Dictionary

All Word

2401 अनुत्तीर्ण वि. २. परीक्षा आदिमा असफल।
2402 अनुत्तीर्णता ना. पार नहुनाको वा पारि नपुग्नाको भाव, स्थिति वा गुण; असफलता; विफलता ।
2403 अनुत्पत्ति ना. १. उत्पत्ति वा उद्भवको अभाव ।
2404 अनुत्पत्ति ना. २. प्रकट नहुनाको भाव वा स्थिति; अस्तित्वमा नआएको व्यवस्था ।
2405 अनुत्पत्ति ना. ३. विचार वा सिद्धान्तका स्फुरणको अभाव; नयाँ विचार वा सिद्धान्त आदिको उद्भव नभएको स्थिति ।
2406 अनुत्पन्न वि. नजन्मेको; उत्पन्न नभएको । विप. उत्पन्न ।
2407 अनुत्पादक वि. उत्पादन नगर्ने; उत्पादन गर्ने शक्ति, क्षमता वा सामर्थ्य नभएको ।
2408 अनुत्पादकता/त्व ना. अनुत्पादक हुनाको भाव, गुण वा स्थिति।
2409 अनुत्पादन ना. उत्पादनको अभाव; कुनै जग्गाजमिनमा उब्जा नभएको स्थिति; बालीनाली वा पैदावार प्राप्त नहुनाको भाव वा अवस्था ।
2410 अनुत्पादित वि. उत्पादन नभएको वा नगरिएको ।
2411 अनुत्साह ना. १. उत्साहको अभाव वा अनुपस्थिति।
2412 अनुत्साह ना. २. जाँगर र तत्परताको अभाव।
2413 अनुत्साह ना. ३. अरुचि; उदासीनता; नैराश्य ।
2414 अनुत्साहित वि. उत्साह नभएको; उत्साह हराएको ।
2415 अनुत्साही वि. उत्साह नराख्ने; उत्साहित नहुने; उदासीन; उत्साहनामेट।
2416 अनुदात्त वि. १. उदात्त नभएको; अनुदार ।
2417 अनुदात्त वि. २. क्षुद्र; तुच्छ; निकृष्ट; नीच; तल्लोखाले । ना.
2418 अनुदात्त वि. ३. स्वरवर्णको उच्चारण गर्दा स्वराघातमा विशेष जोड नपर्ने, स्वरका उदात्त, अनुदात्त र स्वरित तीन भेदमध्ये एक; सारस्वरसहित वैदिक मन्त्रको पाठ गर्दा हात तल झड्कारी अभिव्यक्त गरिने प्रक्रिया।
2419 अनुदान ना. १. कुनै राज्य, प्रशासनका तर्फबाट अथवा कुनै राष्ट्रियअन्तर्राष्ट्रिय आधिकारिक संस्थाका तर्फबाट विशेष कामका निम्ति संस्था वा उत्तरदायी व्यक्तिलाई प्रदान गरिएको वार्षिक वा पटके आर्थिक सहयोग ।
2420 अनुदान ना. २. सो सहयोगस्वरूप दिइने रकम ।
2421 अनुदान ना. ३. चन्दा; शुल्क।
2422 अनुदार वि. १. उदार नभएको; अरूका उपर दयाको भावना नराख्ने र अरूको भलो होस् भन्ने नचिताउने ।
2423 अनुदार वि. २. कडा वा सङ्कुचित हृदय भएको ।
2424 अनुदार वि. ३. पारिवारिक सुखसुविधा र सामाजिक हितका अत्यावश्यक कार्यमा मन फुकाएर खर्चबर्च नगर्ने; कृपण; कन्जुस ।
2425 अनुदार वि. ४. प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने र त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोधसमेत गर्ने; सङ्कीर्ण विचारधारा भएको; पुरातनपन्थी; रूढिवादी ।
2426 अनुदारता ना. सङ्कुचितता; सङ्कीर्णता; रूढिवादिता; प्रतिक्रियावादी वा दक्षिपन्थी दृष्टि ।
2427 अनुदारवाद ना. प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने; त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोध गर्ने विचारधारा वा दृष्टिकोण; रूढिवाद; प्रतिक्रियावाद; यथास्थितिवाद ।
2428 अनुदारवादी वि. अनुदारवादमा विश्वास राख्ने; उदारवादको विरोधी।
2429 अनुद्यम ना. १. उद्यम वा उद्योगको अभाव; अनुद्योग। वि.
2430 अनुद्यम ना. २. उद्यम नगर्ने; उद्यममा नलागेको ।
2431 अनुद्यमी वि. अनुद्योगी।
2432 अनुद्योग ना. १. उद्योगको अभाव; कुनै लक्ष्य हासिल गर्न आवश्यक उद्योग वा प्रयासको अभाव ।
2433 अनुद्योग ना. २. आलस्य; अल्छ्याइँ; अकर्मण्यता; निष्क्रियता; उदासीनता ।
2434 अनुद्योगी वि. १. उद्योग, मिहेनत वा प्रयास नगर्ने।
2435 अनुद्योगी वि. २. जाँगर नभएको; अल्छी; अकर्मण्य; निष्क्रिय ।
2436 अनुद्विग्न वि. १. मनमा कुनै पनि चिन्ता, क्लेश वा आतङ्क अनुभव नगर्ने; उद्विग्न नभएको ।
2437 अनुद्विग्न वि. २. नहडबडाउने; नआत्तिने।
2438 अनुद्विग्नता ना. निश्चिन्तता, स्थिरता; क्लेशविहीनता ।
2439 अनुद्वेग ना. चिन्ता, क्लेश वा आतङ्कको अनुभव नभएको शान्त र स्थिर मनस्थिति; उद्वेगको अभाव।
2440 अनुधारणा ना. कुनै विषय वा समस्याका बारेमा चिन्तनमनन वा अनुसन्धानका क्रममा अँगालिएको पूर्वधारणा; त्यस्तो चिन्तनमनन वा अनुसन्धानका प्रारम्भमा अनुसरण गरिएको तर प्राप्त हुन आउने तथ्यहरूबाट खण्डनमण्डन दुवै हुन सक्ने किसिमको पूर्वमान्यता; अनुकल्पना; प्राक्कल्पना; शोधसामग्रीको प्रतिपाद्य वस्तु।
2441 अनुनय ना. १. शक्तिशाली वा प्रभावशाली व्यक्तिका सामु आफ्ना र अरू कसैका उद्धार तथा हितका निम्ति विनयपूर्वक गरिने प्रार्थना वा अनुरोध।
2442 अनुनय ना. २. आफूसित रिसाएको वा उदासीन रहेको कुनै व्यक्तिलाई बारम्बार फकाईफुल्याई वा रिझाई आफ्नो अनुकूल तुल्याउन गरिने प्रयास; विनय; बिन्ती; बिन्तीभाउ; प्रार्थना ।
2443 अनुनय विनय ना. बिन्तीभाउ; अनुनय ।
2444 अनुनाद ना. १. कुनै ध्वनि वा आवाज आएपछि त्यसबाट उत्पन्न कम्पनको फलस्वरूप प्रकट हुने दोस्रो ध्वनि वा ध्वनितरङ्ग; प्रतिध्वनि; रन्को ।
2445 अनुनाद ना. २. नादविज्ञानअन्तर्गत एकै प्रकारका दुई सूक्ष्मनादका योगबाट उत्पन्न हुने गम्भीर तथा स्थूल नाद।
2446 अनुनाद ना. ३. सङ्गीतमा वाद्यवादन गर्दा हुने कम्पनबाट प्राप्त भएको गमक।
2447 अनुनादक वि. प्रतिध्वनि पैदा गर्ने; गुञ्जन गर्ने; नाद पैदा गर्ने (उदा.- जलतरङ्ग अनुनादक बाजा हो। )।
2448 अनुनादित वि. प्रतिध्वनित भएको; गुँजेको ।
2449 अनुनासिक वि. १. नाके स्वरले उच्चारण गरिने; मुख र नासिकाका योगबाट उच्चरित; नासिक्य । ना.
2450 अनुनासिक वि. २. नाके स्वरले बोलिने ध्वनि (ङ, ञ, ण, न, म इ.)।