Dictionary

All Word

851 अक्षत वि. २. नबिग्रिएको; क्षय नभएको।
852 अक्षत वि. ३. अक्षता; अछेता।
853 अक्षतयोनि वि. योनि क्षत नभएकी ; पुरुषसित समागम नभएकी; कुमारी।
854 अक्षता ना. १. चामलका सग्ला गेडा; देवपितृकार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा; जोखना आदिमा प्रयोग गरिने चामलका गेडा; अछेता।
855 अक्षता ना. वि. २. सम्भोगक्रियाद्वारा योनि क्षत नभएकी; कुमारी।
856 अक्षम वि. क्षमता नभएको; अयोग्य; असमर्।
857 अक्षमता ना. अक्षम हुनाको भाव वा अवस्था; असमर्थता; अशक्तता।
858 अक्षमा ना. १. असहनशीलता; क्षमाको अभाव।
859 अक्षमा ना. २. निष्ठुरीपना; निष्ठुरता।
860 अक्षमाला ना. १. गायत्री वा कुनै मन्त्र जप्ता जपसङ्ख्याको गन्ती गर्न बनाइएको माला; जपमाला।
861 अक्षमाला ना. २. रुद्राक्षको दानाको माला।
862 अक्षमाला ना. ३. वसिष्ठ ऋषिकी पत्नी।
863 अक्षम्य वि. १. माफी दिन नसकिने वा नहुने।
864 अक्षम्य वि. २. सहन नसकिने।
865 अक्षम्य अपराध ना. क्षमा दिन नहुने वा नसकिने अपराध।
866 अक्षय वि. १. नाश नहुने; अविनाशी।
867 अक्षय वि. २. कहिल्यै नघट्ने।
868 अक्षयकुमार ना. रावणको कान्छो छोरो।
869 अक्षयकोष ना. १. जति खर्च गरे पनि नसकिने खजाना।
870 अक्षयकोष ना. २. खर्च नगर्ने भनी अलग्ग राखिएको कोष।
871 अक्षय तृतीया ना. वैशाख महिनाको शुक्लपक्षको तेस्रो तिथि वा सो तिथिका दिनको पर्वविशेष।
872 अक्षय नवमी ना. सत्ययुग आरम्भ भएको दिनका रूपमा विश्वास गरिएको एक नवमी तिथि; कार्तिक शुक्ल नवमी ; कुष्माण्ड नवमी।
873 अक्षयवट ना. प्रयागमा गङ्गा र यमुना मिसिएको ठाउँमा पर्ने वरको एक प्राचीन र प्रसिद्ध रुख।
874 अक्षय्य वि. नाश गर्न नसकिने; अक्षय।
875 अक्षय्योदक ना. हिन्दूहरूद्वारा श्राद्धमा पिण्डदानपछि पितृहरूको अक्षय्य तृप्तिका निम्ति चढाइने जल।
876 अक्षर ना. १. रूपभन्दा सानो र ध्वनिभन्दा ठुलो ध्वन्यात्मक एकाइ।
877 अक्षर ना. (उदा.- इ, सार् इ.) २. शब्दको वा शब्दांशका आवाजको एउटै प्रयासमा उच्चरित हुने, प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह; अच्छेर।
878 अक्षर ना. ३. ईश्वर; परमात्मा; ब्रह्म।
879 अक्षर ना. वि. ४. नाश नहुने; अविनाशी।
880 अक्षरजीवी वि. लेखपढ गरेका भरमा जिउ पाल्ने; पढ्नेपढाउने काम गरेर जीवनवृत्ति गर्ने।
881 अक्षरन्यास ना. तान्त्रिक पूजापाठमा आफ्ना अङ्गप्रत्यङ्गको रक्षाका निम्ति ती अङ्गप्रत्यङ्गका देवताहरूसित सम्बन्धित अक्षरहरूको स्थापना।
882 अक्षरपत्ती ना. बाक्लो कागजमा अक्षर लेखिएको टुक्रा; अक्षरसिकाइ वा चिनारीका लागि शिक्षणसामग्रीका रूपमा प्रयोग गरिने अक्षरअङ्कित काग।
883 अक्षरविन्यास ना. वर्णविन्यास; हिज्जे; खिप्ती; वर्तनी।
884 अक्षरशः क्रि.वि. १. एक एक अक्षर गरेर; एक अक्षर पनि नछाडीकन।
885 अक्षरशः क्रि.वि. २. एकै अक्षर पनि नबिराई।
886 अक्षरशः क्रि.वि. (उदा.- हनुमान् रामको आज्ञा अक्षरशः पालन गर्थे।)।
887 अक्षर सङ्घात ना. १. विचित्र अर्थ र परिमित अक्षर भएको उक्ति हुने नाटकको एउटा लक्षण।
888 अक्षर सङ्घात ना. २. कठोर ध्वनि उच्चारण गर्दा आइपर्ने अप्ठेरो।
889 अक्षरात्मक वि. अक्षरको सृजना गर्ने विशेषता भएको।
890 अक्षरात्मक लिपि ना. स्वरको सहायताले मात्र लेख्न सकिने अक्षर वा वर्ण भएको लिपि (देवनागरी, ब्राह्मी, बङ्गाली इ.)।
891 अक्षरारम्भ ना. १. बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह संस्कारमध्ये एक।
892 अक्षरारम्भ ना. २. अक्षर वा लिपिका अध्ययनको आरम्भ।
893 अक्षरेखा ना. पृथ्वी वा त्यसको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको कल्पित रेखा; अक्ष।
894 अक्षरेपि क्रि.वि. रकमसम्बन्धी लेनदेनका कागतमा अङ्कलाई पुष्टि दिनका लागि अक्षरमा अङ्क जनाउनुभन्दा पहिले प्रयोग गरिने शब्द; अक्षरमा पनि।
895 अक्षरेपि क्रि.वि. (उदा.- मैले आजका मितिमा रु. १००/- अक्षरेपि एक सय सापट लिएको ठिक-साँचो हो।)।
896 अक्षशाला ना. जुवा खेलाउनका निम्ति व्यवस्था गरिएको घर।
897 अक्षांश ना. पृथ्वीको अक्ष र भूमध्यरेखाको समानान्तरमा कोरिन सक्ने कल्पित रेखामध्ये कुनै एक; भूमध्यरेखा र ध्रुवताराका माझको कोणिक दुरी।
898 अक्षार वि. क्षार पदार्थ वा नुनको अंश नभएको; क्षारभिन्न।
899 अक्षार लवण ना. खानीबाट निस्केको नुन; समुद्री नुनबाहेकको अन्य नुन (सिधेनुन, भोटेनुन)।
900 अक्षि ना. १. आँखा; नेत्र।