Dictionary

All Word

1001 अगस्त्य ना. १. अगस्ति ऋषि।
1002 अगस्त्य ना. २. अगस्ति।
1003 अगहन ना. मङ्सिर महिना |
1004 अगहनी ना. मङ्सिरमा फल्ने वा हुने (मार्सी आदि धान वा अरू अन्न) बाली।
1005 अगाइनु अ.क्रि. हे. अघाइनु।
1006 अगाउनु अ.क्रि. हे. अघाउनु।
1007 अगाडि क्रि.वि. १. सामुन्नेमा; हाकाहाकी; अगिल्तिर।
1008 अगाडि क्रि.वि. २. पहिले नै; अघिबाटै; उहिले।
1009 अगाडी ना. काठी नखसोस् भनी घोडाको घाँटीमा लगाइने पेटी।
1010 अगाध वि. १. गहिरो; तर्न नसकिने।
1011 अगाध वि. २. जानेर जान्न नसकिने; अथाह।
1012 अगाध वि. क्रि.वि. ३. अत्यन्त; असाद्धे; अघोरै।
1013 अगावै क्रि.वि. पहिले नै अगिबाटै; अगाडि नै।
1014 अगि ना. यो. १. सामुन्ने; मुखेन्जी; अगिल्तिर; अघि।
1015 अगि ना. यो. क्रि.वि. २. उहिले; पहिले।
1016 अगि अगि क्रि.वि. १. प्राचीन कालमा।
1017 अगि अगि क्रि.वि. २. अगाडि अगाडि; अघि अघि।
1018 अगिन्नर पछिन्नर ना. कुनै काठ वा बाँसमा भार पारी अघिल्तिर र पछिल्तिर झुन्डिने किसिमले काँधमा बोकिने भारी; भारद्वारा बोकिने भारी।
1019 अगिल्तिर क्रि.वि. सामुन्नेपट्टि; अगाडिपट्टि; सम्मुख; अघिल्तिर।
1020 अगिल्लो वि. १. पहिलोचाहिँ; अगिको; अघिल्लो।
1021 अगिल्लो वि. २. अगाडिको; सामुन्नेको।
1022 अगिसरा वि. १. कुनै काममा अगाडि सर्ने स्वभावको; फुर्तिलो; अघिसरा।
1023 अगिसरा वि. २. कर्तव्यपरायण।
1024 अगुल्टो ना. बलेको वा सल्केको दाउरो।
1025 अगुल्टो ना. अगुल्टो पनि ठोसी बल्दैन (उखान )।
1026 अगुवा १ ना. १. खेतीबारीको काम गर्न जग्गाधनीका तर्फबाट स्थायी वा अस्थायी रूपमा तैनाथ गरिएको कतियामुन्तिरको कर्मचारी ; कम्तियाको सहायक |
1027 अगुवा २ वि. १. अगि हिँड्ने।
1028 अगुवा २ वि. २. कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे।
1029 अगुवा २ वि. ना. ३. नेता।
1030 अगुवाइ ना. नेताले गर्ने काम; नेतृत्व।
1031 अगुवाइगिरी ना. अगुवाइ; नेतृत्व।
1032 अगेनु/अगेनो ना. मझेरीमा ओछ्‌यानका छेउमा आगो बाल्न बनाइएको स्थायी अग्निकुण्ड।
1033 अगोचर वि. कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने; इन्द्रियको विषय नभएको; देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न वा जान्न नसकिने; इन्द्रियाती।
1034 अगोड ना. हौदाको अगिल्लो भागलाई नहल्लिने गरी कस्न दुईतिरबाट बाँध्ने डोरी |
1035 अगोलित वि. गोलाकार नभएको; गोलित वा वर्तुलित नभएको।
1036 अगौटे वि. १. अगि लाग्ने वा पाक्ने (बाली)।
1037 अगौटे वि. ना. २. त्यस्तो बाली (घैया, सठिया इ.)।
1038 अग्घोर क्रि.वि. ज्यादै; चौपट्टै; निकै; अत्यन्।
1039 अग्नि ना. १. कुनै पदार्थ जलेर ताप, प्रकाश वा ज्वाला पैदा हुने पुञ्ज, द्रुत रूपले हुने प्रज्वलन कार्य वा प्रक्रिया; आगो।
1040 अग्नि ना. २. मुख्य रूपले पाचनक्रिया सञ्चालन गर्ने शारीरिक शक्ति।
1041 अग्नि ना. ३. तीनको सङ्ख्या बुझाउने शब्द।
1042 अग्नि ना. ४. आग्नेय कोणका स्वामी मानिएका अधिदेवता।
1043 अग्निकवच ना. १. आगोले नडढाउने वस्तु।
1044 अग्निकवच ना. २. आगाबाट बच्न लगाइने वस्त्र।
1045 अग्निकवच ना. ३. तन्त्रशास्त्रअनुसार शरीरको रक्षा गर्न विभिन्न अङ्ग छोई कल्पना गरिने विभिन्न नामका मन्त्र।
1046 अग्निकाण्ड ना. आगाले गर्ने विनाश; आगलागी।
1047 अग्निकुण्ड ना. यज्ञ आदिमा हवन गर्नका निम्ति आगो बाल्न बनाइएको खाडल; यज्ञवेदीको अगे।
1048 अग्निकुमार ना. १. प्रायः बालबालिकाहरूको पाचनशक्ति बढाउने आयुर्वेदिक औषधी।
1049 अग्निकुमार ना. २. कार्तिकेय; कुमार।
1050 अग्निकोण ना. आग्नेय दिशा।