Dictionary

All Word

1451 अजिङ्गरे वि. ४. धेरै सुत्ने; सुताहा।
1452 अजिटन ना. सेनामा कमान्डिङ अफिसरको सहायक अधिकृत; ऐटनपति।
1453 अजिटनी ना. अजिटनको पद वा दर्जा।
1454 अजित वि. १. कसैले जित्न नसकेको; अजेय।
1455 अजित वि. ना. २. विष्णु।
1456 अजित वि. ३. शिव।
1457 अजिब वि. अनौठो; आश्चर्यलाग्दो; गजबको; अद्भु।
1458 अजिमा ना. १. बुढी बज्यै।
1459 अजिमा ना. २. नेवारी संस्कृतिअन्तर्गत बालरोग पन्छाउनका निम्ति पूजा गरिने, काठमाडौँको स्वयम्भू स्तूपको देब्रेपट्टि रहेको मन्दिरकी देवी; शैवमार्गीहरूका मातङ्गी नामले प्रख्यात भएकी देवी।
1460 अजिमाना ना. कट नछुट्ट्याइएको जाँड।
1461 अजिर/अजिरा वि. १. अटेर; जिराहा; हेपाहा।
1462 अजिर/अजिरा वि. २. धिङ्न्याहा।
1463 अजिर्न ना. हे. अजीर्ण।
1464 अजिर्निनु अ.क्रि. अजीर्ण हुनु; धेरै खानाले पच्न नसक्नु।
1465 अजिर्न्याइ ना. अजिर्न पार्ने भाव, क्रिया वा प्रक्रिया |
1466 अजिर्ल्याइनु स.क्रि. अजिर्न पारिनु।
1467 अजिर्न्याउनु स.क्रि. अजिर्न होउन्जेल खुवाउनु; पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु।
1468 अजीर्ण ना. १. खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच।
1469 अजीर्ण ना. वि. २. नपचेको; अपच।
1470 अजीर्ण ना. ३. जीर्ण नभएको।
1471 अजीव वि. १. जीव नभएको।
1472 अजीव वि. २. प्राण गइसकेको; मरेको; मृतक; मुर्दा।
1473 अजीव वि. ना. ३. मृत्यु; काल।
1474 अजीवकल्प ना. भूगर्भशास्त्रअनुसार जीवको सृष्टि हुनुभन्दा पहिलेको युग।
1475 अजुर वि. १. अमिल्दो; बेमेलेको।
1476 अजुर वि. २. नजुर्ने; नजुरेको।
1477 अजुर वि. ना. २. ज्योतिषशास्त्रअनुसार नजुर्ने वा उपयुक्त नठहरिने क्रिया वा स्थिति।
1478 अजुर वि. (उदा.- जुरअजुर हेरेर मात्र बिहा छिन्ने चलन छ। )।
1479 अजेय वि. जित्न नसकिने।
1480 अजोग्गे वि. अयोग्य; योग्य नभएको।
1481 अजोग्गे वि. विप. जोग्गे।
1482 अजोड वि. १. जोडा नभएको; बिजोडा; अजोर।
1483 अजोड वि. २. जोडा लाग्न नसकिने; बेजोड; अनुपम; अद्वितीय।
1484 अजोड वि. ३. ज्यादै ठुलो; भयानक।
1485 अजोड वि. ४. ज्यादा; धेर।
1486 अजोडी वि. अजोड; अजोरी।
1487 अजोर वि. हे. अजोड; बेजोड।
1488 अजोरी वि. १. जोडा नभएको; बेजोड।
1489 अजोरी वि. २. अद्वितीय।
1490 अजोरी वि. ३. प्रतिद्वन्दी नभएको।
1491 अजोरी वि. (उदा.- तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबिला गर्नै सकेन।)।
1492 अज्यौली ना. झगडातगडा गर्न थापिएको खोचे वा निहुँ; अर्घेली; अर्घेल्याइँ; अभयौली।
1493 अज्ञ वि. १. नजान्ने; नबुझ्ने; अनजान।
1494 अज्ञ वि. २. नसम्झने; नासमझ; मूर्ख।
1495 अज्ञ वि. विप. विज्ञ।
1496 अज्ञता ना. १. नजान्नेपन; अनजानपन।
1497 अज्ञता ना. २. नासमझ; मूर्खता; अज्ञान।
1498 अज्ञात वि. १. नजानेको।
1499 अज्ञात वि. २. नचिनेको; अपरिचि।
1500 अज्ञात वि. ३. प्रकट नभएको; अप्रकट।