Dictionary

All Word

1151 अघोरपन्थी वि. ना. २. अघोरपन्थको जोगी।
1152 अघोरी ना. १. अघोरपन्थी |
1153 अघोरी ना. वि. २. नराम्रो वा जे पायो उही खाने; असत्ती।
1154 अघोरै क्रि.वि. ज्यादै; अत्यन्तै; अघोर।
1155 अघोऱ्याइँ ना. १. अघोरीपना; असुन्दरता।
1156 अघोऱ्याइँ ना. २. निर्लज्जता; घृणाको अभाव।
1157 अघोलन ना. पानीमा नपग्लने वा घोलन नहुने काम।
1158 अघोलनशील वि. पानीमा हाल्दा नपग्लने वा पानीमा नमिल्ने।
1159 अघोष वि. १. स्वरचिम्टी यथास्थानमा रही दबाब र प्रकम्पनविना उच्चरित हुने (ध्वनि; जस्तै- क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)।
1160 अघोष वि. २. राम्ररी नसुनिने वा अस्पष्ट (आवाज, स्वर इ.)।
1161 अघोषित वि. १. घोषणा नगरिएको; औपचारिक रूपमा नबताइएको; नियमपूर्वक दिनुपर्ने सूचना नदिइएको।
1162 अघोषित वि. २. अस्पष्ट (आवाज आदि)।
1163 अघोषीभवन ना. भाषाविज्ञानअनुसार घोष ध्वनि (ग, ज, ड, द, ब इ.) अघोष (क, च, ट, त प इ.) मा परिवर्तित हुने प्रक्रिया |
1164 अङ्क ना. १. सङ्ख्या, गन्ती वा सङ्ख्याका आधारभूत समष्टि बुझाउन प्रयोग गरिने प्रारम्भिक चिह्न, शब्द वा त्यस्ता चिह्न र शब्दहरूको समूह; हिन्दू, अरबी र देवनागरी पद्धतिअनुसार शून्यदेखि नौसम्मका सङ्ख्यासूचक चिह्न वा चिह्नसमूह; कुनै पनि कुरालाई खास क्रममा प्रयोग गरिने खास सङ्ख्या; ( डिजिट)।
1165 अङ्क ना. २. नाटकको प्रकरणलाई छुट्ट्याउने, दृश्य रहन वा नरहन सक्ने भाग वा अध्याय।
1166 अङ्क ना. ३. रूपकका दश भेदमध्ये करुणरसप्रधान, स्त्रीपात्र ज्यादा तथा साधारण चरित्रको नायक तथा एउटै अङ्क हुने एक भेद; त्यस्तो एकाङ्की काव्य।
1167 अङ्क ना. ४. दैनिक, साप्ताहिक, पाक्षिक आदि पत्रपत्रिकाको सङ्ख्या जनाउने अङ्क; नम्बर।
1168 अङ्क ना. ५. काख।
1169 अङ्कगणित ना. १. अङ्कहरूको विज्ञान, अङ्कसम्बन्धी, गणितविद्या।
1170 अङ्कगणित ना. २. अङ्कविज्ञानको पुस्तक।
1171 अङ्कधारण ना. १. कुनै चिह्नाङ्कित धातुको साधनलाई तताएर शरीरका अङ्गमा डामी चिह्न लगाउने काम; डाम्ने काम।
1172 अङ्कधारण ना. २. कुनै सम्प्रदायको चिह्न शरीरमा धारण गर्ने काम।
1173 अङ्कधारण ना. ३. चोरी, दामल आदिका अपराधमा दण्डित भएको देखाउन पाखुरा वा गाला आदिमा डाम्ने काम।
1174 अङ्कधारण ना. ४. वृषोत्सर्ग यज्ञमा शिवप्रीतिका निम्ति साँढेका दुवै पातामा चक्र र त्रिशूलले डामी चिह्न लगाउने काम।
1175 अङ्कधारिणी ना. १. अङ्कधारण गरिएकी स्त्री; डामिएकी स्त्री।
1176 अङ्कधारिणी ना. २. काखमा लिने स्त्री।
1177 अङ्कधारिणी ना. वि. ३. अङ्कधारण गर्ने; डामिएको।
1178 अङ्कधारिणी ना. ४. काखमा लिने।
1179 अङ्कधारिणी ना. ५. गणना गरिएको; गनिएको।
1180 अङ्कन ना. १. कुनै वस्तुमा चिह्न लगाउने काम।
1181 अङ्कन ना. २. छाप वा निस्सा आदि लगाउने काम।
1182 अङ्कन ना. ३. कोर्ने काम; लेख्ने काम (चित्राङ्कन, चरित्राङ्कन, छायाङ्कन, नामाङ्कन इ.)।
1183 अङ्कपत्र ना. छाप लागी मूल्य तोकिएका कागत, लिफा, टिकट आदि वस्तु।
1184 अङ्कमाल ना. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले बेरेर आफ्नो छातीमा टाँस्ने काम; अँगालो हाल्ने काम; आलिङ्गन; अँगालो।
1185 अङ्कमुख ना. एक अङ्कभित्र पसेको बीजसमेत लिएर सबै अङ्कको सूचना गर्ने गर्भाङ्कजस्तो अंश।
1186 अङ्कावतार ना. अघिल्लो अङ्कका पात्रले सूचना गरेको, अघिल्लो परिशिष्टजस्तो गरी जोडिएको अंश।
1187 अङ्कित वि. १. कुनै कुरो जनाउनका निम्ति चिह्न लगाइएको; चिह्नित; छाप लगाइएको।
1188 अङ्कित वि. २. लेखिएको; उल्लेख हुने (जस्तो- राजपत्राङ्कित )।
1189 अङ्कित वि. ३. चित्रि।
1190 अङ्कित वि. ४. गनिएको।
1191 अङ्कित वि. ५. तोकिएको; निर्धारित (जस्तो- अङ्कित मूल्य)।
1192 अङ्कित वि. विप. अनङ्कि।
1193 अङ्कुर ना. १. वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिने क्रममा लिने प्राथमिक रूप; कुनै रुख वा बिरुवाबाट निक्लिएको नयाँ टुसो।
1194 अङ्कुर ना. २. त्यसरी नै प्रस्फुटित कुनै नयाँ कुरो; नयाँ विचारको आरम्भ।
1195 अङ्कुर ना. ३ आँकुरो; टुसो; मुना; पिपिरो; गाभो।
1196 अङ्कुरण ना. आँकुरा निक्लने काम; बीजमा आँकुरा आउने वा नयाँ आँकुरा लाग्ने काम; फूल वा अन्य वनस्पतिका बीजबाट बिरुवा टुसाउने कार्य वा अवस्था।
1197 अङ्कुरण ना. (जस्तै- अङ्कुरण क्षमता, अङ्कुरण शक्ति आदि)।
1198 अङ्कुराउनु अ.क्रि. १. टुसाउनु; वा पलाउनु; आँकुरा आउनु।
1199 अङ्कुराउनु अ.क्रि. २. कुनै कुरा आँकुरा आए जस्तै प्रकट हुनु।
1200 अङ्कुरित वि. १. टुसाएको; पलाएको; आँकुरो आएको।