिंचनता स्त्री. दरिद्रता l गरिबी l निर्धनता l।
753 अकिंचनत्व भा. अकिंचनको भाव l सब किसमले अभाव हुनु l गरीबी; दीनहीनत्व l दरिद्रता l।
754 अकिंचिना स्त्री. निराधार स्त्री l बिचरी l अनाथा l।
755 अकिंचित्कर वि. केही गर्न वा भनसुन गर्न समेत नसक्ने l असमर्थ l अशक्त l।
756 अकिंचित्ज्ञ वि. ज्ञान वा शक्तिले शून्य l विवेकहीन l।
757 अकिल ना. अक्कल l बुद्धि l समझदारी l।
758 अकिलदार वि. अक्कलदार l बुद्धिमान् l समझदार l।
759 अकिल्विष वि. पाप वा खोटरहित l निर्मल l पवित्र l।
760 अकीर्ति स्त्री. अपकीर्ति l कुयश l कुनाम l बदनामी l।
761 अकीर्तिकार वि. कीर्तिनाशक l सुयश बिगार्ने l बदनाममा पार्ने l।
762 अकुटिल वि. निष्कपट l सीधा l सरल l सोझो l साधा l।
763 अकुटिलता भा. सीधापन l निष्कपटता l सोझोपना l साधापन l।
764 अकुण्ठ वि. कुण्ठित नहुने खालको l तीक्ष्ण l तीब्र l तेजिलो l।
765 अकुण्ठा ना. मानसिक अवरोध वा कुण्ठित हुने अवस्थाको अभाव; बाधाव्यवधान नहुने स्थिति वा सो स्थितिको बोध।
766 अकुण्ठित वि. १. कुण्ठारहि।
767 अकुण्ठित वि. २. बाधारहित; निरवरोध; निर्बाध।
768 अकुप्य सुन चाँदी आदि धन l तुरुन्तै विनिमय हुन सक्ने धन l।
769 अकुल ना. बेठेगानको कुल; नीच कुल; अप्रतिष्ठित कुल।
770 अकुलाइ ना. अकुलाउने क्रिया, प्रक्रिया वा स्थिति।
771 अकुलाइनु क.क्रि. आकुल पारिनु।
772 अकुलाउनु अ.क्रि. आकुल हुनु; आत्तिनु; हडबडाउनु।
773 अकुलाहट ना. आकुल हुने र पार्ने स्थिति, भाव, क्रिया वा प्रक्रिया।
774 अकुलीन वि. कुलघरानकै ठेगान नभएको l बाबुबाज्येकै पक्का नभएको l नीच घरानको l असभ्य खलकको l क्षद्र l कुलहीन l।
775 अकुशल वि. दक्षता वा स्वस्थता नभएको l अदक्ष l बिरामी l अस्वस्थ l अनाडी l शीपहीन l [ना.] अशुभ l अमंगल l।
776 अकुशलता अकुशलको भाव l अक्षमता l अदक्षता l अस्वस्थता l शिथिलता l कमजोरी l।
777 अकूट वि. कपटी चाल वा विचार नभएको l कृत्रिमता वा अवास्तविकता नभएको l सच्चा l खास l स्वाभाविक l।
778 अकुत वि. विपुल; अपरिमित; यति नै छ भन्ने अनुमान गर्न नसकिने; भरपुर।
779 अकूत वि. हे. अकु।
780 अकूर्च वि. दाढीजुँगा नहुने l [पुं.] बुद्ध l गौतम स्वामी l।
781 अकृत वि. नगरिएको l नरचिएको l नलहसिएको l मुक्त l मोक्ष भएको l कारण भएको l आफैं नबनेको l अप्रामाणिक जस्तो l सम्पादित नभएको l जस्ताको त्यस्तै l।
782 अकृतज्ञ वि. अर्काले लगाएको गुन वा उपकारप्रति आभारी नहुने; बैगुनी; कृतघ्न।
783 अकृतज्ञता स्त्री. बैगुनीपन l कृतघ्नता l।
784 अकृतार्थ वि. काम पूरा नभएको l फल पूर्ण नभएको l सन्तोष मिल्ने गरी नसकिएको l निष्फल l।
785 अकृतार्थता स्त्री. निष्फलता l व्यर्थता l अकृतार्थको भाव l।
786 अकृती वि. अयोग्य l बेकम्मा l बिनकामको l।
787 अकृत्य ना. गर्नै नहुने काम l कुकर्म l दुराचार l अनाचार l।
788 अकृत्रिम वि. बनावटीपन नभएको l प्राकृतिक l स्वाभाविक l वास्तविक l यथार्थ l हार्दिक l।
789 अकृत्रिमता स्त्री. स्वभाविता l यथार्थता l हार्दिकता l।
790 अकृप ना. कृपा नगर्नु l दया नहुनु l रिस हुनु l [वि.] निठुर l।
791 अकृपण वि. कंजूसपना नभएको l मनकारी l उदार l।
792 अकृपा स्त्री. अप्रसन्नता l बेखुशी l रिस l मयहीनता l।
793 अकृष्टपच्य वि. खनजोतै नगरी आफैं उम्रेर पाक्ने वा पाकेको l।
794 अकेला वि. साथमा कोही नभएको; एक्लो; फट्टा।
795 अकेलोपन एक्लो हुनु l अकेलो पर्नु l एकाकीपन l।
796 अकोप ना. रिस नहुनु l कोपको अभाव l प्रसन्नता l।
797 अकोपा स्त्री. कहिल्यै नरिसाउने स्वभावकी l सदाप्रसन्ना l।
798 अकौशल ना. कुशलताको अभाव l शीप नहुनु l।
799 अक्कड १ ना. कुनै कुरामा एकोहोरो किसिमले लिइने जिद्दी; ढिपी; हठ; अकड।
800 अक्कड २ प्रत्य. विशेषण बनाउनका लागि आउने एक कृत् प्रत्यय (घुमक्कड, बोलक्कड इ.)।