Dictionary

All Word

2551 अनुभूत वि. २. भोगिएको; बेहोरिएको ।
2552 अनुभूत वि. ३. अनुभवसिद्ध ।
2553 अनुभूति ना. १. इन्द्रियहरू वा स्नायुहरूका माध्यमबाट प्राप्त उद्दीपनका फलस्वरूप प्रकट हुने मानसिक क्रिया, प्रतिक्रिया, अनुक्रिया, घटना वा व्यापार; मानसिक अनुभव; मनले अनुभव गर्ने व्यापार वा क्रिया; अनुभूत गर्ने व्यापार वा कार्य ।
2554 अनुभूति ना. २. अंशतः मानसिक तथा शारीरिक तर पूर्णतः इन्द्रियगतचाहिँ नभएको आनन्द, पीडा आदि अनुभूत हुने अनुक्रिया वा संवेदना; मनोदशा; मनस्थिति; मनोभाव वा मनोराग ।
2555 अनुभूति ना. ३. आन्तरिक प्रत्यक्षण, स्मृति या कल्पनाशक्तिद्वारा प्राप्त भएको मानसिक अनुभव; सो अनुभव गर्ने काम वा अनुभव भएको स्थिति।
2556 अनुभूतिगत वि. अनुभूतिसम्बन्धी ।
2557 अनुभूतिजन्य वि. अनुभूतिबाट प्राप्त भएको ।
2558 अनुभूतिमूलक वि. अनुभूति मूल भई त्यसबाट उत्पन्न।
2559 अनुभूतिशून्य वि. अनुभूति नभएको; अनुभूतिविहीन; अनुभूतिनामेट ।
2560 अनुमत वि. स्वीकृतिप्राप्त; अनुमतिप्राप्त।
2561 अनुमति ना. १. कुनै कामकारवाई आदिका लागि पाइने वा दिइने स्वीकृति; आदेश; आज्ञा; हुकुम ।
2562 अनुमति ना. २. मन्जुरी; स्वीकृति।
2563 अनुमति पत्र ना. केही गर्न वा कतै जान दिइएको अनुमतिको प्रमाणपत्र |
2564 अनुमति प्राप्त वि. अनुमति पाएको; स्वीकृति पाएको (काम, पाउने व्यक्ति इ.)।
2565 अनुमान ना. १. यस्तो होला वा हुन्छ भनी आफ्ना मनले अट्कल्ने वा अन्दाज लगाउने काम; लख; पूर्वअनुभव र आफ्ना समझका आधारमा कुनै कामकुरा, वस्तु, व्यक्ति, विषय आदिबारे गरिने अन्दाज; भावी कामकुरा आदिबारे गरिएको अडकल।
2566 अनुमान ना. २. कुनै वस्तु वा व्यक्ति आदिको परिमाण वा इयत्ताबारे मोटामोटी हिसाब लगाई गरिने अन्दाज । (उदा.- त्यो खसी यति धार्नीको होला भन्ने अनुमान गरिएको छ। )।
2567 अनुमान ना. ३. पूर्वीय न्यायशास्त्रले स्वीकारेका प्रत्यक्ष, अनुमान, उपमान र शब्द चार प्रमाणमध्ये प्रत्यक्ष साधनद्वारा अप्रत्यक्ष साध्यलाई प्रमाणित गरिने दोस्रो प्रमाण ।
2568 अनुमान ना. ४. कुनै खास अवधिअन्तर्गत विभिन्न शीर्षकमा हुने आम्दानीखर्चको अन्दाज गर्ने काम।
2569 अनुमानतः क्रि.वि. अनुमानपूर्वक; अनुमानद्वारा।
2570 अनुमानित वि. अनुमान गरिएको; अनुमित ।
2571 अनुमित वि. अनुमानद्वारा निर्णय गरिएको; अनुमान गरी टुङ्गो लगाइएको।
2572 अनुमिति ना. १. अनुमान; अन्दाज; अडकल।
2573 अनुमिति ना. २. अनुमान गरिनाको वा अनुमानित हुनाको भाव वा अवस्था ।
2574 अनुमिति ना. ३. प्राचीन न्यायअनुसार तर्कप्रक्रियाद्वारा प्राप्त कुराका आधारमा निकालिएको, अनुभूतिका चार भेदमध्ये एक मानिने निष्कर्ष ।
2575 अनुमितिवाद ना. रस अनुमानगम्य छ भन्ने साहित्यशास्त्रीय सिद्धान्त।
2576 अनुमेय वि. १. अनुमान गर्न लायक वा योग्य ।
2577 अनुमेय वि. २. अनुमानद्वारा जान्न सकिने ।
2578 अनुमोदक वि. १. अनुमोदन गर्ने; समर्थन गर्ने । ना.
2579 अनुमोदक वि. २. कुनै सभा वा बैठकमा प्रस्तुत भएको प्रस्ताव वा विचारको समर्थन गर्ने व्यक्ति; समर्थक।
2580 अनुमोदन ना. १. कसैले उठाएको, सुझाएको वा प्रस्ताव गरेको कुरालाई समर्थन गर्ने काम ।
2581 अनुमोदन ना. २. आधिकारिक रूपमा प्रस्तुत प्रस्तावलाई स्विकार्ने कार्य ।
2582 अनुमोदन ना. ३. भइसकेको कुनै कामकुरालाई पछिबाट समर्थन गर्ने काम ।
2583 अनुमोदन ना. ४. कसैले कुनै कामकुरा गर्न पाऊँ भनी निवेदन गर्दा निजलाई सो कामकुरा गर्न प्रदान गरिएको सहमति वा पूर्वस्वीकृति; समर्थन; स्वीकार; सहमति ।
2584 अनुमोदित वि. अनुमोदन गरिएको; समर्थन प्राप्त भएको; समर्थित।
2585 अनुयायी वि. १. कसैको पछि पछि लाग्ने वा अनुसरण गर्ने । ना.
2586 अनुयायी वि. २. कुनै आदर्श, सिद्धान्त वा वादको अनुसरण या अनुकरण गर्ने व्यक्ति ।
2587 अनुयायी वि. ३. कसैको उपदेश वा सिद्धान्त मानी त्यसैअनुसार आचरण गर्ने व्यक्ति; कुनै धर्म वा सम्प्रदाय मान्ने व्यक्ति; अनुगामी; समर्थक।
2588 अनुयोग ना. वाद्यवादनका विभिन्न स्वरलहरीबाट आवृत्ति भएका तानको एकरूपता; स्वरबाट आएको अनुतानको समानता ।
2589 अनुरक्त वि. १. मनमा कसैप्रति वा कुनै कुराप्रति आकर्षण, अनुराग वा आसक्ति अनुभव गर्ने; लहसिएको; आसक्त; अनुरागी ।
2590 अनुरक्त वि. २. स्नेही; प्रेमी ।
2591 अनुरक्तता ना. अनुरक्त हुनाको भाव वा स्थिति; अनुराग ।
2592 अनुरक्ति ना. कुनै विषयप्रतिको अत्यन्त लगाउ; अनुराग; प्रेम ।
2593 अनुरञ्जन ना. मन बहलाउने कार्य; मनोविनोद ।
2594 अनुरणन ना. १. घण्टा आदि कुनै वस्तुबाट निस्किएको ध्वनि वा आवाजको रन्को; सो ध्वनि वा आवाजको तरङ्ग ।
2595 अनुरणन ना. २. आघात वा घर्षणको फलस्वरूप कुनै वस्तुबाट ट्याङट्याङ आदि खिरिलो ध्वनि वा रणन पैदा हुँदा लहरस्वरूप प्रकट हुने ऱ्याङरिङ आदि प्रतिध्वनि; रन्को।
2596 अनुरणन ना. ३. नाद या शब्दको लहरका क्रमबाट प्रकट भई केही समयपछि विलीन हुने वा बिलाई समाप्त हुने स्वरको मुख्य रूप।
2597 अनुरणनात्मक वि. अनुरणन भएको ।
2598 अनुरणित वि. अनुरणन गरिएको वा भएको ।
2599 अनुरत वि. अत्यन्त लागिपरेको; अनुरक्त; लट्टु; लग्गु ।
2600 अनुराग ना. १. कसैप्रति वा कुनै कुराप्रति मनमा अनुभव हुने आकर्षण, संलग्नता तथा आसक्तिको भाव ।