Dictionary

All Word

1701 अधियार ना. अधियाँदार ।
1702 अधियुक्त वि. १. मासिक वेतन वा दैनिक पारिश्रमिक लिएर काम गर्ने; विशेष कामकुराका निम्ति पारिश्रमिक दिई भर्ना गरिएको। ना.
1703 अधियुक्त वि. २. त्यस्तो व्यक्ति वा कर्मचारी।
1704 अधियोजक ना. अधियुक्त राख्ने वा भर्ना गर्ने व्यक्ति।
1705 अधियोजन ना. १. अधियोजकले अधियुक्त भर्ना गर्ने कार्य।
1706 अधियोजन ना. २. अधियुक्तको सेवा वा कार्य।
1707 अधिराज ना. १. अधिराज्यका शीर्षस्थ राजा; सम्राट्।
1708 अधिराज ना. २. कुनै अधिराज्यका राजारजौटाहरूभन्दा माथिका वा सर्वोच्च राजकीय व्यक्तित्व।
1709 अधिराज ना. ३. महाराजभन्दा पनि उच्च राजकीय पदवी; महाराजाधिराज।
1710 अधिराजकुमार ना. राजतन्त्रकालीन नेपालका राजाका भाइहरू र युवराजबाहेकका अन्य छोराहरूलाई जनाउने शब्द।
1711 अधिराजकुमारी ना. राजाका छोरी, बुहारी तथा भाइबुहारीहरूलाई जनाउने शब्द।
1712 अधिराज्य ना. १. राजाद्वारा शासित सार्वभौमिकतासम्पन्न राज्य; राष्ट्रप्रमुखका रूपमा राजा रहेको देश।
1713 अधिराज्य ना. २. अनेकौँ उपराज (महाराज) उपर एक अधिराज ( महाराजाधिराज ) को प्रभुत्व भएको राज्य।
1714 अधिराज्य ना. ३. साम्राज्य।
1715 अधिरोहण ना. १. कुनै अग्लो ठाउँमा चढ्ने काम।
1716 अधिरोहण ना. २. कुनै वाहनमा सवार हुने काम।
1717 अधिरोहण ना. ३. सम्मानपूर्ण पदमा आसीन हुने काम; उच्च पदमा बहाली लिने काम।
1718 अधिरोही वि. जमिनबाट उम्रेर ठाडै बढ्ने खालको; ठाडो बढ्ने किसिमको (बोटबिरुवा)।
1719 अधिरोही वृक्ष ना. वनको क्षेत्रभन्दा माथि उठ्ने गरी हुर्केको वा अग्लिएको रुख; वनको एक सतहमा झ्याम्म परेको भागभन्दा अग्लो भएको रुख।
1720 अधिलाभ ना. सामान्य प्राप्ति वा वेतनभन्दा बढी दिइने लाभ; विशेष लाभांश।
1721 अधिलाभांश ना. कुनै औद्योगिक वा व्यापारिक संस्थाका अंसियारहरूलाई दिइने वा अंसियारहरूले पाउने अधिलाभको अंश।
1722 अधिवक्ता ना. न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकारप्राप्त व्यक्ति वा कानुन विशेषज्ञ; अधिकृत तहको कानुन व्यवसायी (एडभोकेट)।
1723 अधिवचन ना. हे. अधिवाचन।
1724 अधिवचनालय ना. कानुनी पेसा अँगालेका वकिलहरूका आफ्ना हक, हित र पेसाको उन्नतिका निम्ति गठित संस्था; अधिवाचनालय।
1725 अधिवर्ष ना. मलमास परेको वर्ष; पुरुषोत्तम मास वा अधिकमास परेको वर्ष।
1726 अधिवाचन ना. न्यायालयमा आफूले लिएको पक्षको समर्थनमा अधिवक्ताले गर्ने वहस; पैरवी; अधिवचन।
1727 अधिवाचनालय ना. अधिवचनालय ।
1728 अधिवास ना. १. राम्ररी बस्ने वा रहने ठाउँ।
1729 अधिवास ना. २. नागरिक अधिकारको हनन नहुने गरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने काम।
1730 अधिवास ना. ३. बास्ना आउने पदार्थ; अत्तर ।
1731 अधिवासी ना. १. कुनै देश वा स्थानको पुर्ख्यौली बासिन्दा।
1732 अधिवासी ना. २. एक देशबाट अर्को देशमा बसाइँ सरेर नागरिक अधिकार लिई बसेको व्यक्ति।
1733 अधिवेशन ना. १. कुनै सङ्घसंस्था, विधायिका आदिका विभन्न क्षेत्रका प्रतिनिधि सदस्यहरूको ठुलो सम्मेलन, भेला वा जमघट।
1734 अधिवेशन ना. २. सङ्घसंस्था, विधायिका आदिको कुनै खास अवधिमा हुने एउटै बैठक वा खास अवधिभित्र लगातार हुने विभिन्न बैठक।
1735 अधिवेशन नियमावली ना. संसद् वा सङ्घसंस्थाले गर्ने समारोह, उत्सव आदि सञ्चालनका निमित्त बनाइएका नियमहरूको समूह।
1736 अधिशुल्क ना. कुनै वस्तु वा पदार्थमा लागिरहेको नियमित अन्तःशुल्क वा भन्सारशुल्कका अतिरिक्त लगाइने शुल्क; थप शुल्क; अतिरिक्त शुल्क; विशेष शुल्क (सरचार्ज )।
1737 अधिष्ठाता ना. १. कुनै संस्था वा कार्यालयको प्रमुख व्यक्ति; अध्यक्ष।
1738 अधिष्ठाता ना. २. स्थापना गर्ने व्यक्ति; संस्थापक।
1739 अधिष्ठाता ना. ३. प्रमुख संरक्षक।
1740 अधिष्ठाता ना. ४. विश्वब्रह्माण्डका सञ्चालक वा अधिपति; परमात्मा; ईश्वर।
1741 अधिष्ठात्री ना. १. देवताहरूमध्ये सबैभन्दा बढी मानिएकी देवी।
1742 अधिष्ठात्री ना. २. कुनै वस्तु, स्थान वा कार्यकी स्वामिनी वा संरक्षिका।
1743 अधिष्ठात्री ना. ३. इष्टदेवी; कुलदेवी।
1744 अधिष्ठान ना. १. कुनै स्थानको बसोबास; वासस्थान; डेरा।
1745 अधिष्ठान ना. २. नजिकैको जवाइ वा उभ्याइ।
1746 अधिष्ठान ना. ३. सहर; बस्ती ।
1747 अधिष्ठान ना. ४. राजसिंहासन।
1748 अधिष्ठान ना. ५. आधार।
1749 अधिष्ठित वि. १. माथितिर चढेको; कसैमाथि बसेको।
1750 अधिष्ठित वि. २. ठुलो पदमा रहेको।