Dictionary

All Word

2001 अनर्थ ना. १. असामान्य घटना; अनुचित वा अशुभ घटना ।
2002 अनर्थ ना. २. गडबडी।
2003 अनर्थ ना. ३. अत्याचार; अतिचार; अन्याय । वि.
2004 अनर्थ ना. ४. अनुचित ।
2005 अनर्थ ना. ५. नचाहिँदो।
2006 अनर्थ ना. ६. निरर्थक; अनर्थक; अर्थहीन।
2007 अनर्थक वि. १. वाहियात ।
2008 अनर्थक वि. २. अनुचित ।
2009 अनर्थक वि. ३. अनर्थ वा खराब काम गर्ने।
2010 अनर्थक वि. ४. अर्थरहित; निरर्थक ।
2011 अनर्थक वि. ५. व्यर्थको; बेकारको ।
2012 अनर्थकारी वि. १. उल्टो वा विपरीत काम गर्ने ।
2013 अनर्थकारी वि. २. अनुचित काम गर्ने; ज्यादै ठुलो हानिनोक्सानी गर्ने ।
2014 अनर्थता ना. कुनै पदको नयाँ अर्थ भए पनि त्यस पदले प्रसङ्गानुकूल नयाँ अर्थ बुझाउन नसक्ने हुँदा हुने पददोष।
2015 अनर्सा ना. चामलको पिठो, घिउ र चिनी ठिक्क मात्रामा मिलाई मुछेर तिल वा बिरौँका दानामा पथारी घिउमा पकाइएको पुरीजस्तो गोल आकारको नेपाली रोटी; अनरसा; चिनीरोटी ।
2016 अनर्ह वि. १. दण्ड वा पुरस्कारको पात्र नभएको ।
2017 अनर्ह वि. २. अपात्र; अयोग्य।
2018 अनर्ह वि. ३. अपर्याप्त; अनुपयुक्त।
2019 अनर्हता ना. कुनै काम, पद, जिम्मेदारी आदिका लागि आवश्यक पर्ने योग्यताको अभाव; अयोग्यता ।
2020 अनल ना. १. आगो ।
2021 अनल ना. २. जठराग्नि ।
2022 अनल ना. ३. आठ वसुमध्ये पाँचौँ ।
2023 अनलङ्कृत वि. १. सिँगारपटार वा सजधज नभएको वा नगरिएको।
2024 अनलङ्कृत वि. २. गरगहना र अन्य सामग्रीद्वारा नसिँगारिएको ।
2025 अनलङ्कृत वि. ३. कुनै शब्दगत वा अर्थसम्बन्धी अलङ्कार नपरेको; सादा; अलङ्कारविहीन।
2026 अनलाइन वि. १. इन्टरनेटका माध्यमबाट उपलब्ध उत्पादन, सेवा, सूचना आदि।
2027 अनलाइन वि. २. कम्प्युटर नेटवर्कमा जोडिएको वा कम्प्युटरका माध्यमबाट पहुँच गर्न सकिने ।
2028 अनवकाश ना. १. फुर्सदको अभाव ।
2029 अनवकाश ना. २. नोकरी वा फन्दाबाट अवकाशको अभाव। वि.
2030 अनवकाश ना. ३. फुर्सद नभएको ।
2031 अनवकाश ना. ४. छुट्टी नपाएको ।
2032 अनवच्छिन्न वि. कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको।
2033 अनवरत वि. १. निरन्तरको; लगातारको; बारम्बारको । क्रि.वि.
2034 अनवरत वि. २. निरन्तर; लगातार; बारम्बार ।
2035 अनवरोध ना. १. अवरोध वा बाधाको अभाव । वि.
2036 अनवरोध ना. २. नरोकिएको; बाधा नपरेको । क्रि.वि.
2037 अनवरोध ना. ३. नरोकीकनै; अवरोधविना नै ।
2038 अनवसर ना. १. बेमौका; कुयाम; कुअवसर।
2039 अनवसर विच्छेद ना. प्रकृत रसलाई चटक्क छाडिदिँदा हुने काव्यदोष।
2040 अनवसर विस्तार ना. बेमौकामा अनुपयोगी किसिमसँग रसको विस्तार गर्दा हुने एक प्रकारको काव्यदोष ।
2041 अनविश्वास ना. विश्वासको अभाव; अपत्यार; अविश्वास।
2042 अनविश्वासी वि. १. विश्वास गर्न नहुने वा विश्वास नभएको; अपत्यारिलो; भर पर्न नसकिने।
2043 अनविश्वासी वि. २. बेइमान।
2044 अनवीकृत वि. नवीकृत नभएको; नयाँ रूपमा नआएको।
2045 अनवीकृतता ना. बोली नौलो नभई उही हुँदा हुने एक प्रकारको काव्यदोष ।
2046 अनशन ना. १. खान छाड्ने काम; आहारत्याग; उपवास।
2047 अनशन ना. २. मोक्षप्राप्तिका निम्ति गरिने मर्नुभन्दा केही दिन अगाडिदेखिको आहारत्याग।
2048 अनशन ना. ३. पिरमर्का वा अन्याय आदिका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यले वा कुनै माग पूरा नहुन्जेल पूर्वसूचनाका साथ गरिने आहारत्याग।
2049 अनश्वर वि. कहिल्यै नाश नहुने; अविनाशी ।
2050 अनसूया ना. १. अत्रि ॠषिकी पत्नी ।