Dictionary

All Word

701 अकाय वि. १. शरीर नभएको; निराकार।
702 अकाय वि. ना. २. अनङ्ग; कामदेव।
703 अकार ना. १. 'अ' स्वरवर्ण।
704 अकार ना. २. 'अ' स्वरवर्णको उच्चारण।
705 अकारण क्रि.वि. १. कुनै पनि कारणविना; बिनसित्ति।
706 अकारण क्रि.वि. वि. २. कारण नभएको; निराधार।
707 अकारण क्रि.वि. ना. ३. कारणको अभाव।
708 अकारादि वि. सुरुमा 'अ' भएको; 'अ' बाट प्रारम्भ भएको।
709 अकारादिक्रम ना. वर्णमालामा 'अ' देखि 'ह' सम्मका वर्णहरूको क्रमशः आउने क्रम।
710 अकारान्त वि. अन्त्यमा 'अ' स्वरवर्ण हुने (शब्द; जस्तै- कृष्ण, वसन्त इ.)।
711 अकार्थ ना. १. कारणको अभाव; प्रयोजनको अभाव।
712 अकार्थ ना. क्रि.वि. २. विनाकारण; व्यर्थैमा।
713 अकार्य ना. कार्य शून्य हुनु l काम नहुनु l अकाज l कुकर्म l।
714 अकाल ना. १. अनिकाल।
715 अकाल ना. २. खराब समय।
716 अकाल ना. वि. ३. समय नपुगेको; दुर्घटना आदिमा परेको; असामयिक।
717 अकालकुसुम ना. बेऋतुको फल l बेमौसमी चीज l कल्पनै नगरी आइलागेको चीज l बेमौसमी फूल l प्रसंग नमिल्दो वार्ता l अप्रत्याशित कामकुरा l।
718 अकालजलद ना. बेमौसमको बदली l बेकामको बादल l।
719 अकालदृष्टि स्त्री. नमागिकन पाइने दयामाया-इनाम-सहायता आदि l भाग्यले मिल्ने माया l।
720 अकाल-पर्नु [वाक्प.] अनिकाल पर्नु l अत्यन्त अभाव हुनु l।
721 अकालपुरुष पु. सर्वशक्तिमान् ईश्वर l परमेश्वर l।
722 अकालभरण ना. कुबेलाको भराइ वा खुवाइ l असमयको सहायता l।
723 अकालभृत्य पु. दास बन्नकै निम्तिमात्र अनिकालबाट बच्न गएको अभागी व्यक्ति l त्यत्तिकै लागि बचाइएको मान्छे l।
724 अकालमरण/मृत्यु ना. समय नपुगी वा दुर्घटनामा परी भएको मरण; आकस्मिक मृत्यु।
725 अकालमरण/मृत्यु ना. (उदा.- उसको अकाल मरण वा मृत्यु भयो।)।
726 अकालमूर्ति स्त्री. अविनाशी शक्ति l ईश्वरशक्ति l।
727 अकालवर्षा स्त्री. बेमौकाको वर्षा l बेमौसममा पानि पर्नु l।
728 अकालवृष्टि स्त्री. अकालवर्षा l पौष माघ फाल्गुन चैतको वर्षा l।
729 अकास ना. १. ब्रह्माण्डको पृथ्वी, तेज, जल र वायुरहित अवस्था; अन्तरिक्ष; आकाश; नभ; सगर; गगन।
730 अकास ना. २. स्वर्ग; देवलोक।
731 अकासको चरा खसाल्नु टु. असम्भवजस्तो काम पनि पूरा गर्नु।
732 अकासे खेती ना. अकासबाट परेको पानीको भरमा हुने खेती।
733 अकासको फल ना. दुर्लभ वस्तु; असम्भव कुरो।
734 अकासको फल ना. अकासको फल, आँखा तरी मर् (उखान)।
735 अकासबत्ती ना. कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक पूर्णिमासम्म तुलसीको लिङ्गामा बालिने दीप; आकाशबत्ती।
736 अकासपत्ताल ना. १. आकाश र पाताल।
737 अकासपत्ताल ना. २. फुर्तीफार्ती मिसिएको कथन।
738 अकासबेली ना. आकाशबेली; सुनलहरो।
739 अकासे वृत्ति ना. निश्चिततासाथ आय वा जीविका नहुने स्थिति; अनिश्चित पेसा।
740 अकासिनु अ.क्रि. १. अकासमा माथि माथि उड्दै जानु।
741 अकासिनु अ.क्रि. २. सतह वा जीवनको यथार्थबाट बहकिनु।
742 अकासिनु अ.क्रि. ३. सम्पत्तिको मात्रा, वस्तुको मोल आदि वृद्धि हुनु।
743 अकासे वि. १. अकाससम्बन्धी।
744 अकासे वि. २. हिँड्दा आँखा माथि पार्ने।
745 अकासे वि. ३. आकाशबाट परेको पानी वा झरीमा आश्रित (खेती)।
746 अकासे वि. ४. निलो रङको।
747 अकास्याइ ना. अकासिने भाव, क्रिया वा प्रक्रिया।
748 अकास्याइनु अ.क्रि. अकासिने पारिनु।
749 अकास्याउनु प्रे.क्रि. अकासिने पार्नु; अकासिन लाउनु; अकासमा उडाउनु।
750 अकिञ्चन वि. १. धनविहीन; दरिद्र।