Dictionary

All Word

1551 अञ्चल ना. ४. कुनै मुलुक वा प्रदेशको एक भाग; भूभाग; क्षेत्र; प्रदेश |
1552 अञ्चल ना. ५. नेपालका चौध प्रादेशिक विभागमध्ये एक (मेची, कोसी, सगरमाथा, जनकपुर, वाग्मती, नारायणी, गण्डकी, लुम्बिनी, धवलागिरि, कर्णाली, रापती, सेती, भेरी र महाकाली)।
1553 अञ्चल अदालत ना. जिल्ला अदालतबाट निर्णय भएका मुद्दामा पुनरावेदन सुन्ने पञ्चायतकालमा गठित अञ्चलस्तरीय अदाल।
1554 अञ्चलव्यापी वि. अञ्चलभरको; पूरै अञ्चलको; अञ्चलभर फैलिएको।
1555 अञ्चलसभा ना. सम्बन्धित अञ्चलका सबै जिल्लाका पदाधिकारीहरू र सदस्यहरू समावेश भएको सभा।
1556 अञ्चल सभापति ना. अञ्चलस्तरीय पञ्चायत वा अञ्चल तहमा गठित निकायका सभापति; अञ्चलस्तरीय कुनै सङ्गठनका सभापति।
1557 अञ्चलस्तरीय वि. अञ्चल तहको; अञ्चल तहमा सीमित; अञ्चल तहमा हुने |
1558 अञ्चलाधीश ना. अञ्चलको प्रशासनिक जिम्मेवारी पाएको पञ्चायतकालीन एक उच्च पदाधिकारी।
1559 अञ्चलाधीश कार्यालय ना. अञ्चलाधीशको अड्डा; अञ्चलाधीशका प्रत्यक्ष रेखदेखमा रही निजको कार्यसम्पादनमा सहयोग गर्ने अड्डा।
1560 अञ्चलाधीशको कार्यालय ना. अञ्चलाधीश कार्यालय |
1561 अञ्जन ना. १. तोरीको तेलको बत्ती बाली त्यसमाथि कुनै भाँडो घोप्ट्याई माथिबाट छोपी सो बत्ती बलेर समाप्त हुँदा माथिल्लो भाँडाको भित्री भागमा जम्मा भएको ध्वाँसोमा तेल आदि हाली संस्कार गरी तयार गरिएको, आँखाका कोसको डिलमा आँखाको निरोगिता र शोभाका निम्ति लगाइने एक प्रकारको मलम वा लेप; गाजल; सुर्मा।
1562 अञ्जन ना. २. सोह शृङ्गारमा एक; अङ्गराग।
1563 अञ्जलि/अञ्जली ना. हे. अँजुली।
1564 अञ्जलि/अञ्जलीपुट ना. १. दुवै खुला उत्ताना हत्केला जोडी ती हत्केलाको माथिल्लो भाग चाहिँ केही झुकाउँदा हुन आउने छत्रको जस्तो आकार परेको खोबिल्टो।
1565 अञ्जलि/अञ्जलीपुट ना. २. आदर वा प्रार्थनाका मुद्रामा त्यसो गरी हत्केला जोड्ने काम; करपुट; करसम्पुट; अँजुली।
1566 अञ्जीर ना. डाँठ खोक्रो र लम्स्याइलो, तीनकुने पात हुने तिमिलाका जस्ता फल फल्ने, मल्बेरी परिवारको, उष्णतटबन्धीय प्रदेशमा हुने एक वृक्ष; पीपलका जस्ता मसिना बियाँ हुने त्यसैको गुलियो फल।
1567 अट्नु अ.क्रि. बस्न, रहन आदिका लागि ठाउँ पुग्नु; अटाउने हुनु।
1568 अटकल ना. हे. अडकल।
1569 अटका ना. देवतालाई भोग लगाइने वा अर्पण गरिने खाद्य पदार्थ; त्यसैको प्रसादस्वरूप पक्वान्न।
1570 अटन ना. घुमफिर गर्ने काम; हिँडडुल; भ्रमण, पर्यटन (तीर्थाटन, देशाटन, भिक्षाटन इ.)।
1571 अटपट ना. १. गडबड; गोलमाल; खटपट; कठिनाइ।
1572 अटपट ना. २. अस्पष्ट बोली; बालबोली जस्तै अर्थ स्पष्ट नखुल्ने बोली।
1573 अटपट ना. ३. कुनै कामकुरामा व्यक्तिहरूका बिच परेको खटपट वा मनोमालिन्यको स्थिति।
1574 अटपट ना. (उदा.- तिनीहरूका बिच आजकल अटपट परेको छ।)।
1575 अटमट्ट क्रि.वि. १. अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट |
1576 अटमट्ट क्रि.वि. वि. २. जिउमा लुगा लाउँदा कसाकस भएको; कुनै भाँडो वा ठाउँमा कुनै पदार्थ बेसरी खाँदिएको वा भरिएको; खाँदाखाँद भएको; कसिएको।
1577 अटल १ वि. १. अडिग; स्थिर।
1578 अटल १ वि. २. आफ्नो सिद्धान्तबाट विचलित नहुने।
1579 अटल १ वि. ३. सधैँ कायम रहने।
1580 अटल १ वि. ४. निश्चय हुने; अवश्यम्भावी।
1581 अटल २ ना. १. खास गरी माटाको र सामान्यतया धातु वा प्लास्टिकको पिँधभन्दा माथि खुल्दै गएको, लुगा धुने भाँडो।
1582 अटल २ ना. २. खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल।
1583 अटाइ ना. अटाउने भाव, क्रिया वा प्रक्रिया |
1584 अटाइनु अ.क्र. अटाउने होइनु।
1585 अटाई नअटाई क्रि.वि. ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर; ठसाठस भरिएर; उरमुट्ट।
1586 अटाउनु अ.क्रि. १. कुनै कुरा वा वस्तु कुनै ठाउँ वा पात्रमा अट्न रहन सक्ने हुनु; राख्ने वा हालिने ठाउँ पुग्नु।
1587 अटाउनु अ.क्रि. २. कुनै वस्तु राख्ने वा हाल्ने ठाउँ तुल्याउनु।
1588 अटाउनु अ.क्रि. (उदा.- मधु र कमल एउटै आसनमा अटाए। )।
1589 अटाली ना. हावा खान वा बसेर बाहिर हेर्नका निम्ति घरको दोस्रो, तेस्रो आदि तलाको मूल गारोबाट बाहिर निस्केको दलिन, खम्बा वा अन्य साधनद्वारा अड्याई बनाइएको सम्म खुला भाग; बार्दली; कौसी।
1590 अटुट वि. १. नटुट्ने; अखण्डित; सग्लो।
1591 अटुट वि. क्रि.वि. २. नटुटीकन; लगातार; निरन्तर।
1592 अट्काउनु स.क्रि. हे. अड्काउनु।
1593 अटेक ना. सिद्धान्तमा अड्ने काम; विचारमा स्थिर रहन नसक्ने स्वभाव; दोमन।
1594 अटेर वि. भनेको कुरा नटेर्ने; भनेको नमान्ने; हेपाहा; मिचाहा।
1595 अटेऱ्याइँ ना. अटेर गर्ने भाव वा क्रिया; अटेरीपन।
1596 अटेरी वि. नटेर्ने; अटेर।
1597 अटेर्नु १ ना. घाँसपात आदिमा फिँजको डल्लोजस्तो गुँड लगाउने, घाँससित खाएमा भेडाबाखा बिरामी हुने एक जातको सानो किरो।
1598 अटेर्नु २ /अटेर्नो वि. भुट्ता फूल नउठ्ने (मकै आदि); ठेट्नो।
1599 अटेसमटेस क्रि.वि. सकेसम्म कोचकाच पारेर; अटाईनअटाई; खचाखच; ठसाठस; ठेलमठेल |
1600 अटैसा ना. बिचबिचमा समान अन्तर पारी सातवटा वा नौवटा प्राय: सुनको बुट्टेदार गेडी हाली उनेर बनाएको पोतेको माला; नौगेडी।