Dictionary

All Word

801 अक्क न बक्क क्रि.वि. अक्कलगुम; इन्तु न चिन्तु; अकमक्क; जिल्लाराम।
802 अक्कर ना. १. यताउति जान नसकिने अप्ठ्यारो ठाउँ; पहरो आदि भएको विकट ठाउँ; अकर।
803 अक्कर ना. २. के गर्ने, कसो गर्ने भन्ने अप्ठ्यारो स्थिति; कठिनाइ।
804 अक्करनामा ना. बलजफतीमा गरिएको कबूल वा लिखित l।
805 अक्करिनु क्रि. अक्करमा परेझैँ अह्रह्रिनु l कष्ट वा आपत्तिले खुम्चनु l।
806 अक्करिलो वि. जान पुग्न नसकिने; अक्कर परेको; भिर अप्ठ्यारो।
807 अक्कर्‍याइ अकरिनेपन l।
808 अक्कर्‍याइनु क्रि. हे. अकर्‍याइनु l।
809 अक्कर्‍याउनु क्रि. अक्करमा पार्नु l अकर्‍याइमा पार्नु l अपठेरोमा पार्नु l च्याप्नु l अत्यन्त कष्ट हुने गरि पक्रनु l हल न चलमा पार्नु l।
810 अक्कल ना. कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि; चतुऱ्याइँ; समझ।
811 अक्कलदार वि. अक्कली।
812 अक्कलमन्द वि. अक्कली।
813 अक्कली वि. अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली।
814 अक्किल ना. अक्कल l अकल l जुक्ति l उपाय l।
815 अक्खड वि. उद्धत l मत्तl उग्र l उत्ताउलो l झगडालु स्वभावको l निर्भय l नीडर l अशिष्ट l असभ्य l उज्जण्ड l [ना.] समस्या l सङ्कट l।
816 अक्खडपन असभ्यता l उच्छृंखलता l उज्जण्डपना l कलहप्रियता l।
817 अक्टोपस ना. लहराजस्ता आठवटा खुट्टा हुने, साढे अठार फुटसम्म लामो, गुलाफी रङको हिंस्रक जलचर।
818 अक्टोबर ना. असोजको आधाआधीदेखि कात्तिकको आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने महिना ; उक्त पात्रोअनुसार दसौँ महिना।
819 अक्तियार ना. हे.अख्तियार l तैनाथ l हैकम l हक l।
820 अक्तियारी ना. अख्तियारी l।
821 अक्तियारे वि. अख्तियारे l हैकमवाला l हकवाला l।
822 अक्र वि. स्थिर l अडीग l दृढ l।
823 अक्रनु अ.क्रि. १. कुनै कुरो कक्रक्क पर्नु; कठ्याङ्ग्रिनु।
824 अक्रनु अ.क्रि. २. घमन्ड गर्नु; अभिमान गर्नु।
825 अक्रम वि. क्रम नमिलेको; सिलसिला नभएको।
826 अक्रमता ना. ठाउँमा नपरेर पदको क्रम नमिल्ने हुँदा हुने एक प्रकारको काव्यदोष; क्रमविहीनता।
827 अक्रमबक्रम वि./ना. अगडमबगडम l अकडमबकडम l ह्यानत्यान l।
828 अक्रमससन्यास ना. अवस्थाको क्रमपूर्वक नलिइएको सन्यास l।
829 अक्रमातिशयोक्ति ना. अलङ्कारशास्त्रअनुसार कार्य र कारणको एकैसाथ अथवा पहिले कार्य पछि कारणको उल्लेख हुँदा पर्ने एक अलङ्कार; अतिशयोक्ति अलङ्कारको एक भेद।
830 अक्रव्याद ना. मासु नखाने जातको जीव [वि.] त्यस्तो l।
831 अक्राइ ना. अक्रने भाव, क्रिया वा प्रक्रिया; कक्रक्क पराइ।
832 अक्राइनु क.क्रि. अक्रने पार्नु; कक्य्राइनु।
833 अक्राउनु प्रे.क्रि. अक्रने पार्नु; कक्य्राउनु।
834 अक्राहट ना. अक्राइ |
835 अक्रिनु अ.क्रि. अक्रनु; कक्रिनु।
836 अक्रिय वि. श्रुति-स्मृति अनुसारको कामबाट हटेको l विधि-विधान मुताबिकको काममा नलाग्ने l निश्चेष्ट l कुकर्मी l।
837 अक्रुर वि. १. क्रूर वा निष्ठुर स्वभाव नभएको; दया भएको; दयालु।
838 अक्रुर वि. ना. २. कृष्णका काका तथा सल्लाहकारको नाम।
839 अक्रोध रिसलाई तुरुन्तै पचाउन सक्ने व्यक्ति l सहनशील पुरुष l [वि.] क्रोध नभएको l दयालु l सहनशील l।
840 अल्कम ना. थकाइ नहुनु l लगातार काम गर्दा पनि थकाइ नमारी काम गर्न सक्ने व्यक्ति l परिश्रमी पुरुष l।
841 अल्कान्त वि. ग्लानि नभएको l दृढ l मजबूत l।
842 अल्किष्ट वि. कष्ट वा ल्केश नपर्ने l सरल l सुगम l सहज l।
843 अल्केश ना. क्लेशको अभाव l [वि.] सरल l सहज l।
844 अक्ष ना. १. पासा।
845 अक्ष ना. २. पाङ्ग्राको प्वालमा हाल्ने डाँडी, धुरा।
846 अक्ष ना. ३. पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा।
847 अक्षक ना. सिसौ जातको वृक्ष l टुनी l तिनिश l जूवाडी l।
848 अक्षकुटक ना. आँखाको नानी l पुतली l।
849 अक्षक्रीडा ना. पासाको खेल।
850 अक्षत वि. १. कतै घाउचोट नलागेको।