Dictionary

All Word

2701 अनुशीलनकर्ता/कारी वि. अनुशीलन गर्ने ।
2702 अनुश्रुत वि. १. कहिल्यै नसुनिएको ।
2703 अनुश्रुत वि. २. सोच्तै नसोचिएको; कल्पनासम्म पनि नगरिएको ।
2704 अनुश्रुत वि. ३. के कारणले वा कुन प्रयोजनका लागि भन्नेबारे केही पनि जानकारी नभएको ।
2705 अनुश्रुति ना. मौखिक परम्पराद्वारा पुस्तौँपुस्ता सुनिँदै आएको कुरा; कथ्यश्रव्यरूपमा चलिआएको तर कुनै निश्चित स्रोत वा प्रमाण नभेटिने कुरा; जनश्रुति; किंवदन्ती ।
2706 अनुष्टुप् ना. आठ आठ अक्षरका चार पाउबाट बन्ने, वैदिक कालदेखि आधुनिक भारतीय आर्यभाषाकालसम्म चल्दै आएको, प्रत्येक पाउको पाँचौँ अक्षर लघु तथा छैटौँ अक्षर गुरु र दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु, अन्य पाउको सातौँ अक्षर गुरु हुनाका साथै विभिन्न पाउका अन्य अक्षर लघु वा गुरु दुवै भई विभिन्न भेद हुन सक्ने एक छन्द।
2707 अनुष्ठाता वि. १. अनुष्ठान गर्ने वा गराउने; शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक यज्ञ आदि वा अन्य धार्मिक कार्य गर्ने, गराउने।
2708 अनुष्ठाता वि. २. एकाग्र भई कुनै विशेष महत्त्वपूर्ण र कठिन कार्य गर्ने, गराउने ।
2709 अनुष्ठान ना. १. शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने काम ।
2710 अनुष्ठान ना. २. अभीष्ट फल वा चिताएको कुरा पाउनका लागि शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक कुनै देवताको जप, पूजा, पाठ आदि गर्ने काम ।
2711 अनुष्ठान ना. ३. त्यस्तो किसिमको आराधना वा उपासना।
2712 अनुष्ठान ना. ४. नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष महत्त्वपूर्ण र कठिन कार्य ।
2713 अनुष्ठान ना. ५. त्यस्ता कार्यको शुभारम्भ गरी सफल पार्ने काम; आराधना; उपासना; पुरश्चरण; व्रत; कार्यारम्भ; विशेष कार्य ।
2714 अनुष्ठानिक वि. १. अनुष्ठानसम्बन्धी; अनुष्ठानबारेको ।
2715 अनुष्ठानिक वि. २. शास्त्रीय विधिपूर्वक वा शास्त्रीय नियमानुसार गरिएको कार्यसँग सम्बन्धित ।
2716 अनुष्ठानिक वि. ३. विशेष महत्त्वपूर्ण र कठिन सेवाकार्यसम्बन्धी।
2717 अनुष्ठित वि. अनुष्ठान गरिएको; नियमानुसार गरिएको; सम्पादित।
2718 अनुष्ण वि. १. गरम वा तातो नभएको; नगर्माएको; गर्मी नहुने ।
2719 अनुष्ण वि. २. चिसो; शीतल ।
2720 अनुष्णता ना. शीतलता; चिसोपन।
2721 अनुसन्धाता ना. अनुसन्धान गर्ने व्यक्ति; शोधकर्ता ।
2722 अनुसन्धान ना. १. कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम; गवेषणा; अन्वेषण; आविष्कार ।
2723 अनुसन्धान ना. २. शोध ।
2724 अनुसन्धान ना. ३. नयाँ सत्य वा तथ्यको खोजी ।
2725 अनुसन्धान ना. ४. प्रहरी आदिद्वारा गरिने छानबिन; तलासी ।
2726 अनुसन्धान निर्देशक ना. विद्यावारिधि वा त्यसभन्दा तल्लो तहको अनुसन्धानमा शोधकर्तालाई निर्देशन गर्ने विशेषज्ञ; शोधनिर्देशक ।
2727 अनुसन्धान निर्देशन ना. शोधनिर्देशकको दायित्व वा कार्य ।
2728 अनुसन्धान परियोजना ना. खास मितिमा यति अनुसन्धान गर्ने भनी कुनै संस्थाद्वारा थालिएको परियोजना ।
2729 अनुसन्धान प्रस्ताव ना. शोधार्थीले शोध दर्ता गराउनका लागि शोधको बेहोरा खोलेर प्रस्तुत गरेको लिखित प्रस्ताव; शोधप्रस्ताव।
2730 अनुसन्धान प्रहरी ना. छानबिनका लागि तैनाथ गरिएको प्रहरी वा प्रहरीदल ।
2731 अनुसन्धान शाखा ना. विश्वविद्यालय आदिको शोधसम्बन्धी काम गर्ने फाँट ।
2732 अनुसन्धान समिति ना. विश्वविद्यालय आदिमा अनुसन्धानका लागि गठित समिति।
2733 अनुसन्धानात्मक वि. अनुसन्धानसम्बन्धी।
2734 अनुसन्धि ना. कुनै विशेष कार्य सम्पन्न गर्नका निम्ति सम्बन्धित व्यक्तिले मात्र थाहा पाउने तर अरूले थाहा नपाउने गरी गरिएको सल्लाह वा सन्धि; गुप्त सन्धि।
2735 अनुसन्धित्सु ना. शोधार्थी ।
2736 अनुसन्धेय वि. अनुसन्धान गर्न उचित; शोध गर्न लायक ।
2737 अनुसमर्थन ना. कुनै विशेष कार्य सम्पन्न गर्न वा सो विषयमा छलफल, विचारविमर्श आदि गर्नका निमित्त भेला भएका प्रतिनिधिहरूद्वारा गरिएको सम्झौता आदिको समर्थनलाई विधिपूर्वक संविदापत्रमा हस्ताक्षर आदिद्वारा गरिने स्वीकृति वा अभिपुष्टि।
2738 अनुसमर्थन संलेख ना. दुई राष्ट्रले परस्परमा गरेका सन्धिलाई समर्थन गर्ने अधिकारप्राप्त सरकारी प्रमुख प्रतिनिधिले हस्ताक्षर गरेको सन्धिपत्र ।
2739 अनुसरण ना. १. कुनै वस्तु, विषय, विचार, कुरा वा व्यक्तिको पछिपछि लाग्ने काम।
2740 अनुसरण ना. २. कुनै व्यक्ति जुन दिशातर्फ गएको छ त्यसैतर्फ जाने काम ।
2741 अनुसरण ना. ३. कसैको आज्ञा वा आदेशको पालन गर्ने र सो आज्ञा, आदेशबमोजिम चल्ने वा आचरण गर्ने काम; ठहर वा निश्चय भएअनुसार गर्ने काम ।
2742 अनुसरण ना. ४. अनुकरण; नक्कल; देखासिकी।
2743 अनुसर्ग ना. व्याकरणमा विभक्ति वा अन्य प्रत्ययको काम गर्नका लागि मूल शब्दमा जोडिने रूपसङ्गठनात्मक तत्त्व (उदा.- को, - का, -की, - लाई, देखि इ.) ।
2744 अनुसार ना. १. इसारा; सान; अन्सार ।
2745 अनुसार ना. २. लख; अडकल । ना. यो.
2746 अनुसार ना. ३. मुताबिक; बमोजिम; माफिक ।
2747 अनुसार ना. ४. सरह; तुल्य; झैँ ; अनुरूप।
2748 अनुसारी वि. १. अनुसरण गर्ने; अनुयायी । ना.
2749 अनुसारी वि. २. नक्कलबाज।
2750 अनुसूचक वि. कुनै कुराको सूचना दिने; निर्देशक।