Dictionary

All Word

2351 अनुचित वि. २. खराब; बेठिक ।
2352 अनुचित वि. ३. न्यायसङ्गत नभएको; नसुहाउने; अनुपयुक्त; बेमनासिब।
2353 अनुचितता ना. उचित, उपयुक्त वा मनासिब नहुनाको भाव; औचित्यको अभाव; अनौचित्य ।
2354 अनुचित लाभ ना. १. कसैको अज्ञान, असमर्थता वा विवशतामा उठाइने फाइदा।
2355 अनुचित लाभ ना. २. बेरीतबाट प्राप्त गरिएको आम्दानी।
2356 अनुच्च वि. १. उच्च वा अग्लो नभएको; होचो; नीचो ।
2357 अनुच्च वि. २. तल्लो तहको; निम्न स्तरको ।
2358 अनुच्च वि. ३. पुड्को ।
2359 अनुच्चरित वि. उच्चारण नभएको ।
2360 अनुच्चारण ना. उच्चारणको अभाव वा अनुपस्थिति।
2361 अनुच्चारणीय वि. १. उच्चारणसम्म पनि गर्न नहुने ।
2362 अनुच्चारणीय वि. २. नामै लिन नहुने; मुखले भन्न नहुने ।
2363 अनुच्चारणीय वि. ३. तान्त्रिक अनुशासनअनुसार मनमनै सोचिने; मनमनै जपिने।
2364 अनुच्चारित वि. १. उच्चारण नगरिएको ।
2365 अनुच्चारित वि. २. बताउनसम्म पनि नबताइएको; मुखले नभनिएको ।
2366 अनुच्चारित वि. ३. तन्त्रमन्त्रको अनुशासनअनुसार मनमनै सोचिएको; जपिएको ।
2367 अनुच्चार्य ना. उच्चारण नहुने वा हुन नसक्ने।
2368 अनुच्छेद ना. १. कमभन्दा कम वाक्यहरूको समूहबाट केही कुरो व्यक्त गरिएको आलेख ।
2369 अनुच्छेद ना. २. आलेखको सबैभन्दा तल्लो कोटि; कण्डिका; अभिव्यक्ति खण्ड; प्याराग्राफ ।
2370 अनुच्छेद ना. ३. कानुनको दफा।
2371 अनुच्छेद ना. ४. लेख वा प्रबन्धका बुँदाहरूमध्ये कुनै एक ।
2372 अनुज वि. १. आफूभन्दा पछि जन्मेको । ना.
2373 अनुज वि. २. भाइ ।
2374 अनुजीवी वि. १. कसैका आश्रयमा रही जीविका चलाउने; आफ्नो स्वतन्त्र कमाइधमाइ नभएको; आश्रित; पराश्रित; परावलम्बी; परजीवी । ना.
2375 अनुजीवी वि. २. सेवक; नोकर; चाकर।
2376 अनुज्ञप्ति ना. शुल्क तिरी सरकारी तबरबाट अनुमति लिएर मात्र वस्तुको उत्पादन, वितरण, उपभोग आदि गर्न पाइने अनुमतिपत्र; इजाजतपत्र; लाइसेन्स ।
2377 अनुज्ञा ना. १. मुख्य आदेश वा विधानलाई व्याख्या गरिने उपआदेश; अनुमति; इजाजत ।
2378 अनुज्ञा ना. २. मुख्य हाकिमले आफ्ना मातहतका अधिकारीहरूलाई दिने आज्ञा ।
2379 अनुज्ञा पत्र ना. इजाजत पत्र ।
2380 अनुतप्त वि. १. मानसिक ताप वा सन्ताप परेको ।
2381 अनुतप्त वि. २. कुनै पूर्वप्रसङ्गबारे पश्चात्ताप, क्लेश वा आत्मग्लानि अनुभव गर्ने; सन्तप्त।
2382 अनुताप ना. १. मानसिक ताप; सन्ताप; जलन; औडाहा।
2383 अनुताप ना. २. पश्चात्ताप; थकथकी; पछुतो ।
2384 अनुताप ना. ३. आत्मग्लानि; मानसिक क्लेश; अपसोच।
2385 अनुत्तम वि. १. उत्तम नभएको; उम्दा नठहरिने ।
2386 अनुत्तम वि. २. सामान्य खालको; औसत खाले; निम्नस्तरको; तल्लो खाले; घटिया; निकृष्ट; निम्न।
2387 अनुत्तर वि. १. उत्तर नभएको ।
2388 अनुत्तर वि. २. प्रश्नको उत्तर दिन असमर्थ; कुनै गल्ती वा अपराधबारे सोधपुछ गर्दा जवाफ दिन नसक्ने; नाजवाफ।
2389 अनुत्तर वि. ३. मौन।
2390 अनुत्तरदायित्व ना. १. उत्तरदायित्वको अभाव; उत्तरदायी नहुनाको भाव ।
2391 अनुत्तरदायित्व ना. २. कर्तव्य र दायित्वको उपेक्षा ।
2392 अनुत्तरदायी वि. १. उत्तरदायी नभएको वा नरहेको; आफ्नो ओहदा वा जिम्माका कामकुरामा दायित्व वा उत्तरदायित्वको बोध नगर्ने ।
2393 अनुत्तरदायी वि. २. कुनै कामकुरा बिग्रेकोमा वा त्रुटिगल्ती भएकोमा कुनै पनि प्रकारले उत्तरदायी ठान्न वा ठहऱ्याउन नसकिने ।
2394 अनुत्तरदायी वि. ३. कुनै कामकुरा बिग्रनामा जिम्मेवारी नभएको; गैरजिम्मेदार; गैरजिम्मेवार ।
2395 अनुत्तरित वि. १. जवाफ वा उत्तर नदिइएको ।
2396 अनुत्तरित वि. २. पहेलीका रूपमा रहेको रहस्यात्मक; रहस्योद्घाटन हुन नसकेको ।
2397 अनुत्तरित वि. ३. अहिलेसम्म कुनै उत्तर वा समाधान प्राप्त नभएको; कुनै टुङ्गो लाग्न नसकेको; तात्त्विक (ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा जति प्रश्न उठेका छन् तीमध्ये निकै प्रश्न अझै अनुत्तरित रूपमा छन्।)।
2398 अनुत्तरित प्रश्न ना. १. उत्तर वा समाधान प्राप्त हुन नसकेको प्रश्न; समाधान हुन नसकेको समस्या ।
2399 अनुत्तरित प्रश्न ना. २. रहस्यमय अवस्थामा नै गुज्रिरहेको विषय ।
2400 अनुत्तीर्ण वि. १. पार नभएको; नदी आदि तरेर पारि नपुगेको ।