Dictionary

All Word

1751 अधिसूचना ना. माथिल्ला तहबाट तल्ला तहलाई दिइने विशेष सूचना।
1752 अधीक्षक ना. कुनै निश्चित एकाइका कर्मचारीहरूको कार्यसञ्चालनसम्बन्धी गतिविधि निरीक्षण गर्ने अधिकारी; निरीक्षक; सुपरिवेक्षक।
1753 अधीक्षण ना. अड्डाखानामा कर्मचारीहरूले गरेका कामकारबाईको निरीक्षण।
1754 अधीन वि. १. वशमा वा मातहतमा परेको।
1755 अधीन वि. २. आश्रित।
1756 अधीन वि. ३. विवश; लाचार; परतन्त्र।
1757 अधीन वाक्य ना. व्याकरणमा मिलित वा मिश्र वाक्यमा मुख्य वाक्यांशको पूरक, कर्म वा क्रियाविशेषण आदि भएर रहेको उपवाक्य; ('तँ राम्ररी पढ् भनी बाबाले मलाई भन्नुभयो' भन्ने मिश्र वाक्यभित्रको 'तँ राम्ररी पढ्' उपवाक्य 'बाबाले मलाई भन्नुभयो' भन्ने प्रधान उपवाक्यको आश्रित भएकाले अधीन उपवाक्य बनेको छ।)
1758 अधीनता ना. कसैलाई वशमा राख्ने कार्य वा कसैको वशमा पर्ने स्थिति।
1759 अधीनस्थ वि. १. अर्काका वशमा परेको वा रहेको; परतन्त्र; कसैको कब्जामा वा नियन्त्रणमा परेको।
1760 अधीनस्थ वि. २. कसैका मातहतमा रहेको; कसैको अधिकारभित्रको।
1761 अधीनीकरण ना. आफ्नो अधीनमा राख्ने काम।
1762 अधीर वि. १. धैर्य नभएको; हडबडाएको।
1763 अधीर वि. २. चञ्चल; अस्थिर।
1764 अधीर वि. ३. व्याकुल।
1765 अधीश ना. १. मालिक वा स्वामी।
1766 अधीश ना. २. अधिपति।
1767 अधीश ना. ३. कुनै सङ्घसंस्था वा प्रदेशको मुख्य हाकिम।
1768 अधीश ना. ४. राजा।
1769 अधीश ना. ५. ईश्वर।
1770 अधीश्वर ना. १. सर्वोच्च अधिपति।
1771 अधीश्वर ना. २. राजा।
1772 अधीश्वर ना. ३. स्वामी; मालिक।
1773 अधुना क्रि.वि. वर्तमानको समयमा; अहिले; यतिखेर।
1774 अधुनातन वि. वर्तमानकालमा चलेको; अत्याधुनिक; हिजोआज चलेको; आजभोलिको।
1775 अधुरो कुनै कामकुरो गर्दा आधा मात्र सिद्धिएको; पूरा नभएको; अधकल्चो।
1776 अधूरो वि.हे. अधुरो।
1777 अधेरी वि. नसकिएको; अपुरो; आधा मात्र सकिएको; अधुरो।
1778 अधेली ना. पैसाको पनि आधा मूल्य भएको मुद्रा; आधापैसे मुद्रा।
1779 अधेलो ना. आधा पैसा मूल्यको सिक्का; आधापैसे सिक्का; अधेली।
1780 अधैर्य वि. १. आत्मनियन्त्रण नभएको।
1781 अधैर्य वि. २. उत्ताउलो; चञ्चल।
1782 अधैर्य वि. ३. हडबडाएको; अधीर। ना.
1783 अधैर्य वि. ४. धैर्यको अभाव; व्याकुलता; चञ्चलता; घबडाहट।
1784 अधोगति ना. १. तलतिर झर्ने गति; पतन।
1785 अधोगति ना. २. नराम्रो मार्गमा लाग्ने कार्य; दुष्कर्म।
1786 अधोगति ना. ३. उन्नति नहुने कामको अनुसरण वा त्यस्तो कामबाट भएको अवनति।
1787 अधोगामी वि. १. पतनको बाटो लागेको; तलतिर गिर्ने खालको।
1788 अधोगामी वि. २. नारकीय बाटो लिएको; पापाचारबाट मिल्ने फल कमाउन लागेको।
1789 अधोगामी वि. ३. नीच; पतित।
1790 अधोपतन ना. अधःपतन; अवनति।
1791 अधोबिन्दु ना. १. सबभन्दा तलको बिन्दु।
1792 अधोबिन्दु ना. २. भूगोलमा चर्चित अधःस्वस्तिक।
1793 अधोबिन्दु ना. ३. ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली।
1794 अधोभूमि ना. १. घरको भुईंतलाभन्दा मुनिको कोठाचोटा; तहखाना।
1795 अधोभूमि ना. २. होचो जमिन।
1796 अधोभूमि ना. ३. तलको भुईं।
1797 अधोमति ना. खस्केको बुद्धि; अधोगतिमा लाग्ने मति; कुमति; दुर्मति।
1798 अधोमार्ग ना. अधोगतिमा लाग्ने मार्ग; कुमार्ग; कुबाटो; अबाटो।
1799 अधोमुख वि. १. घोसमुन्टे; निहुरमुन्टे; घोसे; घोप्टे। ना.
1800 अधोमुख वि. २. झुकेको मुख; निहुरिएको मुख।