Dictionary

All Word

1051 अग्निचक्र ना. १. आगाका ज्वालाको भुमरी।
1052 अग्निचक्र ना. २. योगशास्त्रअनुसार त्रिकोणाकार आधार भएको मणिपुर।
1053 अग्निचरो ना. भँगेराजस्तो आकारको, मिठो आवाज भएको एक प्रकारको चरो; तोपचरो।
1054 अग्निज्वाला ना. आगाको राँको।
1055 अग्निदीपन ना. आयुर्वेदअनुसार पाचनशक्ति बढाउने वा भोक जगाउने एक प्रकारको खास औषधी।
1056 अग्निपरीक्षा ना. १. आगामा पसेर आफ्नो निर्दोषपना साबित गर्ने प्राचीन प्रथा।
1057 अग्निपरीक्षा ना. ( उदा.- सीताले अग्निपरीक्षाद्वारा आफ्नो सतीत्व प्रमाणित गरिन्।) २. अत्यन्त कठिन वा ज्यान जोखिममा पर्ने किसिमको कुनै जाँच।
1058 अग्निपाक वि. १. आगामा पकाइएको।
1059 अग्निपाक वि. ना. २. कुनै वस्तुलाई आगामा पाक गर्ने प्रक्रिया |
1060 अग्निपुराण ना. अठार पुराणमध्ये एक; आठौँ महापुराण।
1061 अग्निपूजक वि. अग्निलाई नै इष्टदेवता मानी पूजा गर्ने (हिन्दू, पारसी आदि)।
1062 अग्निबाण ना. १. पुराणअनुसार आगो उत्पन्न गरी शत्रुलाई ध्वस्त पार्ने एक दिव्य अस्त्र।
1063 अग्निबाण ना. २. ज्योतिषशास्त्रअनुसार महिनामा शुक्लपक्षका द्वितीया र एकादशी तथा कृष्णपक्षका पञ्चमी र चतुर्दशी तिथिमा पर्ने अग्निभयको योग।
1064 अग्निमान्द्य ना. जठराग्नि मन्द हुने रोग; खाइएको वस्तु अपच हुने रोग; पाचनशक्ति कम हुने रोग।
1065 अग्निमोचक ना. दुर्घटनामा प्रयोग गर्न ठुलठुला भवनमा राखिने, आगो निभाउने यन्त्र।
1066 अग्निरेखा ना. १. डढेलाबाट जोगाउनका निम्ति जङ्गल खण्ड- खण्डमा विभाजित हुने गरी बिच बिचमा बनाइएका चौडा बाटा |
1067 अग्निरेखा ना. २. डढेलामा झैँ बिच बिचमा रहेको आगाको पङ्क्ति।
1068 अग्निरोहिणी ना. १. राता राता फोका निस्किने र जलन एवम् छटपटी पैदा गराउने एक रोग।
1069 अग्निरोहिणी ना. २. प्लेग।
1070 अग्निवर्द्धक वि. खाएको वस्तु पचाउने; पाचनशक्ति बढाउने; जठराग्निलाई सक्रिय पार्ने।
1071 अग्निशर्मा वि. ज्यादै रिसाहा; अत्यन्त क्रोधी।
1072 अग्निशर्मा वि. (उदा.- तिमी त अग्निशर्मा नै रहेछौ!)।
1073 अग्निशाला ना. यज्ञकुण्डका लागि निर्मित घर।
1074 अग्निशिखा ना. १. आगाको लप्को; बल्दै गरेको आगाको ज्वाला।
1075 अग्निशिखा ना. २. खोर्सानी।
1076 अग्निसंस्कार ना. १. धर्मशास्त्रअनुसार यज्ञादिमा गरिने अग्निको सोह संस्कार।
1077 अग्निसंस्कार ना. २. हिन्दू संस्कारअन्तर्गत गरिने मरेका व्यक्तिको दाहसंस्कार।
1078 अग्निस्थापना ना. १. यज्ञकर्ममा वैदिक विधिपूर्वक अग्निको स्थापना गर्ने काम; तत्सम्बन्धी अनुष्ठान वा सो अनुष्ठान सम्पन्न गर्ने विधि।
1079 अग्निस्थापना ना. २. त्यसरी अग्निको स्थापना गर्ने विधि लेखिएको पुस्तक।
1080 अग्निहोत्र ना. वैदिक प्रक्रियाअनुसार अग्निस्थापना गरी नियमित रूपले बिहानबेलुका होम गर्ने क्रिया; त्यस्ता प्रकारले अग्निलाई अखण्ड राख्न गरिने नित्य हवन।
1081 अग्निहोत्री ना. अग्निहोत्रसम्बन्धी कार्य गर्ने व्यक्ति वा सो काम गर्ने अधिकार भएको व्यक्ति।
1082 अग्न्यस्त्र ना. पुराण आदिमा वर्णन गरेअनुसार आगाको ज्वाला ओकल्ने प्राचीन अस्त्र।
1083 अग्र वि. मुख्य; पहिलो; प्रधान।
1084 अग्र वि. ना. २. अगाडिको भाग; सामुन्नेको हिस्सा।
1085 अग्रगामी वि. १. कुनै यात्रा, कार्यक्रम, अभियान आदिमा नाइके वा अगुवा भई हिँड्ने।
1086 अग्रगामी वि. २. कुनै युग वा समाजको यथास्थितिसँग असन्तुष्ट भई त्यसमा आमूल परिवर्तनका निम्ति अग्रसर हुने।
1087 अग्रज ना. १. अगाडि जन्मेको व्यक्ति।
1088 अग्रज ना. २. दाजु।
1089 अग्रजिह्वा ना. जिब्राको अघिल्लो भाग।
1090 अग्रणी वि. १. कुनै पनि काम वा विचारमा अगुवा।
1091 अग्रणी वि. २. मुख्य; प्रधान।
1092 अग्रदूत ना. अगि आउने विचार, विषय वा व्यक्तिको सन्देश ल्याउने व्यक्ति; कुनै पनि कुरामा अरूभन्दा अगि बढेको व्यक्ति।
1093 अग्रपङ्क्ति ना. १. पहिलो पाँती।
1094 अग्रपङ्क्ति ना. २. विशिष्ट व्यक्ति वा वस्तुमध्ये एक; अब्बल दर्जा।
1095 अग्रलेख ना. १. समाचारपत्रमा छापिने मुख्य लेख।
1096 अग्रलेख ना. २. गोष्ठी, कार्यशाला आदिमा छलफलका निम्ति प्रस्तुत गरिने पत्र।
1097 अग्रवर्ती वि. अगाडि रहेको; अगिल्तिर रहेको; अघिल्ला पङ्क्तिमा पर्ने।
1098 अग्रसर वि. कुनै पनि कामकुरामा अगि सर्ने; कुनै पनि कुरामा अगि बढ्ने वा चासो लिने।
1099 अग्रस्वर ना. उच्चारणमा जिब्राको अग्रभाग सक्रिय भएको स्वरवर्ण।
1100 अग्रहायण ना. मङ्सिर महिना।