Dictionary

All Word

1701 अडान लिनु टु. आफ्नो कुरामा टिकिरहनु; डेग नचल्नु।
1702 अडाहा वि. १. कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आफ्नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल।
1703 अडाहा वि. २. हिँड्दाहिँड्दै वा काम गर्दागर्दै टक्क रोकिने बानी भएको; अडैया; अडियल।
1704 अडिग वि. १. डेग नचल्ने; नचलमलाउने वा नहल्लिने।
1705 अडिग वि. २. आफ्नो कुरा नछाड्ने वा त्यसमा अडान लिने; दृढ।
1706 अडिनी ना. राजदरबार वा राणाहरूका दरबारका भान्सेहरूकी नाइकेनी; अडेनी; अडैनी।
1707 अडिनु अ.क्रि. १. अड्ने काम गरिनु; रोकिनु; थामिनु।
1708 अडिनु अ.क्रि. २. आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु।
1709 अडिनु अ.क्रि. ३. अड्डी लिनु; हठी हुनु।
1710 अडिनु अ.क्रि. ४. बसेको, पसेको आदि ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु।
1711 अडिनु अ.क्रि. ५. नचल्नु; नहल्लनु; राम्ररी गाडिनु।
1712 अडिन्चे ना. ससाना केटाकेटीलाई लाग्ने रुन्चे रोग।
1713 अडिन्चे ना. (पेट बोकेका वा भरखर बच्चा पाएका आइमाईले बालकलाई छोएमा अडिन्चे रोग लाग्छ भन्ने भनाइ थियो।)।
1714 अडियल वि. १. जेजस्तो भए पनि आफ्ना कुरामा अडिरहने; अड्डी लिने; जिद्दीवाल।
1715 अडियल वि. २. हिँड्दाहिँड्दै बिचमा अडिने वा रोकिने स्वभाव भएको (घोडा); अडाहा।
1716 अडिलो वि. १. टिक्ने; आड दिने; दह्रिलो।
1717 अडिलो वि. २. अडीअडी हिँड्ने स्वभावको; हिँड्दाहिँड्दै अड्ने (घोडा); अडाहा; अडियल।
1718 अडेनी ना. हे. अडिनी।
1719 अडेरी ना. लामा लामा काँढा हुने र फैलेर झाडी हुने एक जातको वनस्पति।
1720 अडेस ना. १. कुनै वस्तु, भित्तो, तकिया आदिमा ढल्किएर आड लिने काम; आड लिने वस्तु वा ठाउँ; आडा।
1721 अडेस ना. २. ध्यान गर्दा हात अड्याइने, डल्याँठाका आकारको काठको साधन।
1722 अडेसदार वि. अडेस लाग्न हुने; अडेस लाग्ने वस्तु वा व्यवस्था भएको।
1723 अडेसा ना. अडेस; आड।
1724 अडेसिनु अ.क्रि. आड लिनु; भर पर्नु; अडेसा लाग्नु; ढेप्पिनु।
1725 अडेसो ना. १. हावा आदिले झ्यालढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बिचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा।
1726 अडेसो ना. २. झ्यालढोकालाई बन्द गरिराख्ने चुकुल |
1727 अडैया वि. आफ्ना कुरामा अडिरहने; अडाहा; अडियल।
1728 अडैनी ना. हे. अडिनी।
1729 अड्कनु अ.क्रि. १. अल्झिएर रोकिनु।
1730 अड्कनु अ.क्रि. २. कुनै बाधाअड्काउ परेर अडिनु।
1731 अड्कनु अ.क्रि. ३. कुनै कुरा प्वाल वा त्यस्तै ठाउँमा घुसेर पसेर निस्कन नसक्नु; थामिनु।
1732 अड्कनु अ.क्रि. ४. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।
1733 अड्कल्नु स.क्रि. अन्दाज गर्नु; यो यति, यस्तो वा यत्रो छ भनी लख काट्नु; अनुमान गर्नु।
1734 अड्कलाइ ना. अड्कल गर्ने भाव, क्रिया वा प्रक्रिया; अनुमान गराइ।
1735 अङ्कलाइनु क.क्रि. अड्कलाउने काम गरिनु; अकल्न लाइनु।
1736 अड्कलाउनु प्रे.क्रि. अड्कल्न लाउनु; अड्कल गर्न लगाउनु; अनुमान गराउनु।
1737 अड्कलिनु क.क्रि. अड्कल गरिनु; अनुमान गरिनु।
1738 अड्काइ ना. अड्कने भाव, क्रिया वा प्रक्रिया।
1739 अड्काइनु क.क्रि. अड्काउने काम होइन; अड्कन लाइनु।
1740 अड्काउ ना. कुनै कुराको खाँचो; हर्जा वा अड्को; बाधा; भाँजी; अट्काउ।
1741 अड्काउनु स.क्रि. १. चलिरहेको वा चल्ने कामकुरालाई रोक्नु वा बन्द गर्नु; थाम्नु।
1742 अड्काउनु स.क्रि. २. कुनै वस्तु कतै अल्झाउनु वा जोल्ट्याउनु।
1743 अड्काउनु स.क्रि. ३. गर्ज पार्नु; खाँचो पार्नु।
1744 अड्काउनु स.क्रि. प्रे. क्रि. ४. अड्कने पार्नु; अल्झाउनु।
1745 अड्काउपड्काउ ना. १. कुनै काम वा व्यवहारको गतिमा पर्ने बाधा; रोकटोक।
1746 अड्काउपड्काउ ना. २. अड्कोपड्को; हर्जा; गर्ज।
1747 अड्किनु अ.क्रि. १. कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु।
1748 अड्किनु अ.क्रि. २. अल्झनु; फस्नु।
1749 अड्किनु अ.क्रि. ३. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।
1750 अड्को ना. १. बाधा; अड्काउ; अल्झाइ।