Dictionary

All Word

1101 अग्रहार ना. प्राचीन समयमा गुरुकुलबाट शिक्षा पाई आउने विद्वान् ब्राह्मणलाई जीविकाका निम्ति चलनअनुसार दिइने गरेको जमिनवा जनपद।
1102 अग्रहार ना. २. राजाद्वारा ब्राह्मणलाई जीविकोपार्जनका लागि दिइएको जग्गा; कुशबिर्ता।
1103 अग्राख/अग्राठ ना. १. सालको काठ।
1104 अग्राख/अग्राठ ना. २. कुनै पनि काठको भित्रको चुरो।
1105 अग्राख/अग्राठ ना. ( उदा.- काठको बाकलभित्र पलाँस र पलाँसभित्र अग्राख हुन्छ भन्ने चाल नपाउने तँ केको सिकर्मी ! )।
1106 अग्राख/अग्राठ ना. वि. ३. बलियो (काठपात आदि)।
1107 अग्राख/अग्राठ ना. ४. शक्तिशाली (मान्छे) आदि।
1108 अग्राशन ना. खानुभन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा; औसानी; बल।
1109 अग्रासन ना. कुनै अनुष्ठान, सभा वा गोष्ठीमा आमन्त्रित व्यक्तिहरूमध्ये मुख्य व्यक्तिलाई प्रदान गरिने आसन; उच्चतम आसन।
1110 अग्राह्य वि. १. लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने।
1111 अग्राह्य वि. २. त्याज्य; उपेक्षायोग्य।
1112 अग्रिम वि. १. अगिल्लो; अगाडिको; पहिलो |
1113 अग्रिम वि. ना. २. कुनै काम गर्ने वा काम गर्न जिम्मा लिएको व्यक्तिले काम आरम्भ नहुँदै पाउने केही रकम; पेस्की ; बैना।
1114 अग्रिम देय ना. कुनै कामकाजमा खटिने व्यक्तिलाई सरकारी वा गैरसरकारी कार्यालयद्वारा पछि हिसाब मिलाउने गरी पहिले नै दिइने नगदी वा जिन्सी; पेस्की; बैना; अग्रिम |
1115 अग्रिम धन ना. अग्रिम देय; पेस्की।
1116 अग्रिम रकम ना. अग्रिम धन।
1117 अग्लाइ ना. अग्लोपन; उचाइ |
1118 अग्लिनु अ.क्रि. अग्लो हुँदै जानु; उचाइ बढ्नु; उच्चो हुनु।
1119 अग्लो वि. खुट्टा वा फेद पत्तालतिर र टुप्पो वा टाउको अकासतिर गरी उभिएका दुई वा दुईभन्दा धेर प्राणी, पर्वत, वस्तु आदिमा सबैभन्दा लामो; अल्गो; अल्को।
1120 अग्ल्याइ ना. अग्लिने किसिम, क्रिया वा भाव।
1121 अग्ल्याइनु क.क्रि. अग्लो पारिनु; उच्चो पारिनु।
1122 अग्ल्याउनु प्रे.क्रि. अग्लो पार्नु; चुच्चो वा चुली पार्नु।
1123 अग्ल्याउनु स.क्रि. १. ढोका, झ्याल आदिलाई आग्लो, चुकुल आदिले बन्द गर्नु।
1124 अग्ल्याउनु स.क्रि. २. कुनै काम हुन नदिन भाँजी हाल्नु; अवरोध तेर्स्याउनु।
1125 अघच वि. हे. अगच।
1126 अघटित वि. १. घटना नभएको।
1127 अघटित वि. २. पहिले नभएको; अभूतपूर्व।
1128 अघा ना. गाईभैँसीहरूलाई पघार लाउनुभन्दा अगाडि दुहिएको दुध; अगार; अघार।
1129 अघाइ ना. अघाउने किसिम, क्रिया वा भाव।
1130 अघाइनु अ.क्रि. अघाएको हुनु वा होइनु।
1131 अघाउँजी क्रि.वि. १. पेट टन्न होउन्जेल; खान मन लागेसम्म; अघाउन्जेल।
1132 अघाउँजी क्रि.वि. २. धित मरुन्जेल; सन्तुष्ट होइन्जेल।
1133 अघाउनु अ.क्रि. १. खाएर वा पिएर तृप्त हुनु; टम्म हुनु; अगाउनु।
1134 अघाउनु अ.क्रि. २. कुनै कुराबाट अमन हुनु; वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु।
1135 अघाउन्जेल/अघाउन्जेली क्रि.वि. अघाउँजी।
1136 अघार ना. गाई-भैँसी दुहुँदा पघ्रिनुभन्दा अगाडि थुनमा रहेका गोटा दुहिएको दुध; अगार।
1137 अघासुर ना. १. श्रीमद्भागवत महापुराणमा वर्णित, कृष्णलाई मार्ने अभियानमा कंसले पठाएको र कृष्णले मारेको अजिङ्गररूपी राक्षस।
1138 अघासुर ना. वि. २. खन्चुवा; घिचास; अगस्ति।
1139 अघि ना. यो. / क्रि.वि. हे. अगि।
1140 अघि अघि क्रि.वि. हे. अगि अगि।
1141 अघिल्तिर क्रि.वि. १. कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि |
1142 अघिल्तिर क्रि.वि. २. मुखेन्जी; हाकाहाकी।
1143 अघिल्लो वि. हे. अगिल्लो |
1144 अघिसरा वि. हे. अगिसरा।
1145 अघोर वि. १. ज्यादै डरलाग्दो।
1146 अघोर वि. क्रि.वि. २. ज्यादै; धेरै; ज्यास्ती; बिछट्ट; अग्घोर; अग्घोरै।
1147 अघोर वि. ना. ३. गोरखपन्थको औघड सम्प्रदाय।
1148 अघोर वि. ४. कापालिक सम्प्रदाय।
1149 अघोरपन्थ ना. अघोर मतावलम्बीहरूको सम्प्रदाय; अघोर सम्प्रदाय।
1150 अघोरपन्थी वि. १. अघोरपन्थको अनुयायी।