Dictionary

All Word

501 अंबुज वि. पानीमा उब्जने l [ना.] कमल l शङ्ख l कपूर l।
502 अंबे वि. अम्बा बोक्बे वा बेच्ने l।
503 अंबेडोको ना. अम्बा भरेर बोकिने खालको डोको l चारपाटे डोको l।
504 अंभर ना. अभिभारा l जिम्मा l उत्तरदायित्व l।
505 अंमर ना. कबोल l प्रतिज्ञा l [वि.] अमर l।
506 अंमल ना. नशा l लागू l अमल l दुर्व्यसन l।
507 अंमली वि. व्यवसनी l नशाबाज l दुर्व्यसनी l।
508 अंलेट ना. अण्डाको रोटी प्रकारको भोजन l आम्लेट l।
509 अंलो ना. खड्रमध्येको एक थरी रस वा स्वाद l अमिलो स्वाद l [वि.] अमिलो स्वादको l।
510 अंलो ना. औंलो l अम्लो l अङ्गुष्ठ l।
511 अंश ना. १. भाग; हिस्सा; खण्ड; टुक्रा।
512 अंश ना. २. दाजुभाइ वा अन्य अंसियारका बिच हुने जायजेथाको भागबन्डा; सो भागबन्डाअन्तर्गतको एक खण्ड।
513 अंश ना. ३. गणितमा भिन्नको सङ्ख्या वा अङ्क; वृत्तका परिधिको ३६० भागमध्ये एक भाग।
514 अंश ना. ४. मेष, वृष आदि राशिका भोग्यकालको तिस भागको एक भाग।
515 अंश ना. ५. चन्द्रमाको सोह्र खण्डमध्ये एक खण्ड।
516 अंश ना. ६. संस्थान, निगम, कम्पनी आदिमा अधिकृत पुँजीअन्तर्गत निश्चित रकमको एक हिस्सा।
517 अंश ना. ७. सङ्गीतमा रागको विस्तार वा थाट प्रकट हुने स्वर।
518 अंशक पु. भाग पाउने खलक l हकवाला l दाजुभाइ l ज्यादै सानो वा थोरै अंश l पुत्र l छोरो l [न.] दिन l बार l गते l [वि.] अंसियार l अंशहर l बण्डा गराउने l विभाजक l टुक्र्याउने l अंशसम्बन्धी l अंश भएको l।
519 अंशत: क्रि.वि. केही अंशमा; केही हदसम्म; केही मात्रामा; अपूर्ण रूपमा।
520 अंशत: क्रि.वि. (उदा.- उहाँ कविताभन्दा नाटकमा अंशतः सफल हुनुहुन्छ। तपाईंको कुरा अंशतः सत्य हो।) विप. पूर्णतः।
521 अंशदाता पु. अंश दिने व्यक्ति l भागबण्डा गरेर दिने मानिस l घरमूली l संरक्षक l घरबूढो l।
522 अंशदान ना. कुनै स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सामाजिक, धार्मिक आदि संस्था वा कोषमा आफ्ना अधिकारको अंश अर्पने काम; आफूले पाएका अंशको दान।
523 अंशधर ना. कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार।
524 अंशपत्र ना. अंशबन्डाको कागत; बन्डापत्र।
525 अंशबखेडा ना. अंशको बाँडफाँड वा भागबन्डा - सम्बन्धी कचिङ्गल।
526 अंशबन्डा ना. अंसियारहरूका बिचमा रहेको सगोलको श्रीसम्पत्तिको बाँडफाँड।
527 अंशभाग पु. अंशको हक l अंश पाउने जति भाग l आफ्नो भाग l।
528 अंशभागी ना. अंशको हकदार।
529 अंशमापन ना. कुनै चीजको अंशको नापजाँच l नापी l।
530 अंशसर्वस्व ना. पाउनु पर्ने जति अंश सरकार लाग्नु l समस्त दण्ड l।
531 अंशहर पु. अंशक l [वि.] अंशधर l अंसियार l।
532 अंशावतार ना. भगवान्‌को वा महापुरुषको अंश लिएर जन्मेको व्यक्ति; अवतारी व्यक्ति।
533 अंशियार ना., वि. अंसियार l अंशक l अंशहर l अंशधर l।
534 अंशियारी ना. अंश पाउने हक वा अधिकार l।
535 अंशी वि., पु. अंशभागवाला l हकवाला l साझेदार l गुठियार l अंशभागी l।
536 अंशु ना. सूर्यको किरण; प्रकाश; ज्योति।
537 अंशुक ना. नरम कपडा l धोती l सारी l लुगा l।
538 अंशुजाल ना. प्रभापुञ्ज l ज्योतिर्मण्डल l।
539 अंशुधर पु. सूर्य l दिवाकर l।
540 अंशुनाभि पु. समानान्तर l अंशुरेखाहरू बढ्दै गई बांगिएर वा संकुचित बनेर जोडिने विन्दु वा केन्द्रस्थल l।
541 अंशुपट्ट पु. पट्ट वस्त्र l नयाँ सारी l नयाँ लुगा l नयाँ धोती l।
542 अंशुपर्णी स्त्री. शालपर्णी नामको औषधि वा बुटी l।
543 अंशुमती स्त्री. परम्देवता l शालपर्णी l।
544 अंशुमत्कला स्त्री. केरा l कदली l।
545 अंशुमान् ना. सूर्य।
546 अंशुमाली ना. सूर्य l।
547 अंशुवर्मा ना. नेपालको इतिहासमा लिच्छविकालका एक प्रसिद्ध शासक; नेपालका राष्ट्रिय विभूतिमध्ये एक; आरम्भमा राजा शिवदेवसँग मिली महासामन्तका हैसियतले संयुक्त रूपमा र अन्तिम समयमा राजाका रूपमा नै शासन गर्ने एक लिच्छविकालीन शासक।
548 अंशूटक ना. दिनभर सूर्यको र राती चन्द्रको किरणले प्राप्त हुने पानी l अमृत l धारक l।
549 अंस ना. हे. अंश।
550 अंसकूट पु. साँढेको जुरो l।