Dictionary

All Word

1851 अध्यापिका ना. पढाउने स्त्री; पढाउने पेसा लिएकी स्त्री; शिक्षिका।
1852 अध्याय ना. १. पुस्तक वा ग्रन्थका विभिन्न खण्डमध्ये कुनै एक।
1853 अध्याय ना. २. व्यक्ति वा समाजका इतिहासका प्रमुख चरणमध्ये कुनै एक; परिच्छेद; सर्ग; खण्ड ।
1854 अध्यारोप/अध्यारोपण ना. १. एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा एउटा वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप (जस्तो- डोरीलाई सर्प भनी ठान्नु इ.)।
1855 अध्यारोप/अध्यारोपण ना. २. एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण ।
1856 अध्यास ना. १. झुटो ज्ञान; मिथ्या ज्ञान ।
1857 अध्यास ना. २. एउटा वस्तुमा अर्को वस्तुको धारणा।
1858 अध्याहार ना. १. कुनै भनाइलाई पुष्टि गर्नुपर्दा मूल भनाइलाई पुष्टि गर्ने खालका अन्य उक्ति ल्याएर आवश्यक ठाउँमा जोड्ने काम; अस्पष्ट वाक्यलाई अन्यत्रका प्रमाण, उक्तिहरू ल्याएर स्पष्ट पार्ने काम।
1859 अध्याहार ना. २. वादविवाद गर्ने काम; तर्क गर्ने काम ।
1860 अध्येता ना. कुनै विषयको ज्ञानार्जनका निम्ति अध्ययन, अनुशीलन, चिन्तनमनन गर्ने व्यक्ति; पढ्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी ।
1861 अध्येय वि. अध्ययन गर्न योग्य; पढ्न योग्य ।
1862 अन् पू.स. विशेषतः सुरुमा स्वरवर्ण भएमा पद वा आधारपदका अगिल्तिर लागी अभाव, विपरीतता, न्यूनता, निषेध आदि जनाउने पूर्वसर्ग (अन्+आचार = अनाचार, अन्+उत्तरित = अनुत्तरित, अन्+अधिकृत = अनधिकृत इ.)।
1863 अन पू.स. १. नेपाली तद्भव आदि शब्दमा व्यञ्जनवर्णका अगाडि लागेर अभाव, हीनता, अति, विरुद्ध आदि नकारात्मक अर्थ बुझाउने पूर्वसर्ग (अनपढ, अनमोल, अनविश्वास, अनपत्यार, अनजान इ.)।
1864 अन पू.स. २. नेपाली तत्सम शब्दमा अच्वर्णको अगाडि लागेर सोही सोही अर्थ बुझाउने पूर्वसर्गबाहेकको सन्धिगत रूप (अनीश्वर, अनन्त, अनादि इ।); अन्।
1865 अनकन ना. काम गर्दा दर्साइने अतत्परता; आनेकाने; दोधार ।
1866 अनकनाइ ना. अनकनाउने किसिम, क्रिया वा भाव।
1867 अनकनाइनु अ.क्रि. अनकन गर्ने होइनु; के भनूँ कसो भनूँ गर्ने होइनु ।
1868 अनकनाउनु अ.क्रि. कुनै कुरा भन्न वा काम गर्न अकमक गर्नु; लकपकाउनु; अकमकाउनु ।
1869 अनकनाहट ना. अनकनाइ।
1870 अनकन्टार ना. १. निर्जन स्थल; एकान्त स्थल ।
1871 अनकन्टार ना. २. मानिस हिँडडुल नगर्ने एकलासे बाटो ।
1872 अनकन्टार ना. ३. वृन्दावन । हे.
1873 अनकन्तार ना. अनकन्टार
1874 अनक्षर वि. १. लेखपढ गर्न नजान्ने; निरक्षर ।
1875 अनक्षर वि. २. स्वरवर्णको धर्म नभएको; स्वरवर्णसँग नमिल्दो ।
1876 अनक्षर वि. ३. अक्षरनिर्माण गर्न नसक्ने ।
1877 अनक्षरात्मक वि. अनक्षर; अक्षर नभएको।
1878 अनखट ना. १. ठुलो खाँचो; अखट ।
1879 अनखट ना. २. साह्रोगाह्रो।
1880 अनखट ना. ३. सङ्कट। वि.
1881 अनखट ना. ४. ठुलो खाँचो, सङ्कट आदि पर्ने वा परेको।
1882 अनखट्टा ना./ वि. १. अनखट।
1883 अनगन्ती/अनगिन्ती वि. गनेर नसकिने; गन्न नभ्याइने; एकदमै धेरै; अत्यधिक; असङ्ख्य; बेगन्ती ।
1884 अनग्र वि. अगाडि नभएको; पछि रहेको; पश्च (जस्तै- अनग्र स्वर उ, ओ इ.)।
1885 अनङ्कित वि. १. कुनै खाताबहीमा नचढाइएको ।
1886 अनङ्कित वि. २. कतै अङ्कन वा उल्लेख नगरिएको (उदा.- नायब सुब्बाहरू राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारी हुन्।)।
1887 अनङ्ग ना. १. कामवासनाका देवता; कामदेव । वि.
1888 अनङ्ग ना. २. अङ्ग नभएको; शरीर नभएको; देहरहित।
1889 अनङ्ग कीर्तन ना. प्रकृतिमा अङ्ग नहुने विषयको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष; एक प्रकारको रसदोष ।
1890 अनङ्ग क्रीडा ना. १. कामक्रीडा; मैथुनक्रीडा ।
1891 अनङ्ग क्रीडा ना. २. छन्दका मुक्तक विषमवृत्तका दुई भेदमध्ये एक ।
1892 अनङ्गार वि. हे. अनङ्गारिक ।
1893 अनङ्गारि ना. कामदेवका शत्रु; महादेव ।
1894 अनङ्गारिक वि. १. रसायनशास्त्रका अनुसार जीवाणुविहीन; अजैव।
1895 अनङ्गारिक वि. २. निर्जीव वस्तुहरूबाट बनेको; कृत्रिम ।
1896 अनङ्गारिक वि. ३. हाइड्रोकार्बन परेको तर कार्बनका अक्साइड र सल्फाइड परेको यौगिकसित सम्बन्धित; कार्बोनिक; कार्बनयुक्त ।
1897 अनङ्गारिक वि. ४. आङ्गारिक तत्त्व नपरेको ।
1898 अनङ्गारिक मल ना. रासायनिक प्रक्रियाद्वारा तयार गरिएको जीवाणुविहीन कृत्रिम मल; रासायनिक मल ।
1899 अनजान वि. १. केही पनि नजान्ने; अज्ञानी; अबोध।
1900 अनजान वि. २. खास विषयको जानकारी नभएको ।