Dictionary

All Word

1401 अथवा संयो. १. शब्द, वाक्य र वाक्यांशमा विकल्प जनाउने अव्यय; वा; कि। (उदा.- राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.)। क्रि.वि.
1402 अथवा संयो. २. नभए; होइन भने; कि भने; कि त। (उदा.- अथवा तिमी नै जाऊ न त।)।
1403 अथवा संयो. ३. वि. राम्रो; सन्चो (उदा.- रोगीलाई अलिक अथवा भयो।)। ना.
1404 अथवा संयो. ४. सुबिस्ता; सन्चो।
1405 अथविचार ना. १. कुनै विषय, प्रसङ्ग वा कामकुराका बारेमा अब विचार गरौँ भन्ने आशय।
1406 अथविचार ना. २. कुनै कामकुरा गर्ने निधो भएपछि सो कामकुरा के कसरी गर्ने भन्ने छलफल वा सोचविचार।
1407 अथविचार ना. ३. उत्तिकै जटिल वा समस्यापूर्ण ठानिएका दुई कुराका बारेमा सोचविचार वा छलफल गर्दै जाँदा एउटाचाहिँ कामकुरामा अलि कम जटिलता वा समस्या अनुभव गरी त्यसका पक्षमा गरिएको झुकाउ।
1408 अथारी ना. दमाईंहरूले बजाउने सनई बाजाका बिचको अलि अलि घुमुर्किएको, लहरै प्वाल भएको काठको ढुङ्ग्रे भाग।
1409 अथारे वि. नसुहाउँदो वा भद्दा किसिमको ठुलो; ज्यादै बाक्लो (रोटी); भुकुर्चाँ दे।
1410 अथारो वि. बाक्लो, मोटो वा ढोसे (रोटी)।
1411 अथाह वि. १. ज्यादै गहिरो।
1412 अथाह वि. २. थाहा पाउन गाह्रो पर्ने; अगाध; अगम।
1413 अथुलाइ ना. ज्यादा मोटो हुने किसिम, क्रिया वा भाव।
1414 अथुलाइनु अ.क्रि. थसुल्लो होइनु; मोटाइनु।
1415 अथुलाउनु अ.क्रि. ज्यादै मोटो हुनु; थसुल्लो वा ढाडी हुनु।
1416 अथुलो वि. मोटाएर वा फुलेर भद्दा देखिने; स्थूल आकारको; ढाडी।
1417 अदक्ष वि. १. कुनै खास सिप वा विशेषज्ञता नभएको।
1418 अदक्ष वि. २. गर्नुपर्ने काम राम्ररी गर्न नसक्ने; मखुन्डी।
1419 अदक्ष वि. ३. अल्पज्ञ (शिल्पी, कर्मचारी इ.)।
1420 अदक्षता ना. अनिपुणता; अल्पज्ञता।
1421 अदत/अदद ना. जिन्सी मालसामानका गन्तीको एकाइ; जिन्सीको गोटा वा थान।
1422 अदना वि. १. केही नजान्ने; अज्ञानी; अबुझ।
1423 अदना वि. २. निस्सहाय; निराश्रित; आश्रयविहीन | (अदना केटाकेटी इ.)।
1424 अदप/अदब ना. १. आदरणीय जनप्रतिको मानमर्यादा; ठुलाबडाको आदरभाउ।
1425 अदप/अदब ना. २. काइदा र तरिका पुऱ्याई गरिने व्यवहार; शिष्टाचार।
1426 अदप/अदब ना. ३. आफूभन्दा माथिल्ला तहका व्यक्तिको प्रभावमा हुने सङ्कोच वा डर; अनुशासन।
1427 अदम्भ ना. घमण्डको अभाव।
1428 अदम्य वि. १. कुनै किसिमले पनि आफ्नो वशमा पार्न नसकिने; दबाउन वा दमन गर्न नसकिने; केही गर्दा पनि तह नलाग्ने।
1429 अदम्य वि. २. खुब बलियो।
1430 अदर्शन ना. १. देखिन नसक्ने हुनाको भाव; दर्शनको अभाव।
1431 अदर्शन ना. २. लोप; अलप।
1432 अदर्शन ना. ३. नाश; विलय।
1433 अदल१ ना. १. इन्साफ; सदाचारको नियम।
1434 अदल१ ना. २. मुलुकी ऐनको एक महल।
1435 अदल२ वि. हे. अदलीय।
1436 अदलबदल ना. १. समय, मान्यता, मूल्य आदिमा देखा पर्ने फेरबदल; परिवर्तन; हेरफेर।
1437 अदलबदल ना. २. सट्टापट्टा।
1438 अदलबदल ना. ३. फेरफार।
1439 अदलाबदली/अदलीबदली ना. साटासाट वा साटफेर।
1440 अदलीय वि. १. कुनै दल वा पार्टीसित सम्बन्ध नभएको; दल वा पार्टीको पछि नलागेको; निर्दलीय।
1441 अदलीय वि. २. दलविहीन; बियाँ, दानु नभएको; अदल।
1442 अदा ना. १. चुक्ता वा फछर्यौट।
1443 अदा ना. २. हाउभाउ; भावभङ्गी।
1444 अदा ना. ३. रूप; सौन्दर्य।
1445 अदाच्छे वि. ज्यादै धनी; धनाढ्य।
1446 अदायगी ना. रिन वा दिएको कुरो चुक्त्याउने वा भुक्तान गर्ने काम।
1447 अदालत ना. १. मुद्दामामिलामा न्यायइन्साफ गर्न राखिएको अड्डा।
1448 अदालत ना. २. मुद्दामामिलाको इन्साफ गर्ने अधिकार पाएका व्यक्तिहरूको इजलास।
1449 अदालतको मानहानि ना. अदालतमा इजलास चलेको वा मुद्दाको बहस भएको बेलामा अदालतको वा अदालतका कर्मचारीको बेइज्जत हुने गरी गरिने कानुनविपरीत गालीगोफ्ता; अदालतका मर्यादामाथिको बेइज्जती।
1450 अदालत तहसिल ना. अदालतको फैसलाअनुसार उठतीपुठती आदिको काम गर्ने एक अड्डा।