Dictionary

All Word

2151 अद्वैत वि. १. तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो।
2152 अद्वैत वि. ना. २. द्वैतता वा द्वैधताको अभाव; ऐक्य।
2153 अद्वैत वि. ३. परमात्मा र जीवात्माको अभेद वा ऐक्य।
2154 अद्वैत वि. ४. परमतत्त्व; ब्रह्म।
2155 अद्वैतता ना. अद्वैत (ब्रह्म, परमतत्त्व इ.) को गुण वा विशेषता।
2156 अद्वैतवाद ना. सृष्टिमा परब्रह्म वा परमात्मा मात्र सत्य छ र बाँकी सारा विश्व मिथ्या छ भन्ने वेदान्तदर्शन।
2157 अद्वैतवादी वि. अद्वैतवादको अनुयायी।
2158 अधः क्रि.वि. १. निर्दिष्ट रेखा वा ठाउँदेखि तल; मन्तिर; उँधो ; तल।
2159 अधः क्रि.वि. ना. २. तल्लो क्षेत्र वा स्थान (पाताल आदि लोक)।
2160 अधःपतन ना. १. निर्धारित स्थानबाट तलतिर खस्ने वा झर्ने काम; गिर्ने काम।
2161 अधःपतन ना. २. मान मर्यादा, नैतिकता आदिबाट हुने पतन; अधोगति; अवनति; गिराइ।
2162 अधःपतन ना. ३. दुर्गति।
2163 अधकट्टी ना. चन्दा, टिकट, रसिद आदिमा लेनदेनको उही बेहोरा दोहोरो लेखी च्यातेर एकातिरको बेहोरा एक पक्षले र अर्कोतिरको बेहोरा अर्को पक्षले लिन मिल्ने गरी व्यवस्था मिलाइएका दुई खण्डमध्ये कुनै एक खण्ड |
2164 अधकपाली ना. रुघा बिग्रिई वा पिनास पल्टिई आधा कपाल (टाउकाको आधा पाटो) दुख्ने रोग; अधा।
2165 अधकल्वाइ ना. अधकल्चो हुनाको किसिम, भाव वा स्थिति।
2166 अधकल्चिनु अ.क्रि. अधकल्चो हुनु; आधा मात्र काम हुनु।
2167 अधकल्चो वि. १. आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो।
2168 अधकल्चो वि. २. अर्धशिक्षि।
2169 अधकल्चो वि. ३. अधुरो; अपुरो।
2170 अधकल्चो वि. ४. अधमरो।
2171 अधकल्चो वि. ५. अपरिपक्व।
2172 अधकल्चो वि. ६. अधकल्टो; अधपिल्टो।
2173 अधकल्च्याइ ना. अधकल्चिने क्रिया वा प्रक्रिया |
2174 अधकल्च्याइनु क.क्रि. अधकल्चो पारिनु; अधकल्च्याउन लाइनु।
2175 अधकल्च्याउनु प्रे.क्रि. अधकल्चो पार्नु; अधकल्चिन लाउनु; अधकल्चिने पार्नु।
2176 अधखुला वि. १. खुला स्वर 'आ' भन्दा माथि र आधा बन्द स्वर 'ए' भन्दा तल जिब्रो रहेर उच्चरित हुने (स्वर) |
2177 अधखुला वि. २. आधा खुला।
2178 अधन वि. धन नभएको; निर्धनी; गरिब; तन्नमभगत; कङ्गाल; हरिकङ्गाल; हरिटट्टु |
2179 अधन्नी ना. आधा आनाको सिक्का; दुईपैसे सिक्का; दुईपैसे ढ्याक।
2180 अधपक्का/अधपक्को/ अधपाको वि. १. आधा पाकेको आधा नपाकेको; अर्धपक्व।
2181 अधपक्का/अधपक्को/ अधपाको वि. २. अपरिपक्व।
2182 अधपिल्टो वि. १. आधा काम भएको।
2183 अधपिल्टो वि. २. आधा टुक्रा पारिएको।
2184 अधपिल्टो वि. ना. ३. कनिका, चामल, मकै आदि अन्नको आधा फग्ल्याँटो; खँडेउली।
2185 अधबेसुरो/अधबेस्रो वि. अदबेस्रो।
2186 अधबेसुरो/अधबेस्रो वि. १. पूरा होस नभएको; आधा चेत ठेगानामा नभएको।
2187 अधबेसुरो/अधबेस्रो वि. २. गोज्याङ्ग्रो; लठेब्रो।
2188 अधबेसुरो/अधबेस्रो वि. ३. हुस्सु; लन्ठ।
2189 अधबैँसे वि. आधा उमेर ढल्केको; बुढौतीतिर जान लागेको; तन्देरी अवस्था बितिसकेको; अर्धवयस्क।
2190 अधम वि. १. नीच; निकृष्ट।
2191 अधम वि. २. खराब; तल्ला तहको।
2192 अधम वि. ३. क्षुद्र; दुष्ट।
2193 अधमता ना. अधमको गुण वा भाव; नीचता।
2194 अधमरा ना. गाउँ र बेसीका बिचको जमिन वा ठाउँ; आदमारा।
2195 अधमरो वि. मर्नु र बाँच्नुको दोसाँधमा परेको; आधा मरेको; अर्धमृ।
2196 अधमाङ्गुल ना. छ जौ बराबरको नापो; पौने इन्चको नापो।
2197 अधर ना. १. तल्लो ओठ; ओठ।
2198 अधर ना. वि. २. उँधोतिरको; तल्लो।
2199 अधरपान ना. ओठको चुम्बन; ओठमा म्वाइँ खाने काम।
2200 अधरामृत ना. प्रेमी वा प्रेमिकाको ओठको चुम्बनबाट पैदा हुने मधुर स्वाद।