Dictionary

All Word

3101 अन्त्येष्टि ना. मरेपछि गरिने अन्तिम काजक्रिया; अन्तिम संस्कार (दाहसंस्कार, दशक्रिया आदि) ।
3102 अन्त्र ना. आन्द्रो; आँत।
3103 अन्त्रज्वर ना. आन्द्रामा विशेष किसिमका कीटाणुहरूको प्रवेश हुँदा आउने जरो।
3104 अन्त्रवृद्धि ना. आन्द्रामा हुने वृद्धि ।
3105 अन्त्रशोथ ना. आन्द्रामा हुने सुज ।
3106 अन्दाज ना. १. अनुमान; अडकल; लख ।
3107 अन्दाज ना. २. नाप; जोख ।
3108 अन्दाजी वि. अन्दाज गरेको; लख काटेको; अनुमानित ।
3109 अन्ध वि. १. दुवै आँखा नदेख्ने; अन्धो ।
3110 अन्ध वि. २. विवेक नभएको; निर्विवेकी।
3111 अन्ध वि. ३. मनपरी गर्ने; जथाभाबी गरी हिँड्ने । ना.
3112 अन्ध वि. ४. अँध्यारो ।
3113 अन्धकार ना. १. प्रकाशको अभाव; अँध्यारो ।
3114 अन्धकार ना. २. मोह; अज्ञान; विवेकहीनता ।
3115 अन्धकूप ना. १. ज्यादै अँध्यारो कुवा; गहिरो र अँध्यारो इनार ।
3116 अन्धकूप ना. २. अज्ञान; मूर्खता ।
3117 अन्धकूप ना. ३. पुराणअनुसार एक नरकको नाम ।
3118 अन्धता ना. अन्ध हुनुको भाव वा अवस्था; अन्धोपना; दुवै आँखाले देख्न नसक्ने स्थिति।
3119 अन्ध परम्परा ना. पहिलेदेखि चलिआएको भनेर कुनै किसिमको सोचविचारै नगरी अँगालिएको रीतिरिवाज; रूढि ।
3120 अन्धमुष्टि ना. निस्पट्ट अँध्यारो; घोर अन्धकार; गाढा अन्धकार।
3121 अन्ध राष्ट्रवाद ना. अर्को राष्ट्रभन्दा आफ्नै राष्ट्र उच्च ठान्ने र अन्य राष्ट्रको हितलाई पेलेर पनि आफ्नो राष्ट्रको उन्नति चाहने राजनीतिक भावना तथा विचार ।
3122 अन्धविश्वास ना. पहिलेदेखि नै चलिआएको रीतिरिवाज एवम् चालचलन भनेर कुनै किसिमको विवेक, विचार नराखी त्यसप्रति गरिने विश्वास; अन्धो सुरमा गरिने विश्वास।
3123 अन्धशक्ति ना. व्यक्तिको शक्ति र सामर्थ्यभन्दा पर प्रकृतिमा निहित शक्ति ।
3124 अन्धाधुन्ध क्रि.वि. १. वेगले; जोडसित; अन्नाधुन्न।
3125 अन्धाधुन्ध क्रि.वि. २. चौपट्टै; ज्यादै; साह्रै; अचाक्ली; अन्नाधुन्न ।
3126 अन्धाधुन्ध क्रि.वि. ३. ज्यादै कालो वा अन्धमुष्टि भएर । वि.
3127 अन्धाधुन्ध क्रि.वि. ४. अत्यन्त; ज्यादा।
3128 अन्धिनु अ.क्रि. अन्धो हुनु; अन्धो भइनु।
3129 अन्धेर ना. १. अन्याय; अत्याचार; जुलुम; जोरजुलुम ।
3130 अन्धेर ना. २. उपद्रो; उपद्रव; गडबडी।
3131 अन्धेर ना. ३. अँधेर ।
3132 अन्धो वि. १. आँखा नदेख्ने; दुवै आँखा बन्द भएको; नेत्रहीन; अन्ध।
3133 अन्धो वि. २. विवेकबुद्धि नभएको; अज्ञानी; मूर्ख ।
3134 अन्धो वि. ३. मनपरी गर्ने; जथाभाबी गरेर हिँड्ने ।
3135 अन्धो वि. ४. मात्तिएको; उन्मत्त।
3136 अन्धो वि. ५. होस नभएको; बेहोसी । ना.
3137 अन्धो वि. ६. परेलाका डिलमा आउने एक किसिमको खटिरो।
3138 अन्न ना. अनाज; धान, मकै, गहुँ, कोदो आदि खाद्य वस्तुका गेडा।
3139 अन्नकूट ना. कार्तिक शुक्ल पूर्णिमाका दिनमा देउदेउताका अगाडि अन्न, मिठाई आदिको थुप्रो राखी वा भोग लगाई गरिने एक प्रकारको धार्मिक कर्म ।
3140 अन्नजल ना. खाने र पिउने वस्तु; अन्नपानी।
3141 अन्नदाता ना. १. खान दिने वा पालनपोषण गर्ने व्यक्ति; प्रतिपालक ।
3142 अन्नदाता ना. २. किसान ।
3143 अन्नपात ना. खाने अन्न तथा सागपात।
3144 अन्नपानी ना. खाने र पिउने वस्तु; दानापानी।
3145 अन्नपूर्णा ना. १. अन्न वा अनाजकी अधिष्ठात्री देवी ।
3146 अन्नपूर्णा ना. २. नेपालको गण्डकी अञ्चलमा रहेको अन्नपूर्णा प्रथम ८,०९१ मिटर, अन्नपूर्णा द्वितीय ७,९३७ मिटर, अन्नपूर्णा तृतीय ७,५५७ मिटर र अन्नपूर्णा चतुर्थ ७,५२७ मिटर अग्लो हिमशिखर ।
3147 अन्नप्राशन ना. बालक छ महिना पुगेपछि भात खुवाउने संस्कार; पास्नी ।
3148 अन्नबाली ना. अन्न उब्जाउनका लागि लगाइएको बाली; खाद्यान्न बाली; अन्नको खेती ।
3149 अन्नमय वि. १. अन्न भएको वा अन्नबाट बनेको ।
3150 अन्नमय वि. २. अन्नका आधारमा रहेको (अन्नमय शरीर, अन्नमय कोष इ.)।