Dictionary

All Word

1251 अङ्गा ना. शरीरका माथिल्ला भागका अङ्गमा लगाइने लबेदा भोटो आदि वस्त्र।
1252 अङ्गाङ्गी भाव ना. अङ्गीको र अङ्गी बन्न चाहिने अङ्गहरूको आपसी सम्बन्ध; गौण र मुख्यको परस्पर सम्बन्ध।
1253 अङ्गार ना. हे. अँगार।
1254 अङ्गारे वि. हे. अँगारे।
1255 अङ्गालो ना. हे. अँगालो।
1256 अङ्गिका ना. आइमाईले आङमा लगाउने पोसाक; चोलो।
1257 अङ्गी ना. १. प्रधान वा मुख्य अङ्ग; अरू अङ्ग आश्रित हुने कुनै प्रणाली वा संरचनाको मुख्य अङ्ग।
1258 अङ्गी ना. वि. २. देहधारी; अङ्गहरू भएको।
1259 अङ्गी ना. ३. मुख्य।
1260 अङ्गी रस ना. साहित्यिक कृतिमा पाइने मूल वा केन्द्रीय रस; अन्य सहकारी रसका साथमा आउने प्रधान रस।
1261 अङ्गीकरण ना. १. कुनै वस्तु, सल्लाह वा नीति आदिमा प्रदान गरिने स्वीकृति; सहमति; समर्थन; मन्जुरी |
1262 अङ्गीकरण ना. २. जिम्मेदारी अभिभारा।
1263 अङ्गीकार ना. १. स्वीकार; मन्जुरी।
1264 अङ्गीकार ना. २. कबोल ; प्रतिज्ञा।
1265 अङ्गीकार ना. (उदा.- उसले अङ्गीकार गरेको कुरा नपुयाई छाड्दैन। )।
1266 अङ्गीकार ना. ३. आइमाईले आङमा लगाउने पोसाक; चोलो।
1267 अङ्गीकृत वि. १. अँगालिएको; स्विकारिएको; अङ्ग तुल्याइएको।
1268 अङ्गीकृत वि. २. जन्मसिद्ध नभई निर्धारित कानुनी प्रक्रियाअन्तर्गत प्राप्त गरिएको (अङ्गीकृत नागरिक, अङ्गीकृत नागरिकता आदि)।
1269 अङ्गी वाक्य ना. व्याकरणमा मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य।
1270 अङ्गी वाक्य ना. ( हिजो मलाई श्यामले 'तँलाई म कोट दिन्छु' भन्यो - यस मिश्र वाक्यमा 'तँलाई कोट दिन्छु' भन्ने अङ्गवाक्य 'श्यामले भन्यो' मुख्य वाक्यको अङ्ग बनेकाले 'श्यामले भन्यो ' अङ्गीवाक्य हो।)।
1271 अङ्गुठो ना. बुढी औँलो; औँठो |
1272 अङ्गुर १ ना. १. पातलो मिही चिल्लो बोक्रा भएको, ससाना सेता फूल फुल्ने, फिक्का पहेँलो रङ हुने दानादार झुप्पे फल फल्ने एक जातको लहरो; २. त्यसै खाइने वा रसबाट द्राक्षासव, चिनी, रक्सी आदि बनाइने, त्यसैको फल।
1273 अङ्गुर २ ना. अङभर; जिम्मेदारी; जिम्मा; अभिभारा।
1274 अङ्गुर २ ना. (उदा.- गर्न नसकिने कामको अगुर बोक्नु हुँदैन।)।
1275 अङ्गुल ना. १. हात वा खुट्टाको औंलो।
1276 अङ्गुल ना. २. पुष्ट जौका आठवटा दाना मिलाएर नाप्ता ढाकिने नापोको परिमाण; एक औँलाको चौडाइको नापो; अमल।
1277 अङ्गुलि ना. औँलो; अमल।
1278 अङ्गुलि त्राण ना. १. ताँदोको चोट जोगाउन हातका औँलामा लाइने खोल।
1279 अङ्गुलि त्राण ना. २. अम्तर्नु, लक्खु।
1280 अङ्गुलि त्राण ना. ३. सितार बजाउँदा औँलामा लाइने तारको उपकरण; नक्खी।
1281 अङ्गुलि निर्देश ना. १. औँलो ठड्याउने काम।
1282 अङ्गुलि निर्देश ना. २. औँल्याइ।
1283 अङ्गुलिमाल ना. बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औँला काटेर माला लगाउने व्यक्ति, जो पछि बुद्धको शरण पयो। )।
1284 अङ्गुलि मुद्रा ना. नाउँ खोपेको औँठी; छापेमुद्रो।
1285 अङ्गुष्ठ ना. बुढी औँलो; औँठो।
1286 अङ्ग्रेज ना. संयुक्त अधिराज्य बेलायतका निवासी वा अङ्गीकृत नागरिक; बेलायती मूलका गोरा जाति।
1287 अङ्ग्रेजी वि. १. संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको।
1288 अङ्ग्रेजी वि. २. अङ्ग्रेजको भाषासित सम्बन्धि।
1289 अङ्ग्रेजी वि. ना. ३. बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले संयुक्त अधिराज्य बेलायतद्वारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्लिस।
1290 अच् ना. संस्कृतका 'अ' देखि 'औ' सम्मका स्वरहरूको सङ्क्षिप्तीकृत पारिभाषिक संज्ञा; स्वरवर्ण।
1291 अचकच क्रि.वि. निर्णयमा पुग्न नसकेर; अकमक।
1292 अचकचाइ ना. अचकचाउने भाव, क्रिया वा प्रक्रिया |
1293 अचकचाइनु अ.क्रि. अकमकाइनु।
1294 अचकचाउनु अ.क्रि. निर्णय लिन नसक्नु; अकमकाउनु।
1295 अचकन ना. पाँच कल्ली भएको, दुई ठाउँमा मात्र तुना लगाइने लामो कोटजस्तो लबेदा; एक किसिमको लामो दौरा।
1296 अचकल्टो वि. १. पूरा नभएको; अधुरो।
1297 अचकल्टो वि. २. आधा पाकेको; कट्मिरो।
1298 अचकल्टो वि. ३. पूरा परिपक्व नभएको; अर्धशिक्षि।
1299 अचकल्टो वि. ४. पूरा काम दिन नसक्ने; अधबेस्रो (अचकल्टो काम; अचकल्टो ठिटो; अचकल्टो पढाइ इ.)।
1300 अचकाली क्रि.वि. / ना. हे. अचाक्ली।