Dictionary

All Word

1651 अठोट ना. १. पक्कासँग गरिएको निधो वा निर्णय; ठहर।
1652 अठोट ना. २. तजबिज; तर्जुमा।
1653 अठोट ना. ३. अनुमान; अडकल; लख।
1654 अठोटाइ ना. अठोट्ने भाव, क्रिया वा प्रक्रिया।
1655 अठोटाइनु क.क्रि. अठोट्न लाइनु; अठोट्ने काम गराइनु।
1656 अठोटाउनु प्रे.क्रि. अठोट्न लाउनु; अठोट्ने काम गराउनु।
1657 अठोटिनु स.क्रि. अठोट्ने काम गरिनु; अठोट गरिनु।
1658 अठोत्तरसय वि. एकसय आठ सङ्ख्याको; १०८; धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको।
1659 अठोत्तरसय वि. (उदा.- स्वस्थानीको व्रतपूजाअन्तर्गत अठोत्तरसय फूल, अक्षता आदि चढाइन्छ; पाँचसुते अठोत्तरसय बत्ती बाल्नाको ठुलो महिमा छ।)।
1660 अठ्याङ ना. १. कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ।
1661 अठ्याङ ना. २. कठिनाइ; मुस्किल।
1662 अठ्याङ ना. ३. कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेङ।
1663 अठ्याङमठ्याङ क्रि.वि. काम गर्न अप्ठ्यारो वा गोलमाल हुने गरी; गडबड; गोलमाल; दोठ्याङ।
1664 अड्नु अ.क्रि. १. गति बन्द हुनु; जहाँको तहीँ हुनु वा रहनु रोकिनु; थामिनु।
1665 अड्नु अ.क्रि. २. कुनै कुरामा अडिग रहनु।
1666 अड्नु अ.क्रि. ३. अड्डी वा अडान लिनु।
1667 अड्नु अ.क्रि. ४. गाईभैँसी आदि बाली हुने क्षणमा निश्चल रहनु।
1668 अड ना. ढिपी; जिद्दी ; टेक |
1669 अडकल ना. कुनै व्यवहार, घटना आदि यस्तो भयो होला भन्ने सोचाइ; अनुमान; अन्दाज; अन्जाम; अड्कल।
1670 अडकलगीता ना. तथ्यद्वारा सिद्ध नभई खालि अन्दाजका भरमा गरिएको वा भनिएको कुरो; खालि अनुमान; फोस्रो कल्पना।
1671 अडकलपच्चु वि. १. अडकलबाजी गर्ने; अडकलगीता गाउने।
1672 अडकलपच्चु वि. ना. २. त्यस्तो व्यक्ति।
1673 अडकलपच्चु वि. ३. कोरा कल्पनाका आधारमा लगाइएको अन्दाज; कपोलकल्पित कुरो; पछि काम बिग्रिने बढी सम्भावना हुने कोरा अनुमान; बेप्रमाणको लख।
1674 अडकलबाज वि. १. अन्दाज वा अनुमान लगाउने; अडकल गर्न सिपालु।
1675 अडकलबाज वि. २. तथ्यतर्फ ज्यादा ध्यान नदिने; निराधार कुरा गर्न खप्पिस; अन्दाजैअन्दाजका भरमा कुनै कामकुराबारे धारणा बनाउने; डिङ हाँक्ने वा गुड्डी हाँक्ने; अन्दाजबाज।
1676 अडकलबाजी ना. १. अन्दाज; अनुमान।
1677 अडकलबाजी ना. २. प्रायः तथ्यमा आधारित नरहेको स्थिति।
1678 अडकलबाजी ना. ३. कुनै कामकुरामा चाहिनेभन्दा बढी अन्दाज लगाउने बानी।
1679 अडकलबाजी ना. (उदा. - विज्ञानका क्षेत्रमा कोरा अडकलबाजीले काम चल्दैन।)।
1680 अडग वि. नडग्ने; आफ्नो स्थान वा कुरामा टेक लिने; अटल |
1681 अडङ्गा ना. १. कुनै कामकुरामा यो वा त्यो मिल्दैन भनी दिइएको बाधा वा बखेडा।
1682 अडङ्गा ना. (उदा.- राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा हाल्छ।) वि. २. त्यस्तो अडङ्गा वा अड्को हाल्ने (व्यक्ति; उदा.- राम त अडङ्गा छ है।)।
1683 अडबड ना. १. अप्ठेरो स्थिति; बाधाजनक अवस्था; दोठ्याङ।
1684 अडबड ना. वि. २. सतह नमिलेको; उबडखाबड भएको; सम्म नपरेको।
1685 अडबाङ्गे वि. १. कतै पनि नमिल्दो; अडभङ्गे।
1686 अडबाङ्गे वि. २. अर्धङ्गी।
1687 अडबाङ्गो वि. १. अमिल्दो स्वभावको; मिलनसार नभएको।
1688 अडबाङ्गो वि. २. अर्धसिल्ली; अर्धङ्गी।
1689 अडबेखडबे वि. अग्लोहोचो परी सतह नमिलेको; खाल्टाखुल्टी परेको (जमिन, ठाउँ आदि)।
1690 अडभङ्गे वि. १. अप्ठ्यारो।
1691 अडभङ्गे वि. २. कुरा नमिल्ने; अमिल्दो; मिलनसार नभएको; अडबाङ्गे।
1692 अडभङ्ग्याहा वि. अर्कासित अमिल्दो; अप्ठ्यारो स्वभाव भएको।
1693 अडाइ ना. अड्ने भाव, क्रिया वा प्रक्रिया |
1694 अडाइनु क.क्रि. अडाउने काम गरिनु; अड्न लाइनु।
1695 अडाउ वि. धेरै समयसम्म टिक्ने; टिकाउ; खपाउ।
1696 अडाउनु स.क्रि. १. कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु।
1697 अडाउनु स.क्रि. प्रे. क्रि. २. अडान लिने पार्नु; अड्याउनु; टिकाउनु।
1698 अडान ना. १. आफ्नो कुरामा दृढ हुने काम; जिद्दी; दृढ।
1699 अडान ना. २. अड्ने वा बिसाउने ठाउँ।
1700 अडान ना. ३. यति; विश्राम।