Dictionary

All Word

601 अकबरी वि. २. नम्बरी (सुन)।
602 अकबरी वि. अकबरी सुनलाई कसी लाउनु पर्दैन (उखान)।
603 अकबरे वि. १. डल्लो खालको र ज्यादै पिरो (खोर्सानी); राँगे; अब्बरे।
604 अकबरे वि. ना. २. सोही जातको खोर्सानी।
605 अकबाल ना. १. ऐश्वर्य।
606 अकबाल ना. २. प्रताप।
607 अकबाल ना. ३. चकचकी।
608 अकबाल ना. (उदा.- लङ्काको अकबाल सुनौँ त पहिले कस्तो छ तेस्को तखत्। -भानुभक्त।)।
609 अकमक ना. १. आनेकाने; दोमन।
610 अकमक ना. २. दोधार; द्विविधा।
611 अकमकाइ ना. अकमकाउने भाव, क्रिया वा प्रक्रिया।
612 अकमकाइनु अ.क्रि. अकमकाउने काम हुनु; अकमक्क परिनु।
613 अकमकाउनु अ.क्रि. अकमक्क पर्ने स्थिति हुनु; यसो भनूँ कि उसो भनूँ भएर अलमलिनु।
614 अकमकिनु अ.क्रि. अकमक्क पर्नु; किंकर्तव्यविमूढ हुनु।
615 अकमक्क क्रि.वि. १. जिल्ल; जिल्लाराम।
616 अकमक्क क्रि.वि. क्रि.वि. २. दोधारमा परेर; जिल्लाराम भएर।
617 अकमक्याइँ ना. अकमकाइ।
618 अकमक्याइ अकमकाइ l अकमकिनु l।
619 अकमक्याइनु क.क्रि. अकमकिने गराइनु, अकमक्क पारिनु।
620 अकमक्याउनु प्रे.क्रि. अकमकिने गराउनु; अकमक्क पार्नु।
621 अकम्प पु. कम्प नहुनु l कम्पन नहुनु l नीडरता l स्थिरता l।
622 अकम्पन ना. कम्पन-शून्यता l कम्पन हुँदै नहुनु l अडीग हुनु l अचल रहनु l [वि.] स्थिर l अडीग l।
623 अकम्पित वि. १. नकाम्ने; स्थिर नहल्लिएको; नडगेको।
624 अकम्पित वि. २. नडराएको।
625 अकम्प्य वि. अचल l निश्चल l स्थिर l।
626 अकर १ वि. १. सरकारी वा गैरसरकारी कर, पोत, शुल्क आदि नलाग्ने ; कर मिनाहा भएको।
627 अकर १ वि. २. हात नभएको; हातरहि।
628 अकर १ वि. ३. सुँड नभएको।
629 अकर २ ना. १. असजिलो वा अप्ठ्‌यारो स्थिति; अक्कर।
630 अकर २ ना. २. खाँचो; साह्रोगाह्रो।
631 अकरकरा/अकरकला ना. पिरो र परपऱ्याउने स्वाद हुने, गर्मी बढाउने, दाँत दुखेको, वात, पिनास जस्ता रोगमा ओखतीका निम्ति प्रयोग गरिने वनस्पति विशेष।
632 अकरण ना. १. क्रियापदको करण अर्थको विपरीत निषेध अर्।
633 अकरण ना. २. क्रियापदको करण रूपको विपरीत निषेधात्मक रूप।
634 अकरण ना. ३. वाक्यको उद्देश्यसँग सम्बन्धित विधेयको अर्थको खण्डन वा निषेध (जस्तो- करण : राम घर जान्छ; अकरण: राम घर जाँदैन इ.)।
635 अकरण नपुं. जिम्मेवारी र कार्यालयीय अधिकार समेत अरुलाई बुझाउँदा वा अरुबाट लेखिदिने दोहोरी विवरण l फिहिरिस्त l अकरण l।
636 अकरणी ना. गणितमा वर्गमूल नहुने सङ्ख्या।
637 अकरणी अङ्क ना. गणितमा वर्गमूलको हिसाबमा शेष रहने अङ्क (जस्तै- ८, १०, १५, १७, २४, २६ इ.)।
638 अकरणीय वि. गर्न अनुचित; गर्न नहुने; अकर्तव्य।
639 अकरा स्त्री. अमला l आमलकी l [वि.] करशून्य l।
640 अकराउनु क्रि. अह्रह्रिनु l अरठ्ठो हुनु l चल्नहल्नै नसक्ने बन्नु l।
641 अकरिनु क्रि. अकरमा पार्नु l अह्रह्रिनु l हलचलै गर्न नसक्नु l।
642 अकरुण वि. करुणा वा दयाको भावना नभएको; निष्ठुरी; निर्दयी।
643 अकरुणा स्त्री. दयाहीनता l निष्ठूरता l क्रूरता l।
644 अकर्कश वि. कठोरताशून्य l कोमल l नरम l दयालुपनको l।
645 अकर्ण ना. हे. अकर्न।
646 अकर्तव्य वि. १. नैतिक सीमा वा मर्यादाले गर्न नसुहाउने; गर्न नहुने; अनुचि।
647 अकर्तव्य वि. ना. २. नराम्रो कार्य; कुकर्तव्य।
648 अकर्ता वि. अक्रिय l निष्क्रिय l काम न काजको।
649 अकर्तृक वि. कर्ता नभएको l कर्ताहीन (वाक्य) l।
650 अकर्न ना. १. मुलुकीखाना आदिमा कुनै कुरा निश्चित समयमा बुझाउँला भनी सर्तसहित अड्डाले गराएको कबुलियतको काग।