Dictionary

All Word

1351 अत्त्याउ ना. अत्त्याइ।
1352 अत्त्याउनु स.क्रि./ प्रे.क्रि. डर, धाक, हप्की देखाउनु; भय उत्पन्न गराउनु; तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लगाउनु।
1353 अत्त्याहट ना. आत्तिने, अत्त्याउने वा अत्त्याइने क्रियाप्रक्रिया; अत्त्याइ; अत्याहट।
1354 अत्यधिक वि. १. ज्यादै बढी; एकदमै धेरै। क्रि.वि.
1355 अत्यधिक वि. २. अत्यन्तै।
1356 अत्यन्त वि. १. यतिउति भन्ने सीमा नाघेको; खुब; ज्यादा; अत्यधिक। क्रि.वि.
1357 अत्यन्त वि. २. अति धेरै मात्रामा; बिछट्टै।
1358 अत्यन्तातिशयोक्ति ना. काम हुनुभन्दा पहिले नै कार्यसिद्धिको वर्णन गरिने अतिशयोक्ति अलङ्कारको एक भेद।
1359 अत्यन्ताभाव ना. १. कुनै कुराको कुनै समय (भूत, वर्तमान र भविष्यत्) मा पनि अस्तित्व नहुने अवस्था।
1360 अत्यन्ताभाव ना. २. चार प्रकारका अभाव (प्रागभाव, प्रध्वंसाभाव, अन्योन्याभाव र अत्यन्ताभाव) मध्ये चौथो; कहिल्यै कतै नहुने वा हुन असम्भव कुरो।
1361 अत्यष्ठि ना. असी अमल बराबरको नापोलाई बुझाउने शब्द; असी इन्चीको नापो।
1362 अत्त्याइ ना. १. आतिने भाव, क्रिया वा प्रक्रिया; अत्त्याइ। [अत्याउ+आइ]
1363 अत्त्याइ ना. २. अत्याउने भाव, क्रिया वा प्रक्रिया ।
1364 अत्याइनु क.क्रि. हे. अत्त्याइनु।
1365 अत्याउनु प्रे.क्रि. हे. अत्त्याउनु।
1366 अत्याचार ना. १. अर्कामाथि गरिने दबाउ; थिचोमिचो।
1367 अत्याचार ना. २. नियमकानुन नाघेर कमजोरमाथि गरिने अन्याय; जोरजुलुम; उधुम; अतिचार।
1368 अत्याचार ना. ३. उपध्रो; राइँदाइँ।
1369 अत्याचारी वि. १. अत्याचार गर्ने। ना.
1370 अत्याचारी वि. २. अत्याचार गर्ने व्यक्ति।
1371 अत्याज्य वि. छोड्न नसकिने वा नहुने; त्याग्न नमिल्ने।
1372 अत्याधुनिक वि. समसामयिक वा आधुनिक अवधिमा सबभन्दा पछिल्ला समयको; ज्यादै नयाँ ( विचार, कविता, धारा, शैली, परिपाटी इ.)।
1373 अत्यास ना. १. कुनै कारणले निकै डराउने वा तर्सिने क्रिया वा अवस्था; ठुलो डर र शङ्का भएको त्रास; अत्याहट।
1374 अत्यास ना. २. कामको हडबडी; आतुरी।
1375 अत्यासमत्यास क्रि.वि. मन ठेगानमा नभएर विचलित हुने स्थिति; बेचैनी वा छटपटी लाग्ने किसिम।
1376 अत्यासलाग्दो वि. डरलाग्दो; भयावह।
1377 अत्यासिलो/अत्यासे वि. १. अत्यास लाग्ने किसिमको; कहालीलाग्दो; डरलाग्दो।
1378 अत्यासिलो/अत्यासे वि. २. डराउने; डर मान्ने; अताले।
1379 अत्याहट ना. हे. अत्त्याहट।
1380 अत्युक्त वि. बढाईचढाई भनिएको; नचाहिँदो; अयुक्त; अत्युक्तिपूर्ण।
1381 अत्युक्ता ना. एक चरणमा दुई अक्षर मात्र हुने छन्दको नाम; वार्णिक छन्दको एक भेद।
1382 अत्युक्ति ना. १. कुनै वस्तु, व्यक्ति वा कामकुराका बारेमा वास्तवमा भएभन्दा बढाई चढाईकन गरिने वर्णन; अतिशयोक्ति।
1383 अत्युक्ति ना. २. भन्नुपर्नेभन्दा बढी मात्रामा कुनै कुरा भन्ने काम; त्यस प्रकारको चर्चा वा भनाइ।
1384 अत्युक्ति ना. ३. गुण वा दोषको बढाईचढाई गरिने प्रसिद्ध एक काव्यालङ्कार।
1385 अत्युत्तम वि. १. उत्तमभन्दा पनि उत्तम; सबभन्दा उत्तम; अत्यन्त उत्तम।
1386 अत्युत्तम वि. २. ज्यादै असल; ज्यादै बेस; ज्यादै उत्कृष्ट।
1387 अत्युत्तम वि. ३. मूल्याङ्कनका क्रममा निर्धारित विभिन्न श्रेणीमध्ये उच्च।
1388 अत्र क्रि.वि. यहाँ। (प्राचीन शैलीका चिठीपत्रमा प्रयुक्त, जस्तै- अत्र कुशल छु।)
1389 अत्रि ना. १. सप्तर्षि कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठमध्ये एक; धर्मशास्त्रका प्रवर्तक र अत्रिसंहिताका निर्माता तिनै ॠषि।
1390 अत्रि ना. २. अत्रिगोत्रका प्रवर्तक ॠषि।
1391 अत्रि गोत्र ना. अत्रि ॠषिको कुल वा वंशपरम्परामा पर्ने (गोतामे, चापागाईं, वस्ती, मिश्र, खतिवडा, ओझा, पोखरेल, पौडेल आदि थर हुने) बाहुनछेत्रीको गोत्र।
1392 अथ क्रि.वि. १. अब (प्राचीन र मध्यकालीन ग्रन्थको आरम्भमा र अझै पनि धार्मिक कार्यादि आरम्भ गर्दा प्रयोग गरिने।)। वि.बो.
1393 अथ क्रि.वि. २. अब आरम्भ हुन लाग्यो है ! ना.
1394 अथ क्रि.वि. ३. आरम्भ; श्रीगणेश। (उदा.- तिमीलाई यसको न अथ थाहा छ न इति नै।)
1395 अथ इति ना. आरम्भ तथा अन्त्य।
1396 अथक वि. १. नथाकेको; नथाक्ने।
1397 अथक वि. २. नथाकीकन गरिएको।
1398 अथर्व ना. वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद।
1399 अथर्ववेद ना. अथर्व।
1400 अथर्वा ना. अथर्ववेदका एक ॠषि।