Dictionary

All Word

3001 अनुचित लाभ ना. १. कसैको अज्ञान, असमर्थता वा विवशतामा उठाइने फाइदा।
3002 अनुचित लाभ ना. २. बेरीतबाट प्राप्त गरिएको आम्दानी |
3003 अनुच्च वि. १. उच्च वा अग्लो नभएको; होचो; नीचो ।
3004 अनुच्च वि. २. तल्लो तहको; निम्न स्तरको ।
3005 अनुच्च वि. ३. पुड्को ।
3006 अनुच्चरित वि. उच्चारण नभएको ।
3007 अनुच्चारण ना. उच्चारणको अभाव वा अनुपस्थिति।
3008 अनुच्चारणीय वि. १. उच्चारणसम्म पनि गर्न नहुने ।
3009 अनुच्चारणीय वि. २. नामै लिन नहुने; मुखले भन्न नहुने ।
3010 अनुच्चारणीय वि. ३. तान्त्रिक अनुशासनअनुसार मनमनै सोचिने; मनमनै जपिने।
3011 अनुच्चारित वि. १. उच्चारण नगरिएको ।
3012 अनुच्चारित वि. २. बताउनसम्म पनि नबताइएको; मुखले नभनिएको ।
3013 अनुच्चारित वि. ३. तन्त्रमन्त्रको अनुशासनअनुसार मनमनै सोचिएको; जपिएको ।
3014 अनुच्चार्य ना. उच्चारण नहुने वा हुन नसक्ने।
3015 अनुच्छेद ना. १. कमभन्दा कम वाक्यहरूको समूहबाट केही कुरो व्यक्त गरिएको आलेख ।
3016 अनुच्छेद ना. २. आलेखको सबैभन्दा तल्लो कोटि; कण्डिका; अभिव्यक्ति खण्ड; प्याराग्राफ ।
3017 अनुच्छेद ना. ३. कानुनको दफा।
3018 अनुच्छेद ना. ४. लेख वा प्रबन्धका बुँदाहरूमध्ये कुनै एक ।
3019 अनुज वि. १. आफूभन्दा पछि जन्मेको ।
3020 अनुज वि. ना. २. भाइ ।
3021 अनुजीवी वि. १. कसैका आश्रयमा रही जीविका चलाउने; आफ्नो स्वतन्त्र कमाइधमाइ नभएको; आश्रित; पराश्रित; परावलम्बी ; परजीवी ।
3022 अनुजीवी वि. ना. २. सेवक; नोकर; चाकर।
3023 अनुज्ञप्ति ना. शुल्क तिरी सरकारी तबरबाट अनुमति लिएर मात्र वस्तुको उत्पादन, वितरण, उपभोग आदि गर्न पाइने अनुमतिपत्र; इजाजतपत्र; लाइसेन्स ।
3024 अनुज्ञा ना. १. मुख्य आदेश वा विधानलाई व्याख्या गरिने उपआदेश; अनुमति; इजाजत ।
3025 अनुज्ञा ना. २. मुख्य हाकिमले आफ्ना मातहतका अधिकारीहरूलाई दिने आज्ञा ।
3026 अनुज्ञा पत्र ना. इजाजत पत्र ।
3027 अनुतप्त वि. १. मानसिक ताप वा सन्ताप परेको ।
3028 अनुतप्त वि. २. कुनै पूर्वप्रसङ्गबारे पश्चात्ताप, क्लेश वा आत्मग्लानि अनुभव गर्ने; सन्तप्।
3029 अनुताप ना. १. मानसिक ताप; सन्ताप; जलन; औडाहा।
3030 अनुताप ना. २. पश्चात्ताप; थकथकी ; पछुतो ।
3031 अनुताप ना. ३. आत्मग्लानि; मानसिक क्लेश; अपसोच।
3032 अनुत्तम वि. १. उत्तम नभएको; उम्दा नठहरिने ।
3033 अनुत्तम वि. २. सामान्य खालको; औसत खाले; निम्नस्तरको; तल्लो खाले; घटिया; निकृष्ट; निम्न।
3034 अनुत्तर वि. १. उत्तर नभएको ।
3035 अनुत्तर वि. २. प्रश्नको उत्तर दिन असमर्थ; कुनै गल्ती वा अपराधबारे सोधपुछ गर्दा जवाफ दिन नसक्ने; नाजवाफ।
3036 अनुत्तर वि. ३. मौन।
3037 अनुत्तरदायित्व ना. १. उत्तरदायित्वको अभाव; उत्तरदायी नहुनाको भाव ।
3038 अनुत्तरदायित्व ना. २. कर्तव्य र दायित्वको उपेक्षा ।
3039 अनुत्तरदायी वि. १. उत्तरदायी नभएको वा नरहेको; आफ्नो ओहदा वा जिम्माका कामकुरामा दायित्व वा उत्तरदायित्वको बोध नगर्ने ।
3040 अनुत्तरदायी वि. २. कुनै कामकुरा बिग्रेकोमा वा त्रुटिगल्ती भएकोमा कुनै पनि प्रकारले उत्तरदायी ठान्न वा ठहऱ्याउन नसकिने ।
3041 अनुत्तरदायी वि. ३. कुनै कामकुरा बिग्रनामा जिम्मेवारी नभएको; गैरजिम्मेदार; गैरजिम्मेवार ।
3042 अनुत्तरित वि. १. जवाफ वा उत्तर नदिइएको ।
3043 अनुत्तरित वि. २. पहेलीका रूपमा रहेको रहस्यात्मक; रहस्योद्घाटन हुन नसकेको ।
3044 अनुत्तरित वि. ३. अहिलेसम्म कुनै उत्तर वा समाधान प्राप्त नभएको; कुनै टुङ्गो लाग्न नसकेको; तात्त्विक (ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा जति प्रश्न उठेका छन् तीमध्ये निकै प्रश्न अझै अनुत्तरित रूपमा छन् ।) ।
3045 अनुत्तरित प्रश्न ना. १. उत्तर वा समाधान प्राप्त हुन नसकेको प्रश्न; समाधान हुन नसकेको समस्या ।
3046 अनुत्तरित प्रश्न ना. २. रहस्यमय अवस्थामा नै गुज्रिरहेको विषय ।
3047 अनुत्तीर्ण वि. १. पार नभएको; नदी आदि तरेर पारि नपुगेको ।
3048 अनुत्तीर्ण वि. २. परीक्षा आदिमा असफल।
3049 अनुत्तीर्णता ना. १. पार नभएको; नदी आदि तरेर पारि नपुगेको ।
3050 अनुत्तीर्णता ना. २. परीक्षा आदिमा असफल।