Dictionary

All Word

2801 अनेकाक्षर ना. १. एकभन्दा बढी वा अनेक अक्षर; एकाधिक अक्षरको योग वा त्यस्तो समूह। वि.
2802 अनेकाक्षर ना. २. एकभन्दा बढी वा अनेक अक्षर भएको ।
2803 अनेकाक्षरी वि. अनेक अक्षर भएको; अनेकाक्षर ।
2804 अनेकाच् वि. एकभन्दा बढी वा अनेक अच् या स्वरवर्ण भएको । विप. एकाच् ।
2805 अनेकानेक वि. १. अनेकभन्दा पनि अनेक; अनेकौँ प्रकारको; नानावलीको; नानाथरी।
2806 अनेकानेक वि. २. हुँदोनहुँदो; बाह्रसत्ताइस (उदा.- उसले अनेकानेक कुरा देखाई सम्झाए पनि मेरो चित्त बुझेन ।) ।
2807 अनेकार्थ ना. १. कुनै शब्द, वाक्य, अभिव्यक्ति वा कुराको एकभन्दा बढी अर्थ; नानार्थ; बहु अर्थ | वि.
2808 अनेकार्थ ना. २. एकभन्दा बढी अर्थ वा अभिप्राय भएको; अनेक अर्थमा प्रयोग हुन सक्ने; नानार्थक; नानार्थी; अनेकार्थक; अनेकार्थी ।
2809 अनेकार्थक वि. अनेकार्थ ।
2810 अनेकार्थकता ना. एकभन्दा बढी वा नाना अर्थ हुनाको भाव वा अवस्था; नानार्थता; नानार्थकता ।
2811 अनेकार्थी वि. अनेकार्थ । (उदा.- माल नेपाली भाषाको अनेकार्थी शब्द हो।)
2812 अनेकाश्रय वि. एकभन्दा बढी आश्रय वा आधारस्थान भएको; एकभन्दा बढी कुरासँग सम्बन्ध राख्ने; एकभन्दा बढी प्रसङ्गमा लाग्ने ।
2813 अनेकाश्रयी वि. अनेकाश्रय । विप. एकाश्रयी ।
2814 अनेकाश्रित वि. एकभन्दा बढी वा अनेक कुरामा आश्रित, आधारित वा निर्भर; अनेकाश्रय । विप. एकाश्रित ।
2815 अनेकौँ वि. एकभन्दा बढी; अनेक; धेरै; कैयन; प्रशस्त; अनेकन्।
2816 अनैकान्तिक वि. १. एउटै वस्तु वा कुरामा स्थिर नरहने; अपरिहार्य नभएको ।
2817 अनैकान्तिक वि. २. एकान्तमा बस्न नरुचाउने; एकान्तमा नभएको। ना.
2818 अनैकान्तिक वि. ३. पाँच प्रकारका हेत्वाभासमध्ये एक मात्र साधनका रूपमा नरहेको चाहिँ हेत्वाभास ।
2819 अनैक्य ना. ऐक्य वा एकताको अभाव; अनेक हुनाको भाव वा अवस्था; एकरूप वा समान नहुनाको भाव वा अवस्था; अनेकता । विप. ऐक्य ।
2820 अनैच्छिक वि. इच्छा नभएको; इच्छापूर्वक नगरिएको; अवाञ्छित । विप. ऐच्छिक ।
2821 अनैतिक वि. १. कुनै समाजमा स्वीकृत वा प्रचलित भएभन्दा विपरीत आचरण गर्ने; कुनै संस्कृतिअन्तर्गत स्विकारिएका ठिक र बेठिक आचरणसम्बन्धी मर्यादाअनुकूल नचल्ने; यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन भन्ने सामाजिक र वैयक्तिक आचरण वा विधिनिषेधको पालना नगर्ने; स्वीकृत नैतिक मूल्यको अनुसरण नगर्ने ।
2822 अनैतिक वि. २. नीतिअनुकूल नभएको; नीतिविरुद्ध; नीतिसङ्गत नभएको; नैतिकता नभएको । विप. नैतिक ।
2823 अनैतिकता ना. नैतिकताको अभाव; अनैतिक हुनाको भाव वा अवस्था ।
2824 अनैसर्गिक वि. १. प्राकृतिक रूपमा जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; प्रकृतिसित नमिल्ने; अप्राकृतिक ।
2825 अनैसर्गिक वि. २. बनावटी; कृत्रिम; नक्कली।
2826 अनैसर्गिक वि. ३. प्रकृति वा स्वभावअनुसार जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; अस्वाभाविक; स्वभावविपरीत। विप. नैसर्गिक ।
2827 अनैसर्गिकता ना. नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था; अप्राकृतिकता।
2828 अनौ ना. खेतबारी जोत्नका लागि प्रयोग गरिने, हलीले हातद्वारा समात्ने र त्यसै आधारमा हलालाई निश्चित दिशामा जोत्ने गरी चलाइने हलाको हातो वा मुठ ।
2829 अनौचित्य ना. १. जेजस्तो हुनुपर्ने हो वा हुनु उचित हो त्यसको अभाव; औचित्य वा उचितताको अभाव ।
2830 अनौचित्य ना. २. अनुचित वा अनुपयुक्त हुनाको भाव वा अवस्था ।
2831 अनौचित्य ना. ३. आचार्य क्षेमेन्द्रद्वारा प्रस्तुत औचित्यवादअनुसार कुनै कृतिमा साहित्यिक तत्त्व, रस आदिको उचित उपयोग नभएको अवस्था ।
2832 अनौठो वि. १. सामान्यतः हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको ।
2833 अनौठो वि. २. आफ्ना असाधारणता, विशिष्टता वा विलक्षणताले गर्दा चकित, विस्मित वा हक्क न बक्कका साथै प्रसन्न तुल्याउने ।
2834 अनौठो वि. ३. यसो हुन्छ होला वा हुन सक्छ भनी लिइएको सामान्य धारणा तथा विश्वासभन्दा बिलकुलै बेग्लै; आश्चर्यलाग्दो; विस्मयकारी; विलक्षण; अचम्मको; अपूर्व; अद्भुत; विचित्र; गजबको; छक्कलाग्दो ।
2835 अनौपचारिक वि. १. औपचारिक नभएको; तोकिएको विधि, रीत वा औपचारिकता नपुऱ्याई गरिएको (भ्रमण, पोसाक, शिक्षा इ.)।
2836 अनौपचारिक वि. २. नियम वा दस्तुरअनुसार नभएको; आफूखुसी ( समाचार, चिठीपत्र इ.) ।
2837 अनौपचारिक वि. ३. पूर्वयोजना नमिलाई वा पूर्वनिर्धारणविना आयोजन गरिएको (सभा, सम्मेलन इ.)।
2838 अनौपचारिकता ना. औपचारिकताको अभाव; अनौपचारिक हुनाको भाव, गुण वा अवस्था ।
2839 अन्खासी वि. खास आफ्नो नभई पराई भएको; बिरानो (उदा.- दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो । लेखनाथ, तरुण तपसी ।)
2840 अन्जाम ना. १. कुनै कामकुराको परिणाम, फल वा असर।
2841 अन्जाम ना. २. सो परिणाम, फल वा असरको पूर्व अनुमान; अन्दाज; अडकल।
2842 अन्जाम ना. ३. परिणाम, नतिजा ।
2843 अन्ठाउन्न ना. १. पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क । वि.
2844 अन्ठाउन्न ना. २. पचास र आठका योगसङ्ख्याको।
2845 अन्ठाउन्नौँ वि. गणनाका क्रममा अन्ठाउन्न सङ्ख्यामा आउने; अन्ठाउन्न सङ्ख्यामा पर्ने ।
2846 अन्ठान्नब्बे ना. १. सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्कद्वारा जनाइने गन्तीको परिमाण । वि.
2847 अन्ठान्नब्बे ना. २. नब्बे र आठका योगसङ्ख्याको ।
2848 अन्ठान्नब्बेऔँ/अन्ठानब्बेयौँ वि. गन्तीका क्रममा अन्ठानब्बेचाहिँ सङ्ख्यामा पर्ने; अन्ठानब्बे सङ्ख्याको।
2849 अन्डबन्ड क्रि.वि. १. कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले; गड्याङमड्याङ । (उदा.- अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन ।) ना.
2850 अन्डबन्ड क्रि.वि. २. जेजसरी काम हुनुपर्ने हो सोअनुसार काम नभएको अवस्था; भद्रगोल; गोलमाल (उदा.- अन्डबन्ड पर्लाजस्तो लागेकाले मैले त्यो काम नै छाडिदिएँ ।)। वि.