Dictionary

All Word

1801 अधोरेखा ना. १. हरफका मुनि दिइने कच वा लाइन।
1802 अधोरेखा ना. २. त्रिभुजको आधार रेखा।
1803 अधोरेखाङ्कन ना. खास कुरालाई विशेष रूपमा महत्त्व दिन वा सङ्केत गर्न अक्षर, शब्द, वाक्य वा वाक्यसमूहको तलतिर दिइने तेर्सो रेखाचिह्न वा त्यस्तो रेखाचिह्न दिने काम; कच; ढाक; अन्डरलाइन ।
1804 अधोरेखाङ्कित वि. कच गरिएको; ढाकिएको।
1805 अधोवस्त्र ना. कमरभन्दा तलतिर लगाउने लुगा (कछाड, लगौँटी, धोती, सुरुवाल इ.)।
1806 अधोवायु ना. गुदद्वारबाट निस्कने दुर्गन्धी वायु; अपानवायु; पाद।
1807 अधौ ना. १. कपडा आदिको थानको आधा भाग; आधा थान।
1808 अधौ ना. २. जुत्ताको खुराभन्दा अगाडिको तलुवाको पात; जुत्ताका तलुवाको आधा पात।
1809 अध्यक्ष ना. १. कुनै संस्था, कम्पनी, समिति, सभा, संसद् आदिको प्रमुख।
1810 अध्यक्ष ना. २. कुनै राष्ट्रको प्रमुख; राष्ट्राध्यक्ष।
1811 अध्यक्ष ना. ३. कुनै कार्यालयको प्रमुख; मुख्य हाकिम; सञ्चालक।
1812 अध्यक्षता ना. १. अध्यक्ष हुनाको भाव वा अवस्था; अध्यक्षको आसन वा पद।
1813 अध्यक्षता ना. २. हाकिमी।
1814 अध्यक्षता ना. ३. सभापतित्व।
1815 अध्ययन ना. १. पढ्ने काम; पठन।
1816 अध्ययन ना. २. कुनै विषयको जानकारीका निम्ति सो विषयलाई बुझ्ने, पहिचान्ने, गहिरिएर हेर्ने वा पढ्ने काम।
1817 अध्ययन ना. ३. कुनै उद्देश्यप्राप्तिका लागि कुनै विषयका विभिन्न पक्षमा गरिने विचार (उदा.- नेपालमा शैक्षिक स्थितिको अध्ययन आवश्यक छ।)।
1818 अध्ययन पत्र ना. विद्यार्थीलाई अध्ययन सुगम होस् भन्ने हेतुले विभिन्न पुस्तक वा पत्रिकामा भएका बुँदा बटुली शिक्षकले सामान्य पत्रमा लेखेर प्रत्येक विद्यार्थीलाई उपलब्ध गराउने हस्तपत्र ।
1819 अध्ययन बिदा ना. सरकारी, अर्धसरकारी, गैरसरकारी कर्मचारी वा शिक्षकहरूले कुनै पनि विषयको अध्ययनका निम्ति पाउने वा निजहरूलाई दिइने निर्धारित अवकाश वा छुट्टी।
1820 अध्ययन भ्रमण ना. कुनै शैक्षिक संस्थाबाट औपचारिक रूपमा वा व्यक्तिगत तवरबाट अनौपचारिक रूपमा भए पनि ज्ञानआर्जनका निम्ति गरिने भ्रमण; शैक्षिक भ्रमण ।
1821 अध्ययनशील वि. १. कुनै पनि विषयको अध्ययनमा चाख लिई लागिरहने।
1822 अध्ययनशील वि. २. ज्ञानप्राप्तिमा डुबेको।
1823 अध्ययनशील वि. ३. प्राज्ञिक विषयमा प्रयत्न गर्ने।
1824 अध्ययन संस्थान ना. विश्वविद्यालयअन्तर्गत विद्याको खास क्षेत्र (मानविकी तथा सामाजिक शास्त्र, कानुन, विज्ञान आदि) सित सम्बन्धित उच्च शिक्षाको अध्ययन, अध्यापन र त्यसको सञ्चालन गर्ने एक निकाय।
1825 अध्ययनीय वि. अध्ययन गर्न योग्य; अध्ययन गर्नुपर्ने।
1826 अध्यवसान ना. १. उद्योग; व्यवसाय।
1827 अध्यवसान ना. २. दुई वस्तुको एकरूपताबाट पैदा हुने एक अलङ्कार।
1828 अध्यवसान ना. ३. कुनै ठुलो कामको समाप्ति।
1829 अध्यवसाय ना. १. कुनै काममा दृढतापूर्वक गरिने खुरन्धार।
1830 अध्यवसाय ना. २. उत्साह र चाख लिएर कुनै काममा संलग्न भइरहने क्रिया।
1831 अध्यवसाय ना. ३. उद्योग, उद्यम।
1832 अध्यवसाय ना. ४. अठोट; दृढ विचार।
1833 अध्यवसायी वि. अध्यवसायसम्बन्धी; अध्यवसाय भएको वा गर्ने।
1834 अध्यागमन ना. विदेशी मुलुकको नागरिकलाई देशभित्र निश्चित अवधिभित्र प्रवेश गर्न दिइने कार्य ।
1835 अध्यागमित वि. अध्यागमन अन्तर्गतको; अध्यागमनमा हिँडेको ।
1836 अध्यात्म ना. १. आत्मज्ञान ।
1837 अध्यात्म ना. २. तत्त्वमीमांसा ।
1838 अध्यात्म ना. ३. आत्मा र परमात्माका गुण एवं तिनको पारस्परिक सम्बन्धका विषयमा गरिने चिन्तन, निरूपण वा विवेचना ।
1839 अध्यात्म ना. ४. भित्री ज्ञान; तत्त्वज्ञान ।
1840 अध्यात्म ज्ञान ना. अध्यात्मसम्बन्धी ज्ञान; आत्मा र परमात्मासित सम्बन्ध राख्ने ज्ञान ।
1841 अध्यात्मवाद ना. आत्मा र परमात्माका गुण, स्वरूप र तिनको पारस्परिक सम्बन्ध आदिको विचार, विवेचन र निरूपण गरिने विद्या; अन्तिम सत्य वा वास्तविकता परमात्मा नै हो र सांसारिक विषयवस्तुचाहिँ झुट्टा र भ्रमपूर्ण हुन् भनी मान्ने मत ।
1842 अध्यात्मवादी वि. १. अध्यात्मवादसित सम्बन्धित ।
1843 अध्यात्मवादी वि. २. अत्यात्मवादको अनुसरण गर्ने, त्यसलाई मान्ने वा विश्वास गर्ने ।
1844 अध्यात्म विद्या ना. अध्यात्मवाद।
1845 अध्यादेश ना. विधायिका वा संसद्को अधिवेशन नभएको बेला खास समयका निम्ति आवश्यक परेमा राष्ट्रको सर्वोच्च सत्ताबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको वा हुने कानुनसरहको मान्यताप्राप्त आदेश (अर्डिनेन्स) ।
1846 अध्यापक ना. पढाउने पेसा लिएको व्यक्ति; पढाउने व्यक्ति ।
1847 अध्यापकी ना. पढाउने काम; पढाइ; अध्यापन ।
1848 अध्यापन ना. पढाउने काम; शिक्षण।
1849 अध्यापन अभ्यास ना. सिकाउने वा पढाउने अभ्यास; अध्यापनको सम्बन्धमा प्रशिक्षण लिइसकेपछि त्यसको अङ्ग वा पूरकका रूपमा सम्बन्धित विषयको कक्षामा गई तोकिएका शिक्षकको सुपरिवेक्षणमा रहेर प्रशिक्षार्थीद्वारा गरिने शिक्षणको अभ्यास।
1850 अध्यापन योजना ना. विद्यार्थीहरूका लागि खास वा विभिन्न विषय सिकाउने पूर्वतयारीका निमित्त शिक्षकद्वारा गरिने शिक्षणयोजना (उदा.- कार्ययोजना, एकाइयोजना, पाठयोजना इ.)।