Dictionary

All Word

901 अक्षि ना. २. आँख्लो।
902 अक्षीण वि. क्षीण नभएको; नखिइएको; पुष्ट; मोटो।
903 अक्षुण्ण १. नटुटेको; नखुँडिएको।
904 अक्षुण्ण २. व्यवधानरहित; लगातार।
905 अक्षुण्णता ना. लगातार भइरहने वा गरिने भाव; कुनै रोकटोकविना चलिरहने भाव; नखुँडिने वा नखुँडिएको अवस्था; अखण्डता।
906 अक्षोभ ना. क्षोभ, रिस वा असन्तोषको अभाव।
907 अक्षोभ्य वि. १. डगाउन नसकिने; उत्तेजित पार्न नसकिने।
908 अक्षोभ्य वि. २. अविचलि।
909 अक्षोभ्य वि. ना. ३. पाँच महाबुद्धमध्ये दोस्रा।
910 अक्षौहिणी ना. १. प्राचीन भारतीय सेनाको सबैभन्दा ठुलो एकाइ।
911 अक्षौहिणी ना. २. घोडचढी, हस्त्यारोही, पैदल गरी जम्मा १,०९,३५० योद्धा हुने सैनिक समूह।
912 अक्सर क्रि.वि. धेरैजसो ; प्रायः।
913 अक्सिजन ना. रङ्गरहित, निर्गन्ध र ग्याँसयुक्त वातावरणको लगभग पञ्चमांश मात्रा भएको, जीवजन्तु र वनस्पतिको सास फेर्ने काममा, प्राणीको शरीरमा ताप दिने काममा र आगो बल्ने काममा सघाउ पुऱ्याउने रसायनशास्त्रमा 02 का रूपमा संज्ञित हुने तत्त्व; उद्जन; प्राणवायु; अमृतवायु।
914 अखच ना. जुनसुकै वस्तु वा अवस्थाबाट पर्न आउने अप्ठ्यारो स्थिति |
915 अखचिलो वि. गाह्रोसाँघुरो परिरहने; खाँचो पर्ने।
916 अखटो ना. १. रुख वा भिरालो पहाड चढ्दा उक्लन र ओर्लनका निम्ति खुट्टा टेक्न बनाइएको खोबिल्टो।
917 अखटो ना. २. डोरीका वा काठको लिस्नु।
918 अखट्ट ना. १. निकै ठुलो खाँचो वा अभाव।
919 अखट्ट ना. क्रि.वि. २. ज्यादै; निकै।
920 अखट्ट ना. (उदा.- मलाई दश रुपियाँको अखट्ट पर्यो।)।
921 अखडा ना. १. कसरत गर्ने वा कुस्ती आदि सिक्ने ठाउँ; अखाडा।
922 अखडा ना. २. जोगी, फकिर, गँजडी वा जुवाडी आदि भेला हुने ठाउँ।
923 अखडा ना. ३. कुनै व्यवसाय वा दलका व्यक्तिहरू थुप्रिएको ठाउँ।
924 अखडा ना. (उदा.- त्यो ठाउँ चोरको अखडा थियो।)।
925 अखडा ना. ४. मनोरञ्जन गर्ने ठाउँ।
926 अखण्ड वि. १. नटुक्रिएको; अटुट; सिङ्गो।
927 अखण्ड वि. २. बाधाविरोध वा रोकटोक नभएको।
928 अखण्डता ना. अटुटपना; सिङ्गो अवस्था वा रूप।
929 अखण्डनीय वि. १. टुक्य्राउन वा अलग्याउन नसकिने।
930 अखण्डनीय वि. २. काट्न नसकिने (तर्क, वाक्य, कथन इ.)।
931 अखण्डित वि. खण्डन नभएको; खण्डित नभएको।
932 अखण्डित प्रतीतपत्र ना. एक ब्याङ्कले अर्को ब्याङ्कका नाउँमा फलाना आयातकर्ताको यति रुपियाँले खामेसम्मको चेक, ड्राफ्ट वा हुन्डी स्वीकार गर्नू तथा निकासीकर्तालाई रकमको भुक्तानी दि भनी लेखिएको, निकासीकर्ताद्वारा प्रतीतपत्र खोलिएको ब्याङ्कको कबुलियतसमेत गाभिएको हुने र निकासीकर्ताको अग्रिम अनुमतिविना खण्डन वा खारेजी हुन नसक्ने पत्र।
933 अखने ना. दाइँको पराल तान्ने काम गरिने अङ्कुसे लट्ठी।
934 अखबार ना. दैनिक, साप्ताहिक आदि निश्चित समयमा निस्किने खबरका साथै सम्पादकीय, टिप्पणी, लेख, विज्ञापन आदि छापिएको कागत; खबरकागत; समाचारपत्र।
935 अखबारी वि. १. अखबारसम्बन्धी।
936 अखबारी वि. २. अखबारमा दिइएको वा भएको।
937 अखाडा ना. हे. अखडा।
938 अखाद्य वि. १. खान नहुने।
939 अखाद्य वि. ना. २. खान नहुने वस्तु।
940 अखाद्य वि. ३. खाँदा शरीरलाई अहित गर्ने वस्तु; कुखाद्य।
941 अखानु/अखानो वि. १. अमिल्दो; सङ्कटमा पारिएको; अकारण उल्झनको स्थितिमा पारिएको।
942 अखानु/अखानो वि. (उदा.- काम बिगार्ने व्यक्ति अखानु हुनु स्वाभाविक छ। )।
943 अखानु/अखानो वि. ना. २. त्यस्तो स्थितिमा परेको व्यक्ति; अभियोज्य व्यक्ति।
944 अखिल वि. प्रत्येकको; सबैलाई समेट्ने; सम्पूर्ण; समग्र; सारा (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल महिला सङ्घ इ.)।
945 अख्तियार ना. १. नियमकानुनद्वारा दिइएको अधिकार; हक; अक्तियार।
946 अख्तियार ना. २. अधिकार क्षेत्र।
947 अख्तियार ना. ३. प्रभुत्व; सामर्थ्य |
948 अख्तियार दुरुपयोग अनुसन्धान आयोग ना. नेपालको संविधान, २०३२ अनुसार राष्ट्रसेवकहरूले आफ्ना अधिकारहरूको नाजायज र अनियमित प्रयोग गरेमा कारबाई गर्नका निम्ति गठन भएको एक संवैधानिक निकाय।
949 अख्तियारनामा ना. कसैलाई आफ्ना तर्फबाट काम गर्नू भनी लेखिदिएको कागत; अधिकारपत्र; वारिसनामा।
950 अख्तियारवाला वि. १. कुनै काम गर्न अधिकार पाएको; नियमकानुनअनुसार लिखित रूपमा अख्तियार पाउने।