Dictionary

All Word

951 अख्तियारवाला वि. ना. २. त्यस्तो अख्तियार पाएको व्यक्ति।
952 अख्तियारी वि. १. अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको।
953 अख्तियारी वि. ना. २. अख्तियार हुनाको भाव वा अवस्था।
954 अख्तियारे वि. अख्तियार प्राप्त गरेको (व्यक्ति); अख्तियारवाला।
955 अख्रनु अ.क्रि. चिसो वा भिजेको वस्तु सुक्नु; थोरै सुक्नु।
956 अख्रक्क वि. १. भिजीवरी सुकेर दह्रो भएको (कपडा, छाला इ.)।
957 अख्रक्क वि. क्रि.वि. २. त्यसरी दह्रो हुने गरी।
958 अख्राइ ना. अख्रने भाव, क्रिया वा प्रक्रिया।
959 अख्राइनु क.क्रि. अख्रिने पारिनु।
960 अख्राउनु प्रे.क्रि. अख्रन लाउनु; अख्रने पार्नु।
961 अख्राहट ना. अख्राइ।
962 अख्रिनु अ.क्रि. १. अख्रनु।
963 अख्रिनु अ.क्रि. २. अख्रने हुनु।
964 अख्य्राइ ना. अख्रिने भाव, क्रिया वा प्रक्रिया।
965 अख्य्राइनु क.क्रि. अख्रिने पारिनु।
966 अख्य्राउनु प्रे.क्रि. अख्रिने पार्नु।
967 अख्ग्राहट ना. अख्य्राइ।
968 अगकल्चो वि. हे. अधकल्चो।
969 अगच वि. १. अक्कर; जान वा हिँड्न अप्ठेरो; अघच।
970 अगच वि. ना. २. त्यस्तो अप्ठेरो ठाउँ वा स्थिति।
971 अगचिलो वि. अगच पर्ने; अप्ठेरो हुने।
972 अगडमबगडम वि. १. धेरै सङ्ख्यामा भएकाले वा तुच्छ भएकाले अनुल्लेखनीय; ह्यानत्यान; फस्याङफुसुङ; फासफुसे।
973 अगडमबगडम वि. ना. २. त्यस्तो अनुल्लेखनीय वस्तु।
974 अगणनीय वि. १. अगण्य; गन्न नसकिने; गनिनसक्नु; असङ्ख्य; बेगन्ती; अनगन्ती।
975 अगणनीय वि. २. गणना गर्न लायक नभएको; तुच्छ; छुद्र।
976 अगणित वि. १. नगनिएको।
977 अगणित वि. २. गन्न नसकिने; धेरै; प्रशस्।
978 अगण्य वि. हे. अगणनीय।
979 अगति ना. १. नराम्रो गति; दुर्गति।
980 अगति ना. २. नर्क।
981 अगति ना. (उदा.- त्यस दुष्टको त मुख यो भने पनि अगति परिन्छ।) वि. ३. गतिरहि।
982 अगतिलो वि. नराम्रो; बेकामे।
983 अगत्या क्रि.वि. १. अन्य गति नरहनाले; अन्तमा; एक्कासि।
984 अगत्या क्रि.वि. २. नराम्रो संयोगले गर्दा; दुर्भाग्यवश।
985 अगम वि. १. जान, जान्न वा थाहा पाउन नसकिने; अथाह।
986 अगम वि. २. पार लगाउन नसकिने; अपार।
987 अगम्य वि. अगम।
988 अगम्या वि. भोग गर्न नहुने (नारी)।
989 अगर ना. १. हिमालमा हुने, बास्ना आउने एक जातको धुपी; अगरु।
990 अगर ना. २. उक्त धुपीको काठ।
991 अगर ना. ३. धुपीको पात वा काठ मिसाई बनाएको धूप।
992 अगरबत्ती ना. सिन्कामा अगरको लेप लगाइएको धूप; सिन्के धूप |
993 अगरु ना. हे. अगर।
994 अगलबगल क्रि.वि. दायाँबायाँ; वरपर; छेउछाउ।
995 अगस्त ना. ग्रेगोरी पात्रोअनुसार वर्षको आठौँ महिना; त्यसअनुसार साउनको पछिल्लो आधा भाग र भदौको अगिल्लो आधा भागमा पर्ने एकतिसदिने महिना |
996 अगस्ति ना. १. मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेका भनिने एक ऋषि; कुम्भयोनि; पुराणमा वर्णित कथाअनुसार समुद्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि; गोत्रप्रवर्तक अनेक ऋषिमध्ये एक।
997 अगस्ति ना. २. एक तारा; अगस्ति तारो।
998 अगस्ति ना. वि. ३. घिचुवा; खन्चुवा।
999 अगस्ति गोत्र ना. ढुङ्गेल आदि थरका नेपालीहरूको गोत्र।
1000 अगस्ति तारो ना. दक्षिण दिशाका ताराहरूमध्येको एउटा तारो।