Dictionary

All Word

1301 अतिविस्तार ना. १. कुनै वस्तु, विषय वा कामकुराको सुहाउँदोभन्दा धेर विस्तार।
1302 अतिविस्तार ना. २. कुनै कामकुरा ज्यादै लम्बेतान भएको स्थिति।
1303 अतिविस्तार ना. ३. लाग्नुपर्नेभन्दा ज्यादै समयको व्यय।
1304 अतिवृष्टि ना. १. चाहिनेभन्दा बढी परेको झरी।
1305 अतिवृष्टि ना. २. हानिनोक्सानी पुऱ्याउने वर्षा वा झरी।
1306 अतिव्याप्ति ना. १. फैलनुपर्नेभन्दा बढी फैलाइ।
1307 अतिव्याप्ति ना. २. विशेष वस्तुलाई सामान्य लक्षणद्वारा परिभाषित गर्दा हुने तर्कशास्त्रीय वा न्यायशास्त्रीय दोष।
1308 अतिशक्करी ना. १. साठी इन्च बराबरको परिमाण।
1309 अतिशक्करी ना. २. हरेक पाउमा पन्ध्र अक्षर हुने, शास्त्रीय छन्दको एक भेद।
1310 अतिशय क्रि.वि. १. ज्यादै; अत्यन्त। ना.
1311 अतिशय क्रि.वि. २. कुनै कुराको उत्तरोत्तर सम्भावना वा असम्भावना देखाउने एक लक्षण।
1312 अतिशयोक्ति ना. वास्तविकताभन्दा बेसी बढाईचढाई राम्रो पारी भनिएको कुरामा हुन आउने एक अलङ्कार; उपमानलाई तिरस्कार गरी उपमेयलाई नै उपमानका स्थानमा प्रस्तुत गर्दा हुन आउने एक अर्थालङ्कार। (उदा.- चन्द्रमामा दुईवटा कमल हुँदा हुन् त उनको मुहुडाको उपमा दिन सकिन्थ्यो।)
1313 अतिसार ना. खाएका कुरा नपची पातलो दुर्गन्धी दिसा भइरहने रोग; आउँको रोग।
1314 अतीत वि. १. बितेको; गएको; भइसकेको; भूत।
1315 अतीत वि. २. मरेको; मृत। ना.
1316 अतीत वि. ३. बितेको समय; गुज्रेको काल; उहिलेको काल।
1317 अतीन्द्रिय वि. १. इन्द्रियको पहुँचभन्दा बाहिरको; इन्द्रियद्वारा थाहा पाउन नसकिने; अगोचर। ना.
1318 अतीन्द्रिय वि. २. साङ्ख्यदर्शनका अनुसार परमात्मा।
1319 अतीन्द्रिय वि. ३. वेदान्तका अनुसार मन।
1320 अतीव क्रि.वि. खुबै; ज्यादै; अत्यन्त; अत्यन्तै; असाध्यै।
1321 अतीस ना. लामालामा फूल फुली किम्बुको जस्तो फल लाग्ने एक प्रकारको उत्तिसजस्तो रुख।
1322 अतुकान्त वि. अन्त्यमा तुक नमिलेको; अन्त्यानुप्रासविहीन।
1323 अतुल वि. १. अन्दाज गर्न वा तौलिन नसकिने।
1324 अतुल वि. २. बराबरी नभएको; असमान।
1325 अतुल वि. ३. उपमा नभएको; कसैसँग दाँज्न नमिल्ने; अनुपम।
1326 अतुल वि. ४. अत्यधिक; अत्यन्तै बढी; ज्यादै बढी; ज्यादै ठुलो।
1327 अतुलनीय वि. १. अन्दाज गर्न वा दाँज्न नसकिने।
1328 अतुलनीय वि. २. बराबर नभएको; असमान।
1329 अतुलनीय वि. ३. उपमा नभएको; अनुपम।
1330 अतुल्य वि. १. तुलना नै हुन वा गर्न नसकिने।
1331 अतुल्य वि. २. जोडा नै नभएको।
1332 अतुल्य वि. ३. नाप्न वा परिमाण लिन नसकिने। क्रि.वि.
1333 अतुल्य वि. ४. अत्यन्तै; ज्यादै; बेजोड; अनुपम।
1334 अतृप्त वि. १. खाद्य वस्तुहरू खाएर पेट नभरिएको; भोक शान्त नभएको।
1335 अतृप्त वि. २. जनुसुकै विषयको जिज्ञासाबाट सन्तुष्ट नभएको; बौद्धिक वा मानसिक भोकले सताएको।
1336 अतृप्ति ना. मन नअघाएको स्थिति; पेट नभरिने अवस्था।
1337 अत्तर ना. १. फूल आदि सुगन्धित वस्तुबाट निकालिएको, विशेष किसिमको मगमग बास्ना आउने सार; खुस्बु।
1338 अत्तर ना. २. मिठो बास्ना वा सुगन्ध।
1339 अत्तर ना. ३. गाँजा, भाङ आदिबाट निकालिएको सार।
1340 अत्तर गुलाफ/गुलाब ना. सामान्य गुलाफभन्दा धेरै रातो वा पहेँलो हुने, सुकेपछि पनि बास्ना रहिरहने, अत्तर बनाउने काममा प्रयोग हुने एक प्रकारको गुलाफ।
1341 अत्तर छाला ना. १. शरीरको बाहिरी छालाभन्दा भित्र र रानीमासुभन्दा बाहिरको पातलो छाला।
1342 अत्तर छाला ना. २. बोटबिरुवाको बोक्राभन्दा भित्र र पलाँसभन्दा बाहिरको पातलो जाली।
1343 अत्तालिनु अ.क्रि. हे. अतालिनु।
1344 अत्तो ना. १. नबिराएका कुरामा लगाइएको दोष वा आरोप; फतुर।
1345 अत्तो ना. २. अड्को।
1346 अत्तो न पत्तो ना. कुनै कुराको छेउटुप्पो नजानिने वा भेउ नपाइने चाल; कुनै कामकुराका बारेमा केही पनि थाहा नहुने स्थिति।
1347 अत्तोपत्तो ना. कुनै किसिमको ठहरठेगाना; कसैका अवस्थाको सङ्केत वा चिह्न; सुइँको।
1348 अत्त्याइ ना. १. डर, धाक, धम्की आदि उत्पन्न गराउने भाव, क्रिया वा किसिम; तर्साइ। [अत्त्याउ+आइ]
1349 अत्त्याइ ना. २. अत्त्याउने भाव, क्रिया वा प्रक्रिया ।
1350 अत्त्याइनु क.क्रि. डर, धाक, धम्की आदिमा पारिनु; तर्साइनु।