Dictionary

All Word

1201 अङ्कुरित वि. २. कुनै कुरा आँकुरा आए जस्तै प्रकट भएको।
1202 अङ्कुल ना. काभ्राका जस्ता पात हुने, ससाना पहेँला रङका फूल फुल्ने र रातो रङमा सेता धर्सा भएका फल फल्ने काँडादार एक वृक्ष।
1203 अङ्कुश ना. १. काँटा।
1204 अङ्कुश ना. २. वाहनलाई हाँक्ने छडी।
1205 अङ्कुश ना. ३. काँटा वा छडीले जस्तै कसैलाई रोक्ने, हाँक्ने वा नियन्त्रित गर्ने साधन।
1206 अङ्कुश ना. ४. बन्धन; अङ्कुसे।
1207 अङ्कुसे ना. १. कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा कापे परेको एक किसिमको काँटा वा फलामको साधन।
1208 अङ्कुसे ना. २. हात्ती हाँक्ने सिलसिलामा हात्तीलाई तह लगाउन माहुतेद्वारा प्रयोग गरिने, टुप्पो नुहेको र अरू भाग सोझो हुने दुईमुखे काँटा।
1209 अङ्कुसे ना. ३. कुनै कामकुरा व्यवहारमा परेको वा पारिएको यस्तै कापे वा अड्को (उदा.- मैले अङ्कुसे मिलाइसकेकाले त्यो मान्छे उम्किन सक्ने सम्भावना छैन। )।
1210 अङ्कुसे जुको ना. मानिसको आन्द्रामा पाइने, मुख अङ्कुसेजस्तो घुम्रिएको, गोलो, रातो रातो र खैरो खैरो रङको, रगत कम गराउने जुको |
1211 अङ्खट ना. १. अभिभाराको वहन; कबोल; प्रतिज्ञा (उदा.- नसक्ने कामको अङ्खट बोक्नु हुँदैन।) २. असजिलो अवस्था; खुँगे।
1212 अङ्ग ना. १. कुनै सिङ्गो वस्तु प्रणाली वा संरचनाका अवयव वा हिस्सा।
1213 अङ्ग ना. २. शरीरका भिन्न भिन्न भाग; शरीर; जिउ; आङ।
1214 अङ्ग ना. ३. भाग; टुक्रा; अंश; खण्ड; घटक; हिस्सा।
1215 अङ्ग ना. ४. कुनै मूल वस्तुको पूरक, सहायक, सहयोगी, अप्रधान वा गौण अंश।
1216 अङ्ग ना. ५. आजको बिहारको भागलपुर क्षेत्रको आसपाससम्म रहेको ठानिने प्राचीन भारतीय जनपद।
1217 अङ्ग ना. ६. अङ्गुलको ७. गुना बराबरको नाप; ८. अमल बराबरको नाप।
1218 अङ्ग उपाङ्ग ना. कुनै वस्तु, प्रणाली वा संरचनाका प्रमुख अवयव वा खण्डका साथै ती अवयव वा खण्डको उपअवयव।
1219 अङ्गक्षय ना. जीवको जो हुने शारीरिक विकास भइसकेपछि शारीरिक विकासको अवरोध वा क्रमिक ह्रासको स्थिति।
1220 अङ्गज वि. १. शरीर वा अङ्गबाट उत्पन्न भएको।
1221 अङ्गज वि. ना. २. रौं, नङ आदि।
1222 अङ्गज वि. ३. छोराछोरी; सन्तान।
1223 अङ्गज वि. ४. कामदेव।
1224 अङ्गपतन ना. १. शरीरका अङ्गहरू आफ्नो स्थान छोडी झर्ने वा उछिट्टिने क्रिया।
1225 अङ्गपतन ना. २. पौराणिक पात्रहरूले मृत व्यक्तिको लास वहन गरी देशदेशान्तर डुल्दा सो लास सडी गली शरीरका अङ्गहरू झर्ने वा खस्ने प्रक्रिया।
1226 अङ्गपतन ना. (उदा.- महादेवले काँधमा सतीदेवीको लास बोकी देशदेशान्तर डुल्दा जहाँ जहाँ सतीदेवीको अङ्गपतन भयो, त्यहाँ त्यहाँ एक एकवटा पीठ कायम भयो। )।
1227 अङ्गपीडन ना. कुनै नसाका कारणबाट शरीरको कुनै क्षेत्र वा भागमा हुने दुखाइ |
1228 अङ्ग विच्छेदन ना. शल्यचिकित्साका क्रममा शरीरबाट यसको कुनै दूषित भाग वा अड्ङ्ग काटेर छुट्ट्याउने क्रिया।
1229 अङ्ग संयोजन ना. शल्यचिकित्साका क्रममा शरीरको कुनै अङ्गलाई शरीरको अर्को वा अर्को भागको अङ्गसँग जोड्ने प्रक्रिया |
1230 अङ्गतगुना वि. अङ्गहरूबाटै उत्पन्न भएको; शारीरिक वा अङ्गप्रत्यङ्गका कारणबाट उब्जिएको।
1231 अङ्गद ना. १. पाखुरामा बाँधिने रत्न, मोती आदि अमूल्य द्रव्य जडेको सुनको गहना; केयूर; बाजु।
1232 अङ्गद ना. २. रामायणमा वर्णित रामरावण युद्धमा रामको पक्ष लिने एक प्रसिद्ध वानरसरदार; सुग्रीवको दाजु बालीको छोरो।
1233 अङ्गना ना. शुभलक्षणले युक्त भएकी स्त्री; सुन्दर अङ्ग भएकी नारी; सुलक्षणा नारी।
1234 अङ्गप्रत्यङ्ग ना. हरेक अङ्ग; शरीर वा अन्य वस्तुको प्रत्येक भाग; शरीरका सानाठुला सबै अङ्ग।
1235 अङ्गभङ्ग ना. १. शरीरको कुनै अवयवको टुटफुट वा मँचाइ।
1236 अङ्गभङ्ग ना. २. स्त्रीजातिका हाउभाउ वा कटाक्ष आदि चेष्टा।
1237 अङ्गभङ्ग ना. ३. कुटपिट आदिद्वारा ठुलै चोटपटक लागी भएको शरीरको कुनै भागको खती।
1238 अङ्गभङ्गको खत ना. कसैलाई कुटपिट गरी लगाएको चोट वा खत; अङ्गभङ्गका कारणबाट भएको घाउ वा दाग; गम्भीर चोट।
1239 अङ्गभङ्गी ना. दर्शकलाई मोहित पार्न पात्रद्वारा गरिने अभिनय; आँखा, मुख, हात आदि नचाएर नायिकाद्वारा प्रकट गरिने हाउभाउ।
1240 अङ्गरक्षक ना. १. कसैका जिउज्यानको रक्षा गर्ने व्यक्ति।
1241 अङ्गरक्षक ना. २. उच्च पदमा रहेका विशेष महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधैँ साथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक; यस्ता प्रहरी वा सैनिकको समूह; आठपहरिया।
1242 अङ्गरक्षक ना. ३. बालकहरूको हेरविचार गर्ने ददा।
1243 अङ्गरक्षा ना. शरीरको रक्षा; जिउज्यानको सुरक्षा; शरीरका अङ्गहरूको हिफाज।
1244 अङ्गराग ना. विशेषतः प्राचीन र मध्यकालीन समाजमा प्रचलित, शरीरमा घसिने सुगन्धित द्रव्य।
1245 अङ्गवाक्य ना. मिश्र वाक्यभित्र रहेको, अर्थ बुझाउन अर्को वाक्यको अपेक्षा राख्ने, पूरक वा कारकको रूपमा रहेको उपवाक्य।
1246 अङ्गवाक्य ना. (जस्तै- 'जसको किताब हो उसैलाई देऊ।' यो मिश्र वाक्यमा 'उसैलाई देऊ' अङ्गी वाक्यको अधीनमा रहेकाले 'जसको किताब हो' उपवाक्य अङ्गवाक्य बनेको छ। )।
1247 अङ्गविकार ना. शरीरको बनावटमा भएको दोष; जिउका अवयवहरूमा भएको विकृति (कुँजो, डँडो, अन्धो आदि); शरीरका अवयवमा हुने घटबढ वा बाङ्गोटिङ्गो अवस्था।
1248 अङ्गविक्षेप ना. १. दुखाइ वा संवेदनाले हातगोडा फ्याँक्ने काम।
1249 अङ्गविक्षेप ना. २. नाचगानमा भावप्रदर्शन गर्न हातगोडा आदि अङ्गहरू नचाउने कार्य; हातगोडाको हाउभाउ।
1250 अङ्गविद्या ना. सामुद्रिक शास्त्रका अनुसार शरीरका अङ्गप्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिह्न वा हातगोडाका रेखाहरू हेरेर भएको वा पछि हुने कुरा बताउने शास्त्र; हस्तरेखा हेरेर शुभाशुभ फल पत्ता लगाउने विद्या।