Dictionary

All Word

2951 अनुकूल वि. ८. मिल्दो; हुँदो; सर्दो ।
2952 अनुकूल वि. ना. ९. एउटै मात्र नायिका राख्ने नायक |
2953 अनुकूलता ना. अनुकूल हुनाको भाव वा स्थिति; सर्दोपना; मिल्दोपन।
2954 अनुकूलन ना. १. कुनै कुरालाई आफ्नो अनुकूल तुल्याउने काम वा गुण ।
2955 अनुकूलन ना. २. आफूलाई कुनै परिस्थिति वा कुनै कुराको अनुकूल तुल्याउने काम वा गुण ।
2956 अनुकूलन ना. ३. कुनै वस्तुबाट वा कसैबाट कुनै कुरा लिई त्यसमा काटछाँट र थपघट गरी आफ्नो अनुकूल तुल्याउने काम वा गुण।
2957 अनुकूलन ना. (उदा.- माध्यमिककालीन नेपाली लेखकहरूले प्राचीन आख्यानहरूको अनुकूलन गरेका छन् ।) ।
2958 अनुकूलन ना. ४. आफूलाई वातावरण वा वायुमण्डलअनुरूप ढाली त्यसै अनुकूल जिउने र विकसित हुने जैविक गुण, शक्ति, प्रक्रिया वा कार्य (उदा.- वनस्पति र जीवजन्तुमा अनुकूलन गर्ने क्षमता अन्तर्निहित रहेको छ ।) ।
2959 अनुकूलित वि. अनुकूलन गरिएको ।
2960 अनुकृत वि. १. कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कल गरिएको ।
2961 अनुकृत वि. २. प्रकृति वा जीवनजगत्‌को वस्तुगत पुनःसृजन गरिएको ।
2962 अनुकृत वि. ३. परमतत्त्वको प्रतिच्छायास्वरूप भएको।
2963 अनुकृति ना. १. नक्कल; अनुकरण; देखासिकी।
2964 अनुकृति ना. २. प्रकृति वा जीवनजगत्‌को वस्तुगत पुनःसृजन (माइमेसिस) ।
2965 अनुकृति ना. ३. परमतत्त्व वा परब्रह्मको प्रतिकृति।
2966 अनुक्त वि. १. नभनिएको; नबताइएको; नकहिएको; अकथि।
2967 अनुक्त वि. २. क्रियाद्वारा अभिहित वा कथित नभएको (जस्तै- 'रामद्वारा बाघ मारियो' भन्ने वाक्यमा संस्कृत व्याकरणका दृष्टिले कर्ता राम र कर्म बाघ अनुक्त मानिन्छन्।)।
2968 अनुक्तसिद्धि ना. विशेष कुरा बुझाउन तर्कना बढाइने अर्थ भएको एउटा नाट्यलक्षण।
2969 अनुक्रम ना. १. क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव।
2970 अनुक्रम ना. २. विषयवस्तु तथा पाठ्यवस्तुका सङ्गठनमा शृङ्खलाबद्धता वा क्रमबद्धतागत विशेषता ।
2971 अनुक्रम ना. ३. नियमित रूपले चल्ने क्रम वा सिलसिला ।
2972 अनुक्रम ना. ४. क्रमबद्ध रूपले अगाडि बढ्ने काम ।
2973 अनुक्रम ना. ५. कुनै क्रमको अनुसरण गर्ने काम; क्रम; सिलसिला; शृङ्खला; पूर्वापरक्रम ।
2974 अनुक्रमण ना. क्रमलाई व्यवस्थित ढङ्गले मिलाउने काम; सिलसिला मिलाउने काम ।
2975 अनुक्रमणिका ना. १. वर्ण र मात्राको क्रमअनुसार तयार गरिएको ग्रन्थ वा कृति आदिको सूची ।
2976 अनुक्रमणिका ना. २. प्रायः ग्रन्थका अन्तमा दिइने कुनै ग्रन्थमा परेका विषय, प्रसङ्ग, मुख्य शब्द आदिको वर्णानुक्रमिक सूची ।
2977 अनुक्रमणिका ना. ३. ग्रन्थका प्रारम्भमा दिइने प्रमुख विषय वा शीर्षक, उपशीर्षकको अनुक्रम वा सिलसिला जनाउने सूची।
2978 अनुक्रमिक वि. क्रमानुसारको; क्रमबद्ध; सिलसिलेवार; सिलसिलाबद्ध।
2979 अनुक्रिया ना. १. कुनै कार्य वा क्रियापछि तथा त्यस क्रियाको फलस्वरूप हुने क्रियाप्रतिक्रिया ।
2980 अनुक्रिया ना. २. कुनै उद्दीपनको फलस्वरूप मनमा वा स्नायुतन्त्रमा घटित हुने प्रतिक्रिया; अनुभूति; आवेग; भावना।
2981 अनुगत वि. १. अनुगमन गर्ने; पछिल्तिर लागेर जाने।
2982 अनुगत वि. २. पछिल्तिर लागेको; पछ्याएको ।
2983 अनुगम ना. १. कुनै कुरा वा वस्तुतथ्यको अनुसरण |
2984 अनुगम ना. २. तर्कशास्त्रअनुसार वस्तुतथ्यको पर्यवेक्षणबाट निकालिएको कुनै निष्कर्ष वा मान्यता; यसरी निष्कर्ष निकाल्ने वा मान्यताको स्थापना गर्ने तार्किक प्रक्रियाको परिणाम; आगमन; अनुगमन ।
2985 अनुगमन ना. कसैका पछि पछि लाग्ने, कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम; अनुगम ।
2986 अनुगमनात्मक वि. अनुगमनमा आधारित; अनुगमनबाट प्राप्त; अनुगमनवाला।
2987 अनुगामी वि. कसैका पछि लाग्ने; अरूका पछि लागेको; पुछ्रे; अनुचर; अनुयायी।
2988 अनुगुण वि. १. समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको।
2989 अनुगुण वि. ना. २. राम्रो गुण भएका वस्तुको संसर्गले अरू वस्तुको उत्कर्ष पनि त्यत्तिकै रूपमा वर्णित हुने एक काव्यालङ्कार।
2990 अनुगृहीत वि. १. ठुलाबडाहरूको कृपा, दया, अनुकम्पा वा निगाह प्राप्त गरेको।
2991 अनुगृहीत वि. २. कसैको अनुग्रह पाएको; उपकार गरिएको; उपकृत; अनुकम्पि।
2992 अनुग्रह ना. १. ठुलाबडाले साना व्यक्तिउपर प्रसन्न भई देखाउने दया, कृपा वा निगाह ।
2993 अनुग्रह ना. २. ठुलाबडाले निगाह वा कृपा राखी साना व्यक्तिहरूलाई गर्ने उपकार वा भलाइ ।
2994 अनुग्रहाङ्क ना. परीक्षार्थीले प्राप्त गरेका अङ्कमा थोरै मात्र थपिदिँदा उत्तीर्ण हुने भए परीक्षकले थपिदिने अङ्क; कृपाङ्क (ग्रेसमार्क)।
2995 अनुचर ना. १. नोकरचाकर ।
2996 अनुचर ना. वि. २. पछि लाग्ने; पिछलग्गु ।
2997 अनुचित वि. १. उचित नभएको; उपयुक्त नभएको; मनासिब नभएको; औचित्यको सीमाभन्दा परको ।
2998 अनुचित वि. २. खराब; बेठिक ।
2999 अनुचित वि. ३. न्यायसङ्गत नभएको; नसुहाउने; अनुपयुक्त; बेमनासिब।
3000 अनुचितता ना. उचित, उपयुक्त वा मनासिब नहुनाको भाव; औचित्यको अभाव; अनौचित्य ।