Dictionary

All Word

2301 अनुकूल वि. ४. कुनै परिस्थितिमा जेजस्तो चाहिने हो सोमाफिक सब्ल्याँटो पर्ने ।
2302 अनुकूल वि. ५. आफ्नो हुँदो; आफ्नो पक्षको; आफूसँग सहमत; आफ्नो विरुद्ध नभएको ।
2303 अनुकूल वि. ६. फाइदा हुने; हितकारी ।
2304 अनुकूल वि. ७. सुविधाजनक।
2305 अनुकूल वि. ८. मिल्दो; हुँदो; सर्दो । ना.
2306 अनुकूल वि. ९. एउटै मात्र नायिका राख्ने नायक ।
2307 अनुकूलता ना. अनुकूल हुनाको भाव वा स्थिति; सर्दोपना; मिल्दोपन।
2308 अनुकूलन ना. १. कुनै कुरालाई आफ्नो अनुकूल तुल्याउने काम वा गुण ।
2309 अनुकूलन ना. २. आफूलाई कुनै परिस्थिति वा कुनै कुराको अनुकूल तुल्याउने काम वा गुण ।
2310 अनुकूलन ना. ३. कुनै वस्तुबाट वा कसैबाट कुनै कुरा लिई त्यसमा काटछाँट र थपघट गरी आफ्नो अनुकूल तुल्याउने काम वा गुण। (उदा.- माध्यमिककालीन नेपाली लेखकहरूले प्राचीन आख्यानहरूको अनुकूलन गरेका छन्।)।
2311 अनुकूलन ना. ४. आफूलाई वातावरण वा वायुमण्डलअनुरूप ढाली त्यसै अनुकूल जिउने र विकसित हुने जैविक गुण, शक्ति, प्रक्रिया वा कार्य (उदा.- वनस्पति र जीवजन्तुमा अनुकूलन गर्ने क्षमता अन्तर्निहित रहेको छ।)।
2312 अनुकूलित वि. अनुकूलन गरिएको ।
2313 अनुकृत वि. १. कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कल गरिएको ।
2314 अनुकृत वि. २. प्रकृति वा जीवनजगत्‌को वस्तुगत पुनःसृजन गरिएको ।
2315 अनुकृत वि. ३. परमतत्त्वको प्रतिच्छायास्वरूप भएको।
2316 अनुकृति ना. १. नक्कल; अनुकरण; देखासिकी।
2317 अनुकृति ना. २. प्रकृति वा जीवनजगत्‌को वस्तुगत पुनःसृजन (माइमेसिस) ।
2318 अनुकृति ना. ३. परमतत्त्व वा परब्रह्मको प्रतिकृति।
2319 अनुक्त वि. १. नभनिएको; नबताइएको; नकहिएको; अकथित।
2320 अनुक्त वि. २. क्रियाद्वारा अभिहित वा कथित नभएको (जस्तै- 'रामद्वारा बाघ मारियो' भन्ने वाक्यमा संस्कृत व्याकरणका दृष्टिले कर्ता राम र कर्म बाघ अनुक्त मानिन्छन्।)
2321 अनुक्तसिद्धि ना. विशेष कुरा बुझाउन तर्कना बढाइने अर्थ भएको एउटा नाट्यलक्षण।
2322 अनुक्रम ना. १. क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव।
2323 अनुक्रम ना. २. विषयवस्तु तथा पाठ्यवस्तुका सङ्गठनमा शृङ्खलाबद्धता वा क्रमबद्धतागत विशेषता ।
2324 अनुक्रम ना. ३. नियमित रूपले चल्ने क्रम वा सिलसिला ।
2325 अनुक्रम ना. ४. क्रमबद्ध रूपले अगाडि बढ्ने काम ।
2326 अनुक्रम ना. ५. कुनै क्रमको अनुसरण गर्ने काम; क्रम; सिलसिला; शृङ्खला; पूर्वापरक्रम ।
2327 अनुक्रमण ना. क्रमलाई व्यवस्थित ढङ्गले मिलाउने काम; सिलसिला मिलाउने काम ।
2328 अनुक्रमणिका ना. १. वर्ण र मात्राको क्रमअनुसार तयार गरिएको ग्रन्थ वा कृति आदिको सूची ।
2329 अनुक्रमणिका ना. २. प्रायः ग्रन्थका अन्तमा दिइने कुनै ग्रन्थमा परेका विषय, प्रसङ्ग, मुख्य शब्द आदिको वर्णानुक्रमिक सूची ।
2330 अनुक्रमणिका ना. ३. ग्रन्थका प्रारम्भमा दिइने प्रमुख विषय वा शीर्षक, उपशीर्षकको अनुक्रम वा सिलसिला जनाउने सूची।
2331 अनुक्रमिक वि. क्रमानुसारको; क्रमबद्ध; सिलसिलेवार; सिलसिलाबद्ध।
2332 अनुक्रिया ना. १. कुनै कार्य वा क्रियापछि तथा त्यस क्रियाको फलस्वरूप हुने क्रियाप्रतिक्रिया ।
2333 अनुक्रिया ना. २. कुनै उद्दीपनको फलस्वरूप मनमा वा स्नायुतन्त्रमा घटित हुने प्रतिक्रिया; अनुभूति; आवेग; भावना।
2334 अनुगत वि. १. अनुगमन गर्ने; पछिल्तिर लागेर जाने।
2335 अनुगत वि. २. पछिल्तिर लागेको; पछ्याएको ।
2336 अनुगम ना. १. कुनै कुरा वा वस्तुतथ्यको अनुसरण ।
2337 अनुगम ना. २. तर्कशास्त्रअनुसार वस्तुतथ्यको पर्यवेक्षणबाट निकालिएको कुनै निष्कर्ष वा मान्यता; यसरी निष्कर्ष निकाल्ने वा मान्यताको स्थापना गर्ने तार्किक प्रक्रियाको परिणाम; आगमन; अनुगमन ।
2338 अनुगमन ना. कसैका पछि पछि लाग्ने, कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम; अनुगम ।
2339 अनुगमनात्मक वि. अनुगमनमा आधारित; अनुगमनबाट प्राप्त; अनुगमनवाला।
2340 अनुगामी वि. कसैका पछि लाग्ने; अरूका पछि लागेको; पुछ्रे; अनुचर; अनुयायी।
2341 अनुगुण वि. १. समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको। ना.
2342 अनुगुण वि. २. राम्रो गुण भएका वस्तुको संसर्गले अरू वस्तुको उत्कर्ष पनि त्यत्तिकै रूपमा वर्णित हुने एक काव्यालङ्कार।
2343 अनुगृहीत वि. १. ठुलाबडाहरूको कृपा, दया, अनुकम्पा वा निगाह प्राप्त गरेको।
2344 अनुगृहीत वि. २. कसैको अनुग्रह पाएको; उपकार गरिएको; उपकृत; अनुकम्पित।
2345 अनुग्रह ना. १. ठुलाबडाले साना व्यक्तिउपर प्रसन्न भई देखाउने दया, कृपा वा निगाह ।
2346 अनुग्रह ना. २. ठुलाबडाले निगाह वा कृपा राखी साना व्यक्तिहरूलाई गर्ने उपकार वा भलाइ ।
2347 अनुग्रहाङ्क ना. परीक्षार्थीले प्राप्त गरेका अङ्कमा थोरै मात्र थपिदिँदा उत्तीर्ण हुने भए परीक्षकले थपिदिने अङ्क; कृपाङ्क (ग्रेसमार्क)।
2348 अनुचर ना. १. नोकरचाकर । वि.
2349 अनुचर ना. २. पछि लाग्ने; पिछलग्गु ।
2350 अनुचित वि. १. उचित नभएको; उपयुक्त नभएको; मनासिब नभएको; औचित्यको सीमाभन्दा परको ।